एक चीन नीतिको पक्षमा नेपाल प्रतिवद्ध : देउवा

एक चीन नीतिको पक्षमा नेपाल प्रतिवद्ध : देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले सोमबार भेटवार्ता गरेको छ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको सो भेटमा दुई देशका आपसी हित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।

नेपालको वर्तमान राजनीतिक घटनाक्रम र संविधान कार्यान्वयन सम्बन्धमा चिनियाँ टोलीले राखेको चासोको विषयमा सभापति देउवाले जानकारी गराउँदै नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको प्रतिवद्धता व्यक्त गरेका थिए।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य ल्युले नेपालको आर्थिक विकासमा चीनले सधैं सहयोग गरिरहने बताउँदै नेपाल र चीन जोड्ने कोदारी राजमार्ग छिट्टै सुचारु गर्ने विश्वास व्यक्त गरे।

भेटका अवसरमा सभापति देउवालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेकोमा उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने सभापति देउवाले जानकारी गराएका थिए।
उक्त भेटका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको सहभागिता थियो । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.