च्याम्पियन्स लिग फुटबलको ‘ड्र' सार्वजनिक, रियल मड्रिडले नेपोलीको सामना गर्ने (सूचीसहित)

च्याम्पियन्स लिग फुटबलको  ‘ड्र' सार्वजनिक, रियल मड्रिडले नेपोलीको सामना गर्ने (सूचीसहित)

काठमाडौंः च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ। स्वीट्जरल्याण्डको नियोनमा सोमबार भएको ‘ड्र’ अनुसार साविक विजेता रियल मड्रिडले नेपोलीको सामना गर्नेछ।

यस्तै स्पेनिस क्लब बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्ने छ भने म्यानचेस्टर सिटीले मोनाकोको सामना गर्नेछ। यसैगरी वार्यन म्युनिखले यो वर्ष पनि नकआउट चरणमा आर्सनलको सामना गर्ने भएको छ।

बोरुसिया डर्टमण्डले बेनफिका, पोर्टोले युभेन्टस, बायर लुभरकुशनले एथ्लेटिको मड्रिड तथा सेभिल्लाले लेष्टर सिटीको सामना गर्नेछ।

नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४ र १५ तथा २१ र २२ फेब्रअरीमा हुनेछ भने दोस्रो लेग मार्च ७ र ८ तथा १४ र १५ तारिखमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.