सुगठित ननिता
नेपालकी ननिता महर्जनले आठौं डब्लुबीपीएस (वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस्) च्याम्पियनसिपमा कास्य हात पारेकी छन् । उनले महिला एथ्लेटिक फिजिकको एक सय ६५ सेन्टिमिटर उचाइसम्ममा कास्य जित्दै नेपाललाई सफलता दिलाएकी हुन् ।
थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटेलको कन्भेसन हलमा भएको प्रतियोगिता ननिताले पदक पक्का गरेकी हुन् । शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो ।
यसअघि काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले सेप्टेम्बरमा आयोजना गरेको प्रथम महिला फिट्नेस च्याम्पियनसिपमा सहभागिता जनाउँदै ननिताले उपाधी जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !