संशोधन प्रस्ताव संसदमा टेबुल हुन दिन्नाैं: पोखरेल

संशोधन प्रस्ताव संसदमा टेबुल हुन दिन्नाैं: पोखरेल

काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक संविधान विपरीत भएको जनाउँदै त्यसलाई संसद्मा छलफल गर्न नसकिने बताएका छन्।

प्रेस चौतारी नेपाल काठमाडौँले पुस २२ गतेको एमालेको जनप्रदर्शनको सन्दर्भमा अाइतबार गरेको कार्यक्रममा उनले संविधान संशोधनको प्रस्ताव सामाजिक सद्भावमा खलल पार्ने, जनभावना विपरीत र असंवैधानिक भएको बताएका हुन्। पोखरेलले भने,'संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएर टेबल गर्ने प्रयास भइरहेको छ, त्यो हुन सक्दैन, हामी त्यो हुन दिँदैनौँ, किनकि त्यसको आवश्यकता र औचित्य छैन।'

पोखरेलले संविधान संशोधनका विषयमा एमालेसहित ९ दलले संसद् चल्न नदिए पनि निर्वाचन गर्ने विषयमा भने एमालेले सहयोगी भूमिका निर्वाह गर्ने बताए। उनले सभामुखले राजनीतिक दलहरुलाई असहमतिका विषय र प्रक्रियामा सहमति गर्न गराएको ध्यानाकर्षणलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुरुप दलहरुले प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिए।

एमालेले पुस २२ गते काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शन गर्ने तयारी भएको छ । विभिन्न ३३ स्थानबाट पदयात्रा निकाल्ने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.