‘धनपति’ नायिका
दीपेन्द्र के खनाल निर्देशनमा बन्ने चलचित्र ‘धनपति’को मुख्य भूमिकामा सुरक्षा पन्त देखिँदैछिन् । उनी अभिनेता खगेन्द्र लामिछानेको ‘अपोजिट’मा देखिनेछिन् । सिनेमा माघबाट छायांकन हुँदैछ । ‘अझै पनि’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी उनी भिजेका रूपमा पनि परिचित छिन् ।
उनले साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको सिनेमा ‘सुस्केरा’मा पनि अभिनय गरेकी छन् । उनी इन्जिनियर पनि हुन् । उनले दुई वर्षअघि काठमाडौं इन्जिनियरिङ कलेजबाट ग्रयाजुएट गरेकी थिइन् । कला क्षेत्रमा आकर्षित भएकै कारण सिनेमामा आइपुगेकी उनी कविता पनि लेख्छिन् ।
प्रतिक्रिया दिनुहोस !