नेपाल हिन्दुु राष्ट्र बन्छ त ?
पशुुपतिमा मुुक्तिनाथ बाबाले ‘नेपाललाई हिन्दुु राष्ट्र बनाउन म आफ्नो जीवन दिन तयार छुु’ भनेर बोलिरहँदा पंक्तिकारले आजको इजरायल र इजरायली जनतालाई सम्झियो । सन् १९४६ मा इजरायलको पुुन:स्थापना हुुन लगभग १५ सय वर्ष लागेको थियो । यहुुदीलाई आफ्नो पुुख्र्यौली थलोमा फर्कन धेरै लामो संघर्ष गर्नुुपरेको थियो । १५ सय वर्षसम्म इजरायलमा कहिले मुुस्लिम त कहिले इसाईले राज्य गरे ।
दुुवै पन्थले साझा रूपमा यहुुदीहरूको हत्या गरिरहे । यहुुदीहरूले हिम्मत हारेनन् । आफूहरू आपसमा भेट हुुँदा ‘जेरुसलममा भेटौंला’ भनेर अभिवादन गरिरहे । अन्ततः सन् १९४६ मा इजरायल बन्यो । यहुुदीहरूले आफ्नो अभिवादनलाई साकार बनाए । आज इजरायल विश्वको एक मात्र यहुुदी राष्ट्र बनेको छ । ऊ दाँतहरूका बीचको जिब्रो झैं बनेर आफ्नो अस्तित्व प्रमाणित गरिरहेको छ ।
असलमा इसाई र इस्लामको पिता ‘यहुुदी’ हुुन् । जिसस क्राइस्ट आफैंमा यहुुदी थिए । जिसस क्राइस्टले इसाईपन्थको स्थापना गरेपछि इसाईहरू नै यहुुदीहरूका कट्टर दुुस्मन बने । इसाईबाट इस्लामको जन्म भयो । पन्थका रूपमा यी फरक थिए, तर यहुुदीहरूसँग शत्रुुता भने यिनको साझा रह्यो । सन् ५३२ मा यहुुदीहरूबाट इसाईहरूले इजरायल खोसे अनि पछिल्ला दिनहरूमा मुुस्लिम र इसाई दुुवैले यहुुदीहरूलाई जहाँ भेट्यो, त्यहाँ मार्न थाले । कट्टरपन्थी इसाई हिटलरले यहुुदीमाथि गरेको अत्याचार र आमसंहार इतिहासकै घृणित घटना मानिन्छ ।
अब स्वामी र गुुरुहरूको आसन संविधानसभाको अगाडि जम्नुुपर्छ । आफ्नो धर्म, संस्कृति र वैदिक परम्पराको सरकारले सुुरक्षा गरोस् भन्ने अभिप्रायमा लाग्नेले मुुक्तिनाथ बाबाहरूको अभियानलाई सहयोग गर्नुुपर्छ अनि मात्र हिन्दुु राष्ट्र बन्छ ।
‘नेपाल हिन्दुु राष्ट्र बन्नेछ’ भनिरहँदा नेपाली हिन्दुुहरूमा यहुुदीहरूको जस्तो प्रतिबद्धता र लगनको खोजी पनि हुुनेपर्छ । विश्वका शक्तिहरूको छलछाम, चलखेल र लोभलालचबाट बाहिर निस्केर हाम्रो नेतृत्वले हिन्दुु राष्ट्रको मागलाई सम्बोधन गर्ने सम्भावना १५ पनि छैन । यही नै सत्यताको मुुख हो । नेपाल हिन्दुु राष्ट्र हुुनुुपर्छ भन्नेको संख्या स्वाभाविक रूपमा बढी छ । लगभग हरेक गुुरु, सन्त, महात्मा र केही राजनीतिक व्यक्तित्वबाट पनि यही सुुनिन्छ । धेरैजसोको चासो नेपाल हिन्दुु राष्ट्र बनोस् भन्ने छ । विश्वका अधिकांश हिन्दुुहरूले पनि नेपाल हिन्दुु राष्ट्र हुुनुुपर्छ भन्ने मान्यता राख्छन् । नेपालबाहिरका धेरै हिन्दुुहरूलाई नेपाल धर्म निरपेक्ष राष्ट्र हो भन्ने तथ्यसमेत थाहा छैन ।
नेपाल हिन्दुु राष्ट्र बन्छ त ? धेरैलाई थाहा छ– यो बाटो सजिलो छैन । नेपालीहरू मुुस्लिम वा इसाईहरू झैं कट्टरपन्थी प्रकृतिका छैनन् । हामी हिन्दुु धर्मका नाममा ‘आत्मघाती बम बन्ने सोच’ समेतबाट घृणा गर्छौं । ‘सबै धर्म समान हुुन्छन्’ चेतनालाई हामी त्याग्न सक्दैनौं । सिद्धान्तमा हामी साम्यवादी छौं, व्यवहारमा हामी कट्टर हिन्दुु । तर नेपाललाई हिन्दु राष्ट्र बनाउन हामी आफ्ना राजनीतिक दाम्ला चुुँडाल्न तयार छैनौं । राजनीतिक आस्थाको दाम्लोमा पनि बाँधिने अनि नेपाल हिन्दुु राष्ट्र बन्नुुपर्ने चाहना राख्ने हाम्रो दोहोरो चरित्रमा बाँचिरहेका छौं । यो चरित्र रहेसम्म नेपाल हिन्दुु राष्ट्र बन्दैन । हरेक पल र हरेक क्षण हामी हारिरहेका हुुनेछौं ।
के नेपाल हिन्दुु राष्ट्र बन्दैछ ? हालका दिनमा यो प्रश्न पेचिलो बनेको छ । हरेक दिन नयाँ संस्थाहरू जन्मिरहेका छन् । हरेक संस्थामा तिनै चेहरा हुुन्छन् । काम नगर्ने तर माइक पाएपछि बोल्न नछोड्ने । हिन्दुु संस्कृति रक्षाको लागि आन्दोलन गर्न आएकालाई ’हिन्दुुत्व’ सिकाउने । त्यही भएर होला, आजभोलि कसैले हिन्दुु एकताको विषयलाई गम्भीरतापूर्वक लिइन्न । हिन्दुुत्वको एजेन्डा दुुर्बल बनेको छ
सन्तहरू धर्म र संस्कृतिका प्रवक्ता र मुुख हुुन् । मुुखले ठिक्क पारे यी आपसमा मिल्दैनन् । आफ्नो बोल्ने पालो नआउन्जेल कुुरेर बस्छन् । भाषण सकिएपछि आफ्ना दुुईचारवटा चेलाचेली बाटो लाग्छन् । पण्डित, ज्योतिषी अधिकांशको एकै कथा छ । मुुखले ठिक्क र काममा गोटी नचाल्नेहरूबाट कुुनै परिणाम प्राप्त हुुँदैन । यस्ता व्यक्तिहरूले आफूलाई ढाँटेका हुुन्छन् । अर्काको कुुरा त गर्दै नगरौं । अहिलेको समय हिन्दुुत्वको लागि ऊर्जावान् छ । सरकारले जनसुुझावको लागि पठाएका एजेन्डाहरूमा जनताले ‘धोती’ लगाइदिएका छन् । नेताहरूका लागि सुुझावहरूको बेवास्ता गर्न त्यति सजिलो छैन । हिन्दुुहरूले भनेको र खोजेको ‘हिन्दुु–संविधान’ त झनै टाढा छ । ऊर्जावान् र विश्वसनीय नेतृत्वको आगमनसम्म हामीले हिन्दुु राष्ट्र नेपालको प्रतीक्षा मात्र गर्न सक्छौँ । अरूलाई गालीगलौज गरेर नेतृत्वको विकास हुुँदैन, हिन्दुु राष्ट्र बन्दैन । गालीगलौजमा आफ्नो ऊर्जा खेर फाल्नुुभन्दा आध्यात्मिक साधनामै लागेको राम्रो ।
अमेरिकी राष्ट्रपतिले बाइबललाई छोएर कसम खान्छ, बेलायतको राजा हुुन् क्रिस्चियन हुुनैपर्छ, विश्वमा धेरै १२० इसाई देश र ५२ मुुस्लिम तथा आठवटा बौद्ध राष्ट्रहरू छन् भन्ने तर्कहरू पुुरानो भइसक्यो । विश्वका धार्मिक देशहरूको उदाहरण दिँदैमा नेपाल हिदुु राष्ट्र बन्दैन । मुुखले भाषण गर्दैमा हिन्दुु राष्ट्र बन्दैन । यही वास्तविकता हो ।
सरकारले हिन्दुुवादीहरूमा गुुण लगाएको छ । संविधान मस्यौदा जनतामा पठाएर राम्रो भयो । धेरै जनताले भने हिन्दुु राष्ट्र बनाऊँ, स्वधर्म र संस्कृति जोगाऊँ । धर्म निरपेक्षता भएन । हामी हिन्दुु राष्ट्र नै चाहन्छौं । स्थायी सरकार चाहियो । नेताहरूले चाहेको नेपाल र जनताले चाहेको नेपाल फरक प¥यो । अहिले नेताहरू धर्म संकटमा छन् । नेपाललाई हिन्दुु राष्ट्र बनाए विदेशी दाता रिसाउने, नबनाए जनता रिसाउने !
२०६३ सालको अन्तरिम संविधानमा धर्म निरपेक्षता कसरी थपियो भन्ने विषयमा विवाद छ । केही भन्छन्– सभामुुखले खुुसुुक्क थपे । हामी जनता हौं । नेपालका साधारण मतदाता हौँ । ठूला मान्छेका ठूला कुुरा बुुझ्दैनौं । हाम्रो कुुरा स्पस्ट छ: नेपालको सांस्कृतिक र धार्मिक पहिचानको रक्षा हुुनुुपर्छ ।
२०६३ पछि नेपाल ‘हिन्दुु राष्ट्र’ हुुनुुपर्छ भन्ने धेरै छन् । यो जनमत बढ्दो छ । बढ्दो जनमतसँगै नेतृत्व गर्न चाहनेहरू पनि बढेका छन् । अनेकौं हिन्दुु मोर्चा, संगठन, परिषद् खोलिएका छन् । सबैले नेपाल हिन्दुु राष्ट्र हुुनुुपर्छ भन्छन् । यही चाहना र इच्छा प्रतिविम्बित गर्दै साम्यवादी मतदाताले ‘गाई’ मा भोट हाले । अस्ति मात्रै मुुक्तिनाथ बाबाले बोलाएपछि पशुुपतिमा अर्को भेला भयो । केहीले आफ्नो उपस्थिति जनाउन आए, केही स्वामीको वचन हार्न नसकेर आए । केही ‘यो पनि हेरौं न’ भन्ने मनसायले त्यहाँ देखिए भने केही ‘ठूलो’ बाबाबाट ओत थाप्ने मनसायले जुुटे । केही हिन्दुु धर्मवादीहरूको तमासा हेर्न पनि त्यहाँ आए, अनि आफ्नो धर्म, संस्कृति र परम्पराको मायाको कारणले कति आए भन्न सकिन्न । हिन्दुु राष्ट्रको लागि कति आए, आउनेले जानून् ।
मुुक्तिनाथ बाबाको यो पछिल्लो प्रयास हो– हिन्दुु राष्ट्रको लागि दबाब सिर्जना गर्ने । यिनले २०६३ सालमा पनि धर्म निरपेक्षताविरुद्ध आन्दोलन गरेका थिए । त्यसले निरन्तरता प्राप्त गर्न सकेनन् । त्यसपछि र अघि पनि आन्दोलन भए, तर जनतामुुखी भएनन् । हिन्दुु जनताले पत्याएनन् । चेलाचेलीको उपस्थितिले मात्र आन्दोलन चल्दैन । नभएको हिन्दुु राष्ट्र नेपालको जय लगाउँदैमा हिन्दुु राष्ट्र बन्दैन । हामी धर्म निरपेक्ष राज्यका नागरिक हौं । २०६२ सालको अन्तरिम संविधानमा हिन्दुु राष्ट्र लेखिएको छैन । धर्म निरपेक्षता खारेज गर्ने कलम र अधिकार उनीहरूसँग छ । हामीले उनीहरूलाई प्रेरित गर्ने मात्र हो । हामीले भन्नुुपर्छ– हिन्दुु राष्ट्र नेपाल लेख्नुुहोस् ।
इतिहासलाई गाली गर्ने होइन, सिख लिने हो । गर्जिने बादल काला हुुन्छन् । असिनाहरू पनि पग्लेर सकिन्छन् । बेरोजगार युुवाका लागि आन्दोलन पनि रोजगारको साधन बन्न सक्छ । राजनीतिक छलछामबाट उम्कन चाहनेहरूका लागि हिन्दुु आन्दोलन छहारी बन्नुुपर्छ । बालबालिकाका लागि शिक्षाको विषय बन्नुुपर्छ । धार्मिकहरूका लागि हिन्दुु आन्दोलन धर्म बन्नुुपर्छ । राजनीतिक नेताहरूका लागि यो प्रयोग होइन, सत्ताको साधन बन्नुुपर्छ ।
नेपाललाई हिन्दुु राष्ट्र बनाउने बाटो सजिलो छैन । सन्तहरू राजनीति गर्दैनन् । सन्तहरूले राष्ट्र निर्माण गर्छन् । देश र जनतालाई धर्म र संस्कृतिको अभिप्रेरणा दिन्छन् । यो अभिप्रेरणाको बाटो राजनीतिबाट गुुज्रिन्छ, अनि राजनीति नगरी हिन्दुुहरूले चाहे झैं नेपाल हिन्दुु राष्ट्र बन्दैन । हिन्दुु राष्ट्र नेपाल लेख्न पनि संविधानसभाकै कलम चाहिन्छ । सामान्य हिन्दुु जनतासँग त्यस्तो कलम छैन । पशुुपतिको नाममा संकल्प पढाउने नाटक मञ्चन गर्दैमा हिन्दुु राष्ट्र बन्दैन । यस्ता नाटकहरूले ‘हिन्दुु मन’ लाई दुुःखी नै पार्छ । वास्तविक जीवन नाटकजस्तो हुुँदैन ।
हिन्दुु राष्ट्रको लागि आन्दोलन गर्नेहरू आरोप खप्न, चरित्र हत्या खप्न र मिडियाहरूको तारो बन्ने आँट भएको हुुनुुपर्छ । नेपालमा जंगल कब्जा गरेर अथवा प्राप्त गरेर आ श्रम बनाउनेहरू धेरै छन् । मुुक्तिनाथ बाबाहरूले यस्तो आरोप खप्न तयार भएर रहनुुपर्छ । यस्ता आरोपहरू नै आन्दोलनका ऊर्जा हुुन् । सन्तहरूले आफ्ना आ श्रममा पाक्ने सुुमधुुर व्यञ्जन छोडेर, चेलाचेलीको नमस्कार त्यागेर, ठूलो र सानोको अभिमान त्यागेर सडकमा आसन नजमाएसम्म जनता सडकमा उत्रिन्न । अब स्वामी र गुुरुहरूको आसन संविधानसभाको अगाडि जम्नुुपर्छ । आफ्नो धर्म, संस्कृति र वैदिक परम्पराको सरकारले सुुरक्षा गरोस् भन्ने अभिप्रायमा लाग्नेले मुुक्तिनाथ बाबाहरूको अभियानलाई सहयोग गर्नुुपर्छ अनि मात्र हिन्दुु राष्ट्र बन्छ । हामीले आफूलाई विश्वको एकमात्र हिन्दुु राष्ट्रका नागरिक भएकोमा गर्व गर्न सक्छौं ।