आइएमएस मोटर्सको नयाँ एक्सक्लुसिभ सोरुम

आइएमएस मोटर्सको नयाँ एक्सक्लुसिभ सोरुम

काठमाडौंः आइएमएस मोटर्सले आफ्नो नयाँ एक्सक्लुसिभ सोरुम सञ्चालनमा ल्याएको छ । आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सले कोरियाको प्रिमियम लक्जरी एसयूभी गाडी उत्पादन गर्ने कम्पनी साङयोङका गाडी बिक्रीवितरण गर्दै आएको छ ।

कम्पनीले आइतबार आइएमएस मोटर्स एक्सक्लुसिभ सोरुमको उद्घाटन गरेको हो । काठमाडौंको नक्सालमा (प्रहरी हेडक्वार्टर अगाडि) साङयोङ सोरुम सञ्चालनमा इएको हो । सोरुमको उद्घाटन नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत तथा कार्यक्रमका प्रमुख अतिथि चो यंग–जिनले गरेका थिए । आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिईओ दिकेश मल्होत्राले उनलाई साथ दिएका थिए ।

सोरुम उद्घाटनको खुसीयालीसँगै आउँदो क्रिश्मस तथा नयाँ वर्ष २०१७ को अवसरमा कम्पनीले साङयोङ गाडीका खरिदमा पाँच लाखसम्म नगद छुटको व्यवस्था गरेको छ । उक्त अफर आइतबारदेखि पुस २२ सम्म लागू हुनेछ ।

प्रशस्त पार्किङ स्पेससहित सोरुम सञ्चालनमा आएको छ । उक्त स्टेट–अफ–आर्ट सोरुममा ग्राहकलाई विशिष्ट सेवा पुरयाउन तालिम प्राप्त दक्ष स्टाफ तथा अन्य सेवा पनि रहनेछ । यसैगरि, आइएमएस मोटर्सले नेपालका मुख्य सहरमा आफ्ना डिलरको उपस्थिति बढाएर झनै विस्तारित हुने योजना बनाएको छ । साथै, निकट भविष्यमा कम्पनीले एक्सक्लुसिभ साङयोङ सर्भिस सेन्टरको सुरुवातसमेत गर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.