‘सरकारले जबरजस्ती गरे एमाले हातमा दही जमाएर बस्दैन’

‘सरकारले जबरजस्ती गरे एमाले हातमा दही जमाएर बस्दैन’

काठमाडौं: एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले संविधान संशोधन प्रस्ताव विपक्षी दलको सहमतिबिना अगाडि बढाए हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन्।

प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले शनिबार राजधानीमा गरेको ‘सडकबाटै समाचार सम्प्रेषण’ कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो चेतावनी दिएका हुन्।

‘सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव संविधान र न्यायपालिका माथिको हस्तक्षेप हो,’ भट्टराईले भने, ‘संविधान र न्यायलयलाई हस्तक्षेप गरेर ल्याइएको प्रस्ताव जबरजस्ती टेबुल गर्न खोजे संसद्मा रहेका दुई सय बढी सांसद् हातमा दही जमाएर बस्दैनन्।’

भट्टराईले पुस २२ गते एमालेसहितका नौ दलले राजधानीमा गर्न लागेको बृहत प्रदर्शनको संकेतिक रुपमा शनिबार सडकबाटै समाचार सम्प्रेषण कार्यक्रम भएको बताए । ‘हामीले पहिलो पटक सडकबाटै समाचार सम्प्रेषण गरेर सांकेतिक प्रदर्शन गरेका छौँ,’ उनले भने, ‘यस्ता प्रदर्शन २२ गतेअघि हजारौँ गर्नेछौँ।’

पुस २२ गतेको प्रदर्शनको तयारीका स्वरुप राजधानीका विभन्नि चोकचोकमा भेला र कार्यक्रम भइरहेको समेत भट्टराईले बताए।

‘उपत्यकाका निर्वाचन क्षेत्रदेखि गाँउगाउँ र टोलटोलसम्म तयारी भेला भएका छन्,’ उनले भने, ‘हामी २२ गते दुई लाख बढी मान्छे सडकमा उतार्छौ । २२ गतेसम्ममा सरकारले संशोधन प्रस्ताव फिर्ता नलिए अझ डरलाग्दा कार्यक्रम गर्न बाध्य हुनेछौँ।’

उनले सरकारले आफ्नै क्षमताले भन्दा पनि अरुको इशारामा प्रस्ताव ल्याएको आरोप समेत भट्टराईको छ । ‘देशलाई टुक्राटुक्रा बनाउने प्रस्ताव देशभक्त एमालेले स्वीकार गर्न सक्दैन’, भट्टराईले भने ।

कार्यक्रममा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, प्रतिष्ठानका अध्यक्ष मोहन बास्तोलालगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.