बाल समर्थकको ‘मेसीलाई भेट्ने सपना’ साकार

बाल समर्थकको ‘मेसीलाई भेट्ने सपना’ साकार

दोहाः लियोनल मेसी उनको सबैभन्दा मन पर्ने फुटबल खेलाडी । समग्रमा भन्नुपर्दा मेसी उनको आदर्श अनि भविष्यमा मेसीजस्तै चर्चित फुटबलर बन्नु एकमात्र सपना । स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडी मेसीका अन्धसमर्थक भए पनि एक वर्ष अघिसम्म अफगानिस्ताका यी ६ वर्षे बालकले वास्तविक जीवनमै आफ्नो सपनाको नायकलाई भेटने कल्पनासम्म गरेका थिएनन् । उनका लागि मेसी केवल दन्त्यकथाका पात्र थिए ।

एक वर्षअघिसम्म प्लास्टिकले बनेको मेसी लेखिएको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको जर्सी लगाएर कलिला हातमा फुटबल बोकी यताउता दौडने तिनै अफगान बालक मुर्तजा अहमादीको मेसीलाई भेट्ने सपना मंगलबार नाटकीय रूपमा साकार भयो । २९ वर्षीय मेसी अहिले कतार भ्रमणमा छन् । उनी बार्सिलोनाका तर्फबाट कतारी क्लब अल आहलीसँग मैत्रीपूर्ण फुटबल खेल्न कतार आएका हुन् ।

बार्सिलोनाको कतार भ्रमणको यही अवसरलाई सदुपयोग गर्दै सन् २०२२ को विश्वकप आयोजक समितिले मुर्तजालाई मेसीसँग भेट्ने अवसर जुराइदिएको हो । विश्वकप आयोजनाका लागि कतार उपयुक्त स्थल नरहेको र यस क्षेत्रमा फुटबलको गतिलो वातावरण नरहेको भन्दै विभिन्न क्षेत्रबाट विरोध भइरहेका बेला मुर्तजालाई प्रतिनिधि पात्रका रूपमा अघि सारेर विश्वकप आयोजक समितिले विश्व खेलवृत्तमा एउटा गतिलो सन्देशसमेत दिन खोजेको छ।TOPSHOT-FC-Barcelona-Lionel-Messi-talk

त्यसैले पनि मेसी भनेपछि हुरुक्कै हुने मुर्तजाको विषयमा जानकार विश्वकप आयोजक समितिका पदाधिकारीहरूले उनलाई मेसीसँग भेटाउन अफगानिस्तानबाट कतार पु¥याए । आफ्ना बालसमर्थकको विषयमा पहिले नै जानकारी पाएका मेसीले पनि मुर्तजालाई भेट्नासाथ पहिले हात मिलाए अनि उनलाई बोकेर तस्बिर खिचाउँदै भलाकुसारी पनि गरे । मेसीलाई भेट्न खेलाडी बसेको होटेलमा पुग्दा पनि मुर्तजाले मेसीको नाम अंकित बार्सिलोनाकै जर्सी लगाएका थिए ।

‘अन्ततः मैले मेरो हिरोलाई भेटेँ, मेरो सपना साकार भयो’, मेसीलाई भेटेपछि निकै प्रफुल्ल देखिएका मुर्तजाले भने । पाँचपटक विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी घोषित भइसकेका मेसीसँगै मुर्तजा रंगशाला पनि पुगे । मैत्रीपूर्ण खेल सुरु हुनुअघि मेसीसँग मैदानभित्रै पुगेका मुर्तजाले खेल हेर्न उपस्थित हजारौं समर्थकलाई अभिवादन पनि गरे ।

यसै वर्षको प्रारम्भमा प्लास्टिकको झोलालाई काटेर नीलो र सेतो रङका धर्साहरू तानी बनाइएको मेसीको नाम अंकित अर्जेन्टिनी टोलीको जर्सी लगाएर मुर्तजाले आफ्नै घरछेउमा फुटबल खेलिरहेको तस्बिर विभिन्न सामाजिक सञ्जालमा भाइरल भएपछि मुर्तजा एकाएक चर्चामा आएका थिए । त्यसको केही समयपछि मेसीले आफ्नो हस्ताक्षर गरेर अर्जेन्टिनाको राष्ट्रिय टोली र बार्सिलोनामा आफूले लगाउने जर्सी मुर्तजालाई उपहार पठाएका थिए ।

मुर्तजाका पिता मोहम्मद आरिफ अहमादीका अनुसार आफ्नो छोरा फुटबल र मेसीको पछाडि एकहोरिएपछि मुर्तजालाई अपहरण गर्ने धम्कीसहितका फोन पनि आउने गरेका थिए । यसरी बारम्बार धम्की आउन थालेपछि आफूहरू घरबार छाडेर अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था उत्पन्न भएको पनि उनले बताए । ‘यसरी बारम्बार धम्कीयुक्त फोन आउन थालेपछि त्यति बेला हाम्रो जीवन निकै कष्टकर बनेको थियो’, मुर्तजाका पिताले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.