शैलीको 'अन्तिम गीत'
रुस र नेपालको कुटनीतिक सम्बन्ध गाँसिएको ६० बर्षको सन्दर्भमा शैली थिएटरले रुसी सांस्कृतिक केन्द्रमा एन्टोन चेखबको नाटक ‘द स्वान सङ’को नेपाली रूपान्तर ‘अन्तिम गीत’ मञ्चन गर्यो । ४५ वर्षसम्म अभिनय सक्रिय गरेका वृद्ध कलाकारले जीवनकै अन्तिम नाटकमा काम गरेपछि उनको मनमस्तिष्कमा परेको प्रभावको कथा नाटकमा छ ।
युवावस्थामा सबै कुरा छोडेर नाटकमा लागेका उनी जीवनको उत्तराद्र्धमा एक्लो महशुस गर्छन् । उनलाई साथ दिने युवा कलाकारको नियति पनि उस्तै हुने सम्भावनालाई नाटकमा देखाइएको छ ।
सहिन प्रजापति, कुशल विष्ट, समापिका गौतम, आकृति लम्साल, सुवास सुवेदीलगायतले नाटकमा अभिनय गरेका छन् । नाटक महेश पौड्यालले अनुवाद गरेका हुन् भने नवराज बुढाथोकीको परिकल्पनामा आर्यन न्यौपानेले निर्देशन गरेका हुन् । नाटक हरेक दिन मञ्चन नगरे पनि अनुरोधका आधारमा मञ्चन गर्न सकिने निर्देशक न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस !