लाइभ प्रतिस्पर्धामा फेसबुक, युट्युब र पेरिस्कोप

लाइभ प्रतिस्पर्धामा फेसबुक, युट्युब र पेरिस्कोप

पछिल्लो समय विभिन्न कार्यक्रम युट्युब एवं फेसबुकबाट लाइभ गर्ने चलन बढेको छ । नेपाली समाज खासगरी सहरी क्षेत्रमा अहिले ट्विटरको पेरिस्कोपमा समेत भिडियोको आकर्षण बढ्दो छ । तुरुन्तै केही सूचना प्रवाह गर्न, आफ्नो कार्यक्रम आमदर्शकमाझ पुर्‍याउन, अनौठा र रोमाञ्चक घटनाहरू देखाउन लाइभ भिडियो टुलहरूले धेरै सहयोग पुर्‍याएको छ ।

अहिलेको समयमा बजारमा चलेका केही लाइभ भिडियो सेवामा फेसबुक लाइभ, युट्युब लाइभ र ट्विटरको पेरिस्कोप पर्छन् । प्रविधि क्षेत्रका हस्तीहरूको विचारमा फेसबुक, ट्विटर र गुगलको युट्युबबीच निकै रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ । त्यसो भनिरहँदा तीनमध्ये कुन उत्कृष्ट होला भन्ने कौतूहल पनि उब्जिएको छ । यसबारेमा विभिन्न मापदण्डअनुसार तुलना गर्दा आफैं थाहा पाउन सकिन्छ कुनचाहिँ प्रविधि उत्तम छ भनेर ।

उपलब्धता

फेसबुक लाइभ सुरुमा सेलिब्रिटीका लागि गत वर्ष निकालिएको हो । यो वर्षको अप्रिलमा यसको लाइभ भिडियो टुल सबै आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि व्यवस्था गरिएको छ । फेसबुकको लाइभ सेवा वेभ इन्टरफेसमा पनि उपलब्ध छ । युट्युबको लाइभ हाल डेस्कटपमा मात्र उपलब्ध छ तर कम्पनीले छिटै आईओएस र एन्ड्रोइडमा उपलब्ध गराउने जनाएको छ । पेरिस्कोपको लाइभ स्ट्रिमिङ एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ ।

प्रयोगकर्ता


तीनमध्ये फेसबुकको सबभन्दा धेरै प्रयोगकर्ता छन् । त्यसैले फेसबुक लाइभ धेरै प्रयोगकर्ताबीच लोकप्रिय पनि छ । गुगलको मामलामा धेरै कन्टेन्ट युट्युबमा हुन्छ तर युट्युब लाइभ प्रयोगकर्ता भने निनै कम पाइन्छ । पेरिस्कोप यो मामलामा पछाडि छ किनभने यो पूर्ण एक्लै चल्ने प्लेटफर्म हो । यो मुख्य ट्विटर एपसँग जोडिएको भए बढी प्रयोगकर्ताहरू तान्न सक्थ्यो भन्ने भनाइ प्रविधिविज्ञको छ ।

युजर इन्टरफेस

युजर इन्टरफेस एउटा मुख्य कारक हो जसले एप बनाउन र बिगार्न सक्छ । यद्यपि तिनै एप चलाउन सहज नै छन् । तर, जब प्रयोगकर्ताले यी तीनवटै लाइभ टुलमा समय बिताउँछ फेसबुक सबभन्दा सजिलो लाग्न थाल्छ । फेसबुक र पेरिस्कोपको इन्टरफेस उस्तै लाग्छ किनकि प्रयोगकर्ताले लाइक, कमेन्ट, सब्सक्राइभ र अन्य उस्तै गतिविधि त्यहाँ गर्न सक्छन् ।

भिडियो अभिलेख

भिडियो अभिलेख गर्ने कुरामा फेसबुक र युट्युब दुवैले उस्तै विशेषता प्रदान गरेका छन् । प्रयोगकर्ताले भिडियो लाइभ स्ट्रिम गर्नसक्छ जुन पछि सधैंभरिका लागि बचाउन वा भिडियो निर्माताको चाहनाअनुसार हटाउन पनि सक्छ । पेरिस्कोपले लाइभ स्ट्रिम गर्छ यद्यपि त्यो तत्कालका लागि मात्र हुन्छन् । २४ घन्टासम्म मात्र काम गर्न सक्छन् ।

क्यामरा

क्यामराका विषयमा पेरिस्कोप र युट्युब लाइभ दुवै उस्तै छन् । भिडियो हाल्नेले पेरिस्कोपमा पनि गोप्रो क्यामेरा प्रयोग गर्न सक्छन् र त्यो स्मार्टफोनमा चलाउन मिल्छ । युट्युब लाइभ भिडियो राख्नेले अपलोड गर्न कुनै क्यामेरा प्रयोग गर्न सक्छन् तर तिनीहरूको इनकोडर जडान गरिएको हुनुपर्छ । फेसबुकले भने प्रयोगकर्तालाई यसको मुख्य प्लेटफर्मबाट मात्रै अपलोड गर्न दिन्छ ।
प्रस्तुतिः केन सुवेदी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.