सभामुखको आह्वानमा आज सर्वदलीय बैठक

सभामुखको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौं: तीन सातादेखि अवरुद्ध संसदको गतिरोध फुकाउन सरकार उदासिन देखिएपछि सभामुख ओनसरी घर्तिमगरले सोमवार फेरि दलहरुको बैठक बोलाएकी छिन । संविधान संशोधनको सरकारी विधेयकको विरोधमा प्रमुख विपक्षी एमाले लगायतका दलहरुले मंसिर १६ देखि लगातार संसद अवरुद्ध पार्दै आएपनि सरकारले संसद खुलाउन कुनै पहल नगरेको विपक्षीको आरोप छ ।

दलहरुबीच सहमति जुटन नसकेपछि सूचना प्रकाशित गरेर बैठक स्थगित गर्दै आएकी सभामुख घर्तिले आईतवार निर्धारित संसद बैठक सारेर दलहरुको बैठक बोलाएकी हुन । संसदमा १० भन्दा बढी सांसद भएका ७ दलका शीर्ष नेता र प्रमुख सचेतकहरुको बैठक सोमवार बोलाइएको सभामुख घर्तिका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

तर सरकारले पहल नगरेका कारण सभामुखको पहलले मात्र निकास नपाउने विपक्षी दलको भनाई छ । 'संविधान संशोधनको विषय सरकारसँग जोडिएको विजनेश हो,' एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अन्नपूर्णसँग भने,'सहमतिको खोजी गर्नुको सट्टा प्रधानमन्त्री र मन्त्रीहरु विपक्षीको सत्तोसराप गर्दै हिंडेका छन । यस्तो अवस्थामा कसरी सहमति जुटला र ? '

सरकारले पहल नगरेपछि सांसदहरुको सुझाव अनुसार केही दिन अघि पनि सभामुखले तीन दलको शीर्ष बैठक बोलाएको उल्लेख गर्दै ढकालले भने,'सरकार गम्भिर नबनी संसदको गतिरोध र मुलुकले निकास पाउने अवस्था देखिन्न ।' संसद अवरोधबिच पनि सरकारले निर्वाचन सम्वन्धी विधेयक ल्याए लचिलो बन्ने बताएका विपक्षीसँग सरकारले कुराकानी नगर्दा स्थानीय तहको निर्वाचन सम्वन्धी विधेयक अघि बढन सकेको छैन ।

पछिल्लो पटक सरकारले निर्वाचन विधेयक भन्दा पनि संविधान संशोधन अघि बढाउन जोड गरेपछि विपक्षी दल झन आक्रोशित बनेका छन । 'पहिले सहमति नभई संशोधन विधेयक अघि बढाउदिन भनेर सभामुखज्यूले नै भन्नुभएको थियो । तर पछि उहांले नै कार्यसूचीमा संशोधन विधेयक राख्नुभयो,' ढकालले भने,' निर्वाचनको घोषणा गरि अघि बढने भए सरकारलाई सहयोग गर्न हामी तयार नै छौं ।'

सत्तासीन माओवादी नेता हरिबोल गजुरेलले छलफल र वार्ताका माध्ययमबाट संसदको निकास दिलाउन पहल भइरहेको बताए । 'हामी संसदमा मुठभेड नहोस भन्ने पक्षमा छौं,' उनले भने,'पहल नभएको होइन, तर सूचारु पनि हुन सकेको छैन,' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.