तैमुर प्रवृत्तिको अन्त्य !
अहिले नेपाल र भारतको मिडिया र सामाजिक सञ्जालमा दुईवटा मुद्दा चर्चाको चुलीमा छ ।
नेपालमा पूर्व राजा ज्ञानेन्द्र शाहको राष्ट्र्रियताले ओतप्रोत प्रेस विज्ञप्तिले सत्तापक्ष र डलर तथा भारु दान थाप्नेहरुमा ठूलै भूँइचालो गएकोछ । सत्तापक्ष त पूर्वराजालाई तर्साउन दरबार हत्याकाण्डको पुनः छानबीन गर्ने धम्की दिंए ।
छानबीन हुनै पर्छ , निष्पक्ष छानबीन । तर दरबार हत्याकाण्डको वाटो समाउन मदन/आश्रित हत्याकाण्ड देखी अमर लामाको हत्या सम्मको छानबीन हुनु पर्छ । दरबार हत्याकाण्डसंग जोडिएका यी हत्याहरुको छानबीन हुनु जरुरी छ । किनकि यी हत्याकाण्डका योजनाकार एउटै हुन् ।
मदन / आश्रित राष्ष्ट्र्रवादी नेता थिए । राजालाई श्रीपेच फुकालेर मैदानमा आउन चुनौति दिने मदन भण्डारी विदेशी शक्ति सामु नझुक्ने व्यक्तित्व थिए । मदन भण्डारीको हत्या पछि पुकदा र बाबुरामको नेतृत्वमा शुरु भएको कथित जनयुद्धको योजनाकार र तीनको मोहरा को हुन् भन्ने छर्लंग भई सकेको छ । तिनै मोहराले मदन आश्रितको हत्यामा संलग्न एकमात्र प्रमाण अमर लामालाई कुकुरलाई लखेटे झैं लखेटेर हत्या गरे । आज नेपाललाई धर्म निरपेक्षता , संघीयता र गणतंत्रको नाममा विदेशीको टुँडीखेल बनाइएकोछ ।
राष्ट्र्रघाती १२ बुंदे सहमतिको जगमा २५ बुंदै सहमति गरेर नेपालको अस्तित्व समाप्त पार्ने उद्देश्यले नेपालको परराष्ट्र् र रक्षा मंत्रालय हेर्ने जिम्मा भारतलाई सुम्पिएकोछ । त्यसैको आधारमा अहिले भारतले शान्ति सेनामा भारतीय कमाण्डमा नेपाली सेनालाई शान्ति सेनामा पठाउने माग गरी रहेकोछ । सेना र जनताको विरोध नभएमा पुकदा सरकारले नेपाली सेनाको कमाण्ड भारतलाई दिएर नेपालको स्वतंत्रता तथा सार्वभौमसत्ताको अन्त्य गर्नेछ । त्यसैले पनि दरबार हत्याकाण्डको निष्पक्ष छानबीन मदनको हत्या देखी नै शुरु गरिनु पर्छ ।
अर्को चर्चाका चुलीमा भएको विषय हो भारतीय चलचित्रकर्मी सैफ अली खान र करिना कपुरको नवजात शिशुको नामाकरण । तिनीहरुले आफ्नो नवजात शिशुको नाम कुख्यात क्रुर हत्यारा शासक तैमुर लंगको नामवाट तैमुर अली खान राखेकाछन् ।
को थिए तैमुर ? तैमुर चौधवीं शताब्दीको एउटा शासक थिए जसले तैमुरी राजवंशको स्थापना गरेका थिए । उसको राज्य पश्चिम एशिया देखी लिएर मध्य एशिया हुँदै भारत सम्म फैलिएको थियो । तैमुर समरकंद हाल उजबेकिस्तानको शासक थिए । शुरुमा उनी पहाडी इलाकामा भेडा बाख्रा चोर्ने गर्थे । उनी शुरवीरका साथै क्रुर थिए । उनले आफू जस्तै हुल्याहा जम्मा गरेर सेनाको निर्माण गरेका थिए । त्यस पछि उसले आफ्नो विजय र क्रुरताको यात्रा शुरु गरे । उनी आफै मुसलमान भए पनि समय आउँदा उनी मुसलमानहरु प्रति पनि क्रुर हुन्थे । उनले मान्छेको टाउको काटेर नरमुण्डको चांग लगाउने , त्यसको धरहरा बनाउने गर्थे । उनले लाखौं मानिसको शिर काटेर स्तुप बनाएका थिए ।
सन् १३९९ मा उनले भारतमा डरलाग्दो आक्रमण गरेर लाखौं हिन्दूहरुको हत्या गरे । लोग्नेमान्छेको शिर काट्ने र स्वास्वनी मान्छे र केटाकेटीलाई बन्दी बनाएर लग्ने उनको काम थियो । मुसलमान धर्म अपनाउनेलाई छाड्थे । उनले भारतमा हज्जारौं हिन्दूहरुलाई जबरदस्ती मुसलमान बनाए । मर्नु भन्दा मुसलमान बन्नु ठीक माने हिन्दूहरुले । उनले आफ्नो जीवनी: तुजुके तैमुरी: मा लेखेकाछन्: हिन्दुस्तान माथी आक्रमण गर्नुको मेरो उद्देश्य नास्तिक हिन्दूहरु विरुद्ध धार्मिक युद्ध गर्नु हो (जसवाट) इस्लामको सेनालाई पनि हिन्दूहरुको धन सम्पत्ती र मुल्यवान वस्तुहरु प्राप्त हुनेछ ।
कश्मीर नजिक कटोर दुर्गमा आक्रमण गरेर उनले दस हजार लोग्ने मान्छेको शिर काटेर धरहरा बनाए । त्यहाँ भएको सबै श्रीसम्पत्ति लूटे । उनी यसरी मान्छेहरुको शिर काट्दै दिल्ली सम्म आई पुगे । दिल्लीमा मुसलमान टुगलक वंशजको शासन थियो । दिल्ली लूट उनको संसारमा बदनामीपूर्वक प्रसिद्ध छ । उनले भारतमा रहेका मठमन्दिरहरु तोडफोड गर्दै अमुल्य सम्पत्ती , आभुषणहरु लुटेका थिए ।
दिल्ली नजिक लोदीनगरमा हिन्दू बस्ती थियो । उनले बन्दी बनाएका हिन्दू बन्दीहरुको संख्या एक लाख पुगी सकेको थियो । ती बन्दीहरुमा केही मुसलमान पनि थिए । उनले मुसमानलाई छोडेर सबै हिन्दू बन्दी पुरुषहरुको शिर काट्ने आदेश दिए ।
कसै कसैले भन्छन् तैमुरले भेडा बाख्रा चोर्दा त्यसको गोठालाले तीर प्रहार गरेर उनको दाहिने अंग बेकार पारी दिएका थिए त कसै कसैको भनाईमा युद्धमा उनको दाहिने अंग काम नलाग्ने भएको थियो । त्यसैले मजाकमा उनलाई तैमुर लंग अर्थात् लंगडा तैमुर भन्थे । उनी देब्रे हातले नै तरवार चलाउँथे ।
तैमुर नाम जस्तै उनको हृदय पनि तैमुर नै थियो । फारसीमा तैमुरको अर्थ हुन्छ फलाम । तैमुर क्रुर शासक मात्र होईन एउटा खुंखार लूटेरा पनि थिए । तर तैमुर कुनै विदेशी शक्तिकेन्द्रको मोहरा थिएनन् । आफ्नै बाहुबल र क्रुरताले उनले तैमुर वंशको राज्यसत्ता स्थापित गरेका थिए ।
जनयुद्धमा लागेर सम्मुनत र पूर्ण स्वतंत्र नेपालको परिकल्पनाको सपनामा बग्दै पवित्र उद्देश्यले जनयुद्धमा लाग्ने अन्जान योद्धाहरुलाई र आम जनतालाई समेत त्यति वेला थाहा थिएन कि जनयुद्ध भाडाका तैमुरद्वयको नेतृत्वमा मञ्चन गरिएको एउटा नाटक हो । तैमुरी पाराले ब्रह्मलूटको सिलसिला शुरु भयो जनयुद्ध कालमा र लूटको ठूलो अंश तैमुरको खातामा जम्मा हुन थालेको कसैलाई आभाष समेत भएन । तैमुरलाई पनि मात दिने गरी लूटको सिलसिला चलेको थियो त्यस वेला संगसंगै निर्दोष मानिसहरुको आमहत्याले पनि तैमुरलाई सम्झिन वाध्य पारेको थियो ।
तैमुर जसरी हिन्दुहरुको घोर विरोधी थियो , नेपाली तैमुरको नेतृत्वको दल पनि हिन्दू धर्मको घोर विरोधी । हिन्दू मठ मन्दिरहरु ध्वस्त पार्ने , अपवित्र पार्ने , पण्डित पुरोहितको हत्या गर्ने , मन्दिर लूट्ने , पूजाआजामा प्रतिबन्ध लगाउने , किरिया बस्न नदिने । बस्नेलाई अंगभंग देखी हत्या समेत गर्ने । हिन्दू धर्मलाई नष्ट गर्न आफ्ना मालिकहरुले चलाएको गैरसरकारी संस्थाहरु मार्फत गरिब,पिछडिएका, दलित र जनजातिहरुलाई ख्रिष्टान बनाउँदै लग्ने जुन सिलसिला अहिले सम्म अनवरतरुपमा चली रहेकोछ ।
चौदशवीं शदीको तैमुर र एक्काइसौ. शताब्दीको तैमुरमा कुनै अन्तर छैन । सक्कली तैमुरले आफ्नो राज्य विस्तार गरेर साम्र्राज्य नै बनाए , नक्कली तैमुरले भएको स्वतंत्र , सार्वभौम तथा अविभाज्य नेपालको अस्तित्व नै समाप्त पार्न लागेकाछन् ।
सैफ र करिनाले आफ्नो नवजात शिशुको नाम तैमुर किन राखे उनै जानून् । तर एउटा नवाब परिवारको सम्मानित परिवारमा जन्मेका तैमुर अवश्य पनि न त चौदहवीं शताब्दीको तैमुर नै बन्नेछन् न त नेपालका एक्काइसौ. शताब्दीका तैमुर नै । उनी मुसलमान भए पनि उनको आमा र हजुर आमा हिन्दू हुन् । हजूर आमा रविन्द्रनाथ टैगोर परिवारकी सदस्य हुन् । उनमा हिन्दू विरोधी भावना हुने छैन पछि मुसलमान बनेका तैमुर लंग जस्तै ।
नामले कोही तैमुर लंग हुँदैनन् , नामले हुने भए तैमुरको चौथो तथा कांछा छोरा शाहरुख राजा होईन अभिनेता बन्ने थिए ।
जुन दिन जनताको आवाजको नेतृत्व गर्ने नायक खुलेर सडकमा आउनेछन् त्यो दिन एक्काइसौं शताब्दीको राष्ट्र्रघाती तैमुरहरुको अन्त हुनेछ ।
चौदहवीं शताब्दीको मंगोल वंशीय तैमुर र एक्काइसौ. शताब्दीको आर्य वंशीय तैमुरमा धर्म र जातको भिन्नता भए पनि कर्ममा भिन्नता छैन ।
तैमुर प्रवृत्ति अहिले नेपालको नियति भएकोछ । केही राजनीतिक दल , केही स्वनामधन्य मिडिया , डलर र भारुमा आश्रित कथित बुद्धिजीवी र तैमुरको कृपामा बाँचेकाहरु जो तैमुरमा महानता देख्ने गर्छन् , तैमुर प्रवृत्तिमा रमाउने गछर्न् ।
आज आम जनता नेपालको अस्मिता माथी भारतीय रज्याईको विरुद्ध भूसको आगो झैं आन्दोलित छन् । आम नेपाली जनताको चिन्तालाई पूर्व राजाले आफ्नो विज्ञप्ति मार्फत सार्वजनिक गर्दा तैमुरी खेमामा पहिरो जानु उनीहरु उँभिएको धरातल , उनीहरुको निर्देशित संविधानको जग कति कमजोर रहेछ उजागर गर्छ , लोकमानले उनीहरु माथी भ्रष्टाचारको मुद्दा लगाउन खोज्दा इमान्दार भएको भए लोकमानको चुनौतिलाई शिर ठाडो पारेर सामना गर्नु पर्ने ठाउँमा उनी माथी महाभियोगको प्रस्ताव ल्याएर उनलाई हटाउन खोज्नुले नै उनीहरु भ्रष्टाचारको मुखिया भएको प्रमाणित गर्छ ।
सि.के. राउत , राजेन्द्र महतो लगायतले तराईलाई नेपालवाट स्वतंत्र पार्ने धम्की दिंदा राष्ट्र्द्रोहको मुद्दामा उनीहरुलाई कार्यवाही गर्न नसक्ने बल्कि पुकदा र बाबुरामले उनीहरुलाई स्वागत गर्ने । पूर्वराजाले नेपालको अस्तित्व मेटिन लाग्दा चिन्ता व्यक्त गर्दै आफ्नो धारणा राख्दा उनी माथी कार्यवाही गर्ने धम्की दिनेहरु आफू कस्तो राष्ट्र्रवादी छन् आफ्नै अभिव्यक्तिवाट प्रकट गरी रहेकाछन् ।
आज मेची देखी महाकालीका आम मानिस यो व्यवस्था , यो संविधान र यी राष्ट्र्घाती नेताहरुको विरुद्ध छन् ।जनताको आवाजको नेतृत्व गर्ने नायक अगाडि आएका छैनन् । जुन दिन जनताको आवाजको नेतृत्व गर्ने नायक खुलेर सडकमा आउनेछन् त्यो दिन एक्काइसौं शताब्दीको राष्ट्र्रघाती तैमुरहरुको अन्त हुनेछ ।