सांस्कृतिक संरचनामा युवा

सांस्कृतिक संरचनामा युवा

भारतीय र चिनियाँ सांस्कृतिक संस्कारका दोभान बनेको नेपालभूमि अस्तित्वको अस्मिता भोगी बनेको छ । दुई भौगोलिक पर्यावरणका संयुक्तकार मेची-महाकाली लाम्चो उत्तर-दक्षिण व्यासयुक्त नेपाली भूगोलचित्र दोभान भित्रको अस्तित्वका अस्मिता बोधितत्व पक्कै हो ।

सांस्कृतिक इतिहास भनौं अथवा ऐतिहासिक संस्कृतिले त्यस अस्तित्वका अस्मिता बोधितत्वको संचेतना बेलामौकामा उजागर गर्दै आएको इतिहास साक्षी छ । अत्यधिक नेपाली आकृति मंगोलमुखी रहेर पनि भारतीय संस्कारका संचेतनाद्वारा ओतप्रोत रहनु नेपाल र नेपाली सांस्कृतिक सञ्चेतनासार बन्छ ।

यस अभिव्यक्तिलाई मुखरण पार्ने स्व. ऋषिकेश शाह वर्तमान यथार्थवादी हुन् । राजनीति सबै अन्य सहायक नीतिहरूका प्रमुख सूत्र भएकाले त्यसकै सूत्र-धुनमा अरू संस्कारका संचेतना धुन बन्छन् वा बनेका छन् । यस तथ्यलाई वर्काइफर्काई नियाल्नु सांस्कृतिक संचेतनाका सार बन्छ ।

गोपाल र महिषपाल वंशदेखि श्रीगणेशः भएको नेपाली इतिहासमूलक संस्कृतिको प्रागऐतिहासिक अवशेषहरू अझसम्मै फेला पार्न सकिएका छैनन् । त्यसपछिका किरातवंशीय शासन संस्कारका चिनो निशान पनि फेला पारिसकेका छैनन् । गोपाल र महिषपालहरू दक्षिणायनी र किरातीहरू उत्तरायनी हनु ।

भौगोलिक पर्यावरणले हाम्रा रूप संरचना र आकृतिजन्य स्वरूप बन्ने भए पनि सामीप्य-सहवासले संचेतनात्मक संस्कार बन्न पुग्दछन् । भौगोलिक पर्यावरणद्वारा प्रभावित वंशानुगत स्वरूप र शारीरिक आकृति पुस्तान्तरण हुँदै जाँदो छ । परन्तु, सांस्कृतिक सञ्चेतनामूलक, स्वभाव र व्यवहारहरू भने वैचारिक सामीप्य र सहबासमा चेतनान्तरण हुने प्रवृत्तिका रतिवृत्ति हो । भाषिक संस्कार र तिनको अन्तरण प्रसंग यसका सटिक प्रमाण बन्छ ।

एउटा भाषिक संस्कारमा हुर्केबढेका बालक त्यसैमा अभ्यस्त भएर त्यसै भाषिक संरचनाका संचेतना वाहक बन्छ । परन्तु, एक भाषिक संचेतना संस्कारभित्र जन्मेका बालकलाई अर्कै भाषिक संचेतना संस्कार भएका परिवार, समुदाय वा समाजमा समावेश गर्‍यो भने तिनले प्रवेश पाएको परिवार, समुदाय वा समाजको भाषिक संस्कारलाई आत्मसात् गर्छ ।

नेपालीभाषी आजभन्दा ५०/६० वर्ष अघिसम्म काठमाडौं उपत्यका बसोबास हुँदा नेपालभाषा वा नेवारी नेवारले बोलेकै ध्वनि, स्वर र लवजमा बोल्थे । तर, अचेल यसको ठीक उल्टो भइसकेको छ । नेवार समुदायका बालबालिका पिँढी नै नेपालभाषा ठेट बोल्दैनन् । चीनमा जन्मेर त्यहीँ हुर्केको नेपालीका सन्ततीले नेपालीभन्दा चिनियाँ बोल्छन्, शुद्धतापूर्वक ।

राष्ट्रबिनाको फूलबारी र फूलबारीबिनाको संस्कृति निर्माण हुन सक्दैन । फूलबारी राष्ट्रभित्र निर्माण हुन्छ । फूलबारीसरह संस्कृतिको खेती राष्ट्रभित्र हुन्छ । यसै कारण संस्कृति राष्ट्रको पहिचानमूलक व्यवहारको प्रदर्शनी बन्छ ।

चार वर्ण छत्तीस जातको फूलबारी भन्नु र सार्वभौम नेपाली जनता भन्नु समयसापेक्ष अभिव्यक्ति बन्छ । प्रत्येक अभिव्यक्तिमा समयले सापेक्षता पाएको हुन्छ । अभिव्यक्तिका प्रयोजन समयसापेक्ष सन्देश प्रवाह गर्नुहुन्छ । सन्देह होइन । यी सबै प्रयोजनले यावत् सरोकारी पक्षलाई सुसूचित राख्ने नै हुन्छ । सुसूचित राख्नुको प्रयोजन सरोकारवाला पक्षलाई विज्ञ राख्नु हो ।

विज्ञ राख्नुको प्रयोजन प्रायोजित काममा सरोकारवाला पक्षलाई समागम गराउनु हो । समाजका स्वरूपहरू अनेक हुन्छन् । ती स्वरूपहरू संस्कार मूलक रहन्छन् । संस्कारमूलक समागमका स्वरूपहरूमा भाषिक, साधन, स्रोत र व्यवहार आदि समावेश हुन आउँछन् ।

भाषिक स्वरूपले बोलीवचन, समाजमा प्रयोग हुने र भइरहेका सामग्री, स्रोत भन्नाले मानिसका वर्ण, स्वरूप र शारीरिक कद अनुसारका मूलबाट प्रवाहित भइरहेका जीवन पद्धति र व्यावहारिक चर्चा बुझ्नुपर्ने हुन आउँछ । जीवन पद्धतिमूलक संस्कारगत आचरण र दैनिक व्यवहार आदि संस्कृतिका आयामहरूमध्ये एक पक्कै पनि हुन् ।

सांस्कृतिक संचेतनाका प्रसंगलाई राष्ट्रिय अर्थात् नेपाली प्रसंगमा विश्लेषण गर्न राष्ट्रिय संचेतना सांस्कृतिक संचेतनासित कसरी आबद्ध छ भनी नियाल्नुपर्ने हुन्छ । राष्ट्रिय संचेतना र सांस्कृतिक संचेतना आपसमा आबद्ध हुन्छन् । तिनै आबद्धताका कारण दुवै संचेतना एकआपसका परिपूरक एवं परिपोषक रहेका छन् । राष्ट्रिय सांस्कृतिक संचेतनाको आधारभूत सेरोफेरो भन्नु राष्ट्रवादको संचेतना बिन्दु बन्छ ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ‘मेरो साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको फूलबारी हो । सबैलाई चेतना भया' यो फूलबारीका सयौं नेपाली बेर्ना, वर्ण, आकृतिका जातिहरूकै अवल हिमवत् खण्ड हो । आफ्नो कुल परिकल्पना गरिरहनू । दिव्य उपदेशभित्र खाँडिएका अवधारणाहरूलाई विश्लेषण नगरी हुन्न । गर्नुपर्ने नै हुन्छ ।

सांस्कृतिक संचेतनाको जरो राष्ट्रिय भावनाका भोगाइहरूको व्यावहारिक दर्शन हो । राष्ट्रिय सांस्कृतिक संचेतना भोगाइहरूबाटै राष्ट्रिय सांस्कृतिक परम्पराका जग बस्छन् । राष्ट्रबिनाको फूलबारी र फूलबारीबिनाको संस्कृति निर्माण हुन सक्दैन । फूलबारी राष्ट्रभित्र निर्माण हुन्छ । फूलबारीसरह संस्कृतिको खेती राष्ट्रभित्र हुन्छ । यसै कारण संस्कृति राष्ट्रको पहिचानमूलक व्यवहारको प्रदर्शनी बन्छ ।

मुलुकलाई फूलबारीसित सन्तुलन गर्नु राष्ट्रवादको ज्वलन्त चिनारी बन्छ । मुलुकलाई फूलबारीसितै फुलाउने कार्यमा सबैको चेतनालाई उजागर गर्नु राष्ट्रनिर्माता मूलक मन्त्र बन्छ । मुलुकलाई फूलबारी देख्नुसुन्नु राजनेताभित्रका काव्यात्मक अनुरागको अनुष्ठान बन्छ ।

यो अढाई सय वर्षभन्दा पुरानो तर जीवन्त आख्यान हो । यसलाई आधुनिकता वा वर्तमानसित जोड्दा सार्वभौम नागरिकको वर्तमान संविधानको मर्मसित पनि सार्थक सामीप्य राख्छ ।

पृथ्वीनारायण शाह युवा अवस्थामै थिए, जब उनले राष्ट्रिय एकीकरण अभियान थालेथे । उनी त्यस बेलाका युगद्रष्टा थिए । उनका युग दर्शनका लम्बाइ वर्तमान सार्वभौम नागरिक संचेतनासम्मै लम्बिएको छ । उनले नेपाललाई असल हिन्दुस्थान नामकरण गरे यसनिमित्त कि नेपाल हिमजलले सिञ्चित पवित्र हिन्दुभूमि बनेको मर्म बोकेको छ ।

मिसमास नास्ती पवित्र हिमजलभूमि गंगा- गोदावरीको सिन्धुमती स्रोत पक्कै हुन् । नेपालका चार वर्ण र छत्तीस जात विशुद्ध हिन्दुहरूका बासस्थान ‘हिन्दुस्थान' बनेथे । अब वर्णव्यवस्था र वर्णा श्रम धर्म-संस्कृति पातलिँदै दुब्लाउँदै गएकाले नेपाललाई हामी विशुद्ध नेपालीस्थान नेपाल भन्न मन पराउँछौँ ।

यसलाई समयसापेक्ष सांस्कृतिक राष्ट्रवाद भन्न रुचाउँछौं । यसकारणले कि नेपाल र नेपाली संस्कार वर्तमान विश्व सम्पदा क्षेत्र बेनेको छ । विश्व सम्पदा संचेतनाले यसरी राष्ट्रिय संस्कार उन्मुख संचेतनालाई टेवा पुर्‍याएको छ ।

युवा पृथ्वीनारायण शाहका युवा संचेतनाभित्रका प्रौढ जागरण सदाबहार संचेतना हो । ‘सबैलाई चेतना भया' वाक्यांशलाई नेपाली संचेतना-ऋचा मान्नुपर्ने हुन्छ । त्यो संचेतना आजको पनि संचेतना स्रोत बनेको छ । उनी नहुँदा हुन् त नेपाल र नेपाली इतिहासको रूपरेखा अर्कै हुने थियो ।

त्यसैकारण इतिहासविद्हरूले नेपाल राज्यको राजनीतिक इतिहासमा उनको जीवनक्रमलाई निवर्तमान शाहवंशीय राजनीतिक परम्परागत संस्कृतिको पाटोको पहिलो बिन्दु माने । उनका पूर्वजहरूका नाम वंशावलीय उल्लेख बनेको छ । विभिन्न कालखण्डमा इतिहासको रूपरेखाले आफ्नै धारलाई प्रतिस्थापन गरे पनि शाहवंशीय परम्पराले नेपाल र नेपालीपनको जगेर्ना गर्दै आएको इतिहासमात्र नबनी यथार्थ नै बनेको छ ।

वैयक्तिक होस् या ऐतिहासिक सन्दर्भमा सही, युवा अवस्था वृद्धि, फैलाव, धावा र परि श्रमको काल मानिन्छ । प्रौढावस्था सुदृढताको कालखण्ड बन्छ या बनेको हुन्छ । यसलाई जीवन विकासक्रममा व्यक्ति वा राष्ट्रले चालेका अभियानमूलक क्रियाकलापको सारगर्भित अध्ययनले पुष्टि पार्छ ।

यस सन्दर्भमा स्मरणीय बिन्दु बन्छ कि इतिहास एकलकाँटे पाटो नभई राष्ट्रिय अभियानका भूराजनीतिक सन्दर्भ, समाज राजनीतिक सन्दर्भ, अर्थ राजनीतिक सन्दर्भ, उद्योग वाणिज्य राजनीतिक सन्दर्भ, सांस्कृतिक राजनीतिक सन्दर्भ, विकास राजनीतिक सन्दर्भ, विज्ञान राजनीतिक सन्दर्भ आदिका समग्रमा सामूहिक जनजीवन उत्थानक्रमका मार्मिक सन्दर्भ मान्नुपर्छ ।

यस परिपे्रक्ष्यमा राष्ट्रको सिंगो ऐतिहासिक कामलाई सांगोपांगो विश्लेषण गर्ने हो भने प्रत्येक कालखण्डले माथि उल्लेख गरिएका विविध पक्षलाई समयसमयमा प्राथमिकताक्रमका सामग्री बनाएको भेटिन्छ ।
पृथ्वीनारायणले आफ्नो युवा जीवनकालमा चालेका जोश र होशका जाँगर तिनका प्रत्येक ऐतिहासिक पुस्ताका लागि अनन्त र दिव्य उपदेश बनेको थियो ।

यसलाई आमनेपालीले आत्मसात् नगरी हुन्न । यसै सन्दर्भमा कथनीय लाग्छ कि सबै नेपाली यसका लागि क्षमतावान् भएर पनि त्यस क्षमताले भने अँगालो हालेको देखिन्न । राष्ट्रिय सुदृढीकरणको सन्दर्भमा यस बेला जे जरुरत परेको छ, त्यो नेपाललाई आमनेपाली वर्ण, भेषभूषा र जातका फूलबारी बनाउन सांस्कृतिक, सामाजिक, आर्थिक, औद्योगिक र वैज्ञानिक विकासक्रमसित गाँस्दै उन्दै लानु अपरिहार्य छ ।

मात्र राजनीतिक नारा र सोच पर्याप्त छैन । राजनीतिलाई यी सबै तत्वका संयोजक तत्व बनाउनुपर्ने टड्कारो खाँचो छ । राष्ट्रिय सांस्कृतिक संरचनामा यो युवा संचेतना भरपूर जागरण हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.