हृदयको संगीत

हृदयको संगीत

संगीतकार आशिष अविरल सोच्दै थिए, ‘सबैले मन पराउने एउटा ऐतिहासिक संगीत गरूँ ।’ उनी आफूभित्र त्यस्तो संगीत खोजिरहेका थिए अनि कुनै गीतकारबाट त्यस्तै शब्दको अपेक्षा । यस्तै सोचमा डुबेर बबरमहल हुँदै अनामनगरतिर लाग्दा उनको दिमागमा एउटा धूनले ‘क्लिक’ गर्‌याे । त्यो धून मोबाइलमा रेकर्ड गरे ।

घर पुगेर मेलोडीलाई ‘म्युजिकल इन्स्ट्रुमेन्ट’ मा बजाउन प्रयास गरे । गज्जब संगीत बनेको आभाषले उनको खुशीको सीमा रहेन । त्यो खबर गायक नरेन्द्र प्यासीलाई सुनाइहाले । एकदिन प्यासीले उनलाई फोन गरेर भने, ‘मैले एक जना लिरिक्स मास्टर्स भेटाएको छु ।’

उनले एमटी गण, माइतीघर बोलाए । त्यहाँ प्यासीले गीतकार आनन्द अधिकारीलाई भेटाइदिए । आशिषले आफूलाई गज्जब लागेको मेलोडी आनन्दलाई सुनाए । आनन्दले ठूलो स्वरमा थर्काए, ‘यस्तो राम्रो मेलोडी रच्ने मान्छे कहाँ लुकेर बसेका थियौ यतिन्जेल ?’

त्यो संगीतमा आनन्दले तुरुन्तै शब्द रचें
‘तिमीविनाको जीवन सोच्नसम्म नि म सक्दिनँ
फूलविनाको वासना सोच्नसम्म नि म सक्दिनँ
बरु जाओस् मेरो जीवन,
माया मार्न म सक्दिनँ ।’

आशिषलाई शब्द गज्जब लाग्यो । त्यसैले गीत ‘एरेन्जमेन्ट’ गरे । त्यसको महिना दिनमा हात्तीसारस्थित ड्रिम्स स्टुडियोमा नरेन्द्र प्यासीको स्वरमा गीत रेकर्ड भयो । तर, नरेन्द्रले रेकर्डेड गीत चित्त बुझाएनन् । त्यसैले उनले गीत बजारमा लान चाहेनन् । त्यसको पाँच महिनापछि गीत फेरि रेकर्ड गर्ने सहमति भयो प्यासीसँग । त्यसपछि मास्टर ट्रयाकका आधारमा प्रिज्म स्टुडियोमा गीत रेकर्ड भयो ।

म्युजिक भिडियो बनाउने कुरामा पनि त्यस्तै भयो । भिडियोको जिम्मा भुषण दाहाललाई दिइयो । तर, उनको व्यस्तताले बन्न सकेन । गीत रेकर्ड भएको पाँच महिनापछि समत अधिकारीको निर्देशनमा भिडियो बजारमा आयो । गीत रातारात चर्चित भयो । आशिषलाई भने विश्वास थिएन । त्यसैले गीत ‘बासना’ एल्बमको दोस्रो नम्बरमा राखिएको थियो ।

तर, मान्छेहरूले सुनाउन थाले, ‘गीतले त मार्केट पिट्यो त !’ उनी सोच्थे, मानिसहरू फुक्र्याउनलाई यस्तो भनेका होलान् । तर, वास्तविकता त्यही थियो । मानिसहरूले ‘रिङ टोन’ र ‘रिङ ब्याक टोन’मा अधिक प्रयोग गरे यो गीत । गीत यति धेरै चर्चित हुनुमा संगीतको बढी हात छ कि शब्दको ? अविरल भन्छन्, ‘दुइटै कुराको बराबरी भूमिका छ ।

तर, यो संगीत बाहिर आउनुमा आनन्दको ठूलो हात छ । उनी नभएको भए यो संगीत नै बाहिर आउँदैनथ्यो कि !’आशिषले सुरूमा यो संगीतका लागि आफैले शब्द रचेका थिए : 
‘म कसरी बाचुँला, तिमी नभए मेरो सामु’ ।

उनले शब्दलाई संगीतमा राखेका पनि थिए । आशिष भन्छन्, ‘जो जे काममा निपुण छ, त्यसले त्यही काम गर्नुपर्छ । म शब्द रच्ने उपयुक्त मान्छे होइनजस्तो लाग्यो, त्यसैले आफूले रचेका शब्दलाई यो संगीतमा राख्न जरूरी ठानिनँ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.