सामरिक-आर्थिक शक्तिकेन्द्रको मोह

सामरिक-आर्थिक शक्तिकेन्द्रको मोह

सन् १९४५ मा दोस्रो विश्वयुद्ध अन्त्य भएको एकाध दशकपछिको एउटा कालखण्ड यस्तो बनिदियो जति बेला विश्व-सामरिक-राजनीतिको केन्द्रमा अरू कुनै मुलक नभएर अमेरिका थियो । त्यो साख २१औं शताब्दीको सुरुआती एकाध वर्षमा पनि कायमै थियो । अमेरिकाको आर्थिक तथा सामरिक शक्तिमा ह्रास आइसकेको थिएन त्यति बेला । तर, आर्थिक तथा सामरिक महाशक्तिका रूपमा एसियाली राष्ट्र चीनको उदयले विश्व राजनीतिको जोडघटाउमा अमेरिकाको शक्ति सन्तुलनको पल्ला हल्लिने गरी विस्तारै खस्किन थाल्यो । यससँगै अमेरिकी बासिन्दालाई आफ्नो मुलुकको आर्थिक राजनीतिक क्षमतामा आएको ह्रासले पिरोल्न पनि थालेको थियो ।

यसैबीच बोइङ, हेलिकोप्टर सबै निजी भएका एकजना नामुद अमेरिकी व्यापारी डोनाल्डको उदय एक राजनीतिज्ञका रूपमा भयो । उनले सन् २०१५को नोभेम्बरमा प्रकाशित आफ्नो किताब 'क्रिपल्ड अमेरिकाः हाउ टु मेक अमेरिका ग्रेट अगेन'मार्फत प्रस्ताव गरेको राष्ट्रवादी शासकीय दर्शन नै अमेरिकालाई पहिलाकै अवस्थामा फर्काउने 'एकहरफे' अपिल थियो ।

यस किताबबाट, कुनै बेला आणविक क्लबको जब्बर मियो बनिसकेको 'अमेरिकालाई यसका खास नागरिकको अधीनमा ल्याउने बेला यही हो' भनेर राष्ट्रले मूल अमेरिकी जनताको सहानुभूति जित्ने प्रयत्न गरेको बुझ्न सकिन्छ । र, यसैलाई भर्‌याङ बनाएर सम्भवतः उनी विश्व राजनीतिको मियो बन्न चाहन्थे (र, सफल पनि भए) । उनलाई सत्तामोहले डोर्‌याएर पनि होला, उनले कमजोर बन्दै गएको भनेर अमेरिकी राष्ट्रियताको पुनःपरिभाषाका लागि आम अपिल गरे । कोकोहोलो मच्चाए ।

किनभने, अमेरिकी जनताबाट उनले चाहेको कुरा एउटै थियो, आफ्नो पक्षमा जनमत निर्माण गर्ने । हुनसक्छ, राष्ट्रियताको पुनःपरिभाषाको मजबुत आधार खोजेकैले पनि अमेरिकी जनता राष्ट्रको राष्ट्रपतीय उम्मेदारीको पक्षमा उभिए र उनलाई ४५औं राष्ट्रपतिका रूपमा अनुमोदन गरिदिएर 'ह्वाइट हाउस'को बाटो फराकिलो पनि बनाइदिए ।

२०औं शताब्दीको उत्तराद्र्धतिर अमेरिका जति शक्तिशाली थियो, आजको अमेरिकालाई पनि त्यही हैसियतमा उकास्नुपर्छ भन्ने मत नै डोनाल्ड राष्ट्रको राजनीतिक दर्शन रहेको बुझिन्छ । तर, किताबमार्फत आएका उनका सबै अभिमतले आर्थिक तथा सामरिक शक्तिले युक्त अमेरिका बनाउन सघाउँछ भन्ने सुनिश्चितता भने हुन सक्दैन । कतिपय अवस्थामा उनको मत छिमेकी मुलुक मेक्सिकोप्रति बढी आक्रामक बनेको पनि लाग्छ ।

आप्रवासीप्रति उनको विचार अलिकति क्रूर र असहिष्णु पनि लाग्छ । महिलाप्रतिको उनको धारणामा खासै उदारता पनि भेटिँदैन । बलियो पक्ष केमात्रै हो भने महत्त्वाकांक्षी नै भए पनि उनले अमेरिकी राष्ट्रियतालाई बलियो बनाउन सकिने केही आधार भने प्रस्तुत गरेका छन् ।

आक्रोशपूर्ण अभिमतसहित उनले यसअघिका अेमेरिकी प्रशासनले गरेका कामलाई जनतासामु ल्याउन खोज्नुको अभिप्राय राजनीतिक ढोंगलाई प्रस्ट्याउनुभन्दा पनि आफ्नो चुनावी रणनीतिलाई थप उचाइ दिनुजस्तो पनि नलाग्ने होइन । कसरी कुनै बेला संसारमाथि नै हैकम जमाएको मुलुकको विश्वको राजनीतिक प्रेक्षालयमा के कति कारणले फितलो उपस्थिति हुन गयो र यस्तो अवस्थासम्म आइपुग्न सत्तामा बसेका डेमोक्र्याटिक दलका राजनीतिज्ञ के कसरी असफल भएर भनेर किटेरै प्रस्ट चित्र कोर्न भने सकेका छैनन् राष्ट्रले । योचाहिँ उनको कमजोरी हो ।

विश्का सीमित नेतृत्वको स्वार्थको अडानमा बाँकी विश्व शक्तिलाई लत्याएर काम गर्ने नेतृत्व चाहिएको होइन अब अमेरिकालाई । फेरि पनि विश्वलाई दिशानिर्देश गर्ने एक क्षमताशील नेतृत्व हो चाहिएको । यसैको खोजीमा थिए सायद अमेरिकी जनता । विभिन्न मतसर्वेक्षणले पनि देखाउँछ त्यो कुरा । यस किताबमा दाबी गरिएझैं अमेरिकामा राजनीतिक, आर्थिकलगायतको संरचनागत सुधारका लागि राष्ट्रजस्तै पात्रको जरुरत थियो वा थिएन भन्ने बहसको पाटो छिपाइनु भने हुँदैन ।

आफ्नो चुनावी मैदानलाई मजबुत पार्नकै लागि अमेरिकी जनतालाई राष्ट्रियता बलियो हुनुपर्छ भन्ने मुद्दामा आश्वस्त गराउन राष्ट्र साम, दाम, दण्ड, भेदलगायतको अस्त्र प्रगोग गर्न चुकेनन् । विश्वमै 'बेस्टसेलरको ट्याग' भिर्न कामयाब भएको किताब आफैंमा कमसल नभए पनि पाठकलाई के थाहा छ भने किताब लेखाइले बलियो भएको भने पटक्कै होइन । हो भने केवल यसको विचारले हो । आक्रोशयुक्त विचारले । अलिकति सम्भावनायुक्त र धेरै सनसनीपूर्ण विचारले । यही विचारलाई चुनावी हतियारसमेत बनाउन सके । बुझ्नेले जसरी बुझे पनि त्यो उनको रणनीतिक चातुर्य हो ।

सैद्धान्तिक रूपले हेर्दा राजनीतिक गन्ध त अति नै कम हो किताबमा तर व्यावहारिक विचारको सबलता पनि उतिसारोचाहिँ छैन । अमेरिकी राजनीतिको असफलताप्रतिको आक्रोश भने उत्पातै छ किताबमा । त्यसो त, अमेरिकी जनताले चाहेको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन थियो, र त्यही परिवर्तनको संवाहकका रूपमा राष्ट्रले आफूलाई उभ्याए ।

उनलाई भोट दिने अमेरिकी जनतासँग सायद अरू कुनै विकल्प पनि थिएन । किनभने एकातिर आठ वर्षदेखि डेमोक्र्याटिकले चलाउँदै आएको सत्ता र फेरि पनि त्यही दलकी उम्मेदवार हिलारी क्लिन्टन । र, अर्कोतर्फ, राष्ट्रियता फितलो बन्दै गएकोमा डरलाग्दो चिन्ता । त्यसैले पनि होला, राष्ट्रले उठाएका राष्ट्रियतासम्बन्धी एकाध विचारलाई आधार मानेर उनलाई समर्थन गरिदिए । तर, राष्ट्रको किताब 'क्रिपल्ड अमेरिका' किन महत्त्वपूर्ण मान्न सकिन्छ भने उनले यही किताबका माध्यमबाट विश्वको बदलिँदो आर्थिक राजनीतिक समीकरणबीच दुनियाँलाई एउटा सन्देश दिन प्रयास गरेका छन् ।

उनलाई मतदान गर्ने अमेरिकी नागरिकले सकारात्मक मान्ने पक्ष पनि छन् किताबमा । अर्थतन्त्रमात्र नभई स्वास्थ्य, राष्ट्रिय सुरक्षा, राजस्व, सामाजिक, वातावरणीय सुरक्षा, शिक्षा क्षेत्र सुधारलगायतका पक्ष अमेरिकाले सफल अभ्यास गरिसकेको आफ्नो हैसियत प्राप्त गर्नका लागि अघि सारिएका रणनीतिक अस्त्र हुन् ।

विश्वमै 'बेस्टसेलरको ट्याग' भिर्न सफल किताब आफैंमा कमसल नभए पनि पाठकलाई के थाहा छ भने किताब लेखाइले बलियो भएको भने पटक्कै होइन । हो भने केवल यसको विचारले हो । आक्रोशयुक्त विचारले ।

राष्ट्रलाई यसपटक अेमिरिकी नागरिकले चुन्नुको पछाडिको कारणका रूपमा उनले देखेका समाज सुधार र राष्ट्रियताको पुनःपरिभाषाको विषय नै महत्त्वपूर्ण होला । आप्रवासन नीतिमा व्यापक नीतिगत सुधार ल्याउने र सीमा सुरक्षालाई बढी ध्यान दिने उनको प्रतिबद्धताले अमेरिकी जनतालाई राष्ट्रका पक्षमा मत दिन बुथसम्म डोर्‌याएको हुनसक्छ ।

जब दोस्रो विश्वयुद्धको अन्त्य भयो , अमेरिका एउटा शक्तिशाली विश्वको रूपमा उदायो ।

सन् १९९० को दशकमा शीतयुद्ध अन्त्य भएसँगै विश्वको सामरिक आर्थिक शक्ति सन्तुलनमा अमेरिकाको जब्बरता थप उकासियो । तर, आज विश्व शक्ति सन्तुलनको पल्लामा ऊ ढल्पलाएको छ । किताबमा अवैधानिक आप्रवासनप्रति थलिँदै गएको अमेरिकी नीतिप्रति राष्ट्र आक्रामक बनेका छन् । एउटा बहुसांस्कृतिक तथा बहुभाषी रहेको बहुधार्मिक मुलुकका लागि मौलिकताको रक्षा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।

यसैको रक्षाका लागि आधारशीला निर्माणमा राष्ट्रले गरेको अपिल आर्थिक सामरिक शक्ति केन्द्रका रूपमा अमेरिकालाई स्थापित गराउने मार्गका रूपमा अमेरिकी जनताले बुझेका छन् । खासगरी २१औं शताब्दीको विश्व समृद्धिको नयाँ अध्याय निर्माण गर्नका लागि बहसमा बाँकी विश्वलाई आमन्त्रित गर्ने गरी सम्भावनाको बीउ रोप्न सक्नु नै यस किताबको सफलता मान्न सकिन्छ ।

अमेरिकी प्रशासनिक भवन 'ह्वाइट हाउस'मा दशकौंसम्म अरू राजनीतिज्ञले खेलेजस्तो खेल खेलेर अमेरिकालाई विश्वशक्ति राष्ट्रको क्लबबाट बहिर्गमनप्रतिको आलोचनालाई अमेरिकीले मन पराएका हुन सक्छन् । आफ्नो मुलुकलाई पुनः पहिल्यैको अवस्थामा फर्काउनुपर्ने मतको विपक्षमा उभिन पनि कतिपयलाई सकस नै भयो होला । उनले किताबमा लेखेका छन्, 'यो काम गर्ने समय हो ।

अमेरिकी जनता यथास्थितिवादी राजनीतिक अभ्यासबाट दिक्क बनिसकेका छन् ।' सम्भवतः आगामी चार वर्षका लागि उनलाई काम गर्न दिइएको अख्तियारी होला ४५औं राष्ट्रपतिको पद । उनको किताबलाई प्रभावकारी तथा रणनीतिक चुनावी घोषणापत्रका रूपमा अथ्र्याउन सकिने ठाउँ पनि छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.