‘किस सिन सामान्य’

‘किस सिन सामान्य’

काठमाडौः नायिका खुश्बु खड्का चलचित्र ‘भ्रम’ रिलिजको पर्खाइमा छिन् । उनीद्वारा अभिनित यो चलचित्र पुस २२ गते रिलिज हुने तरखरमा छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा आफूले माया गर्ने व्यक्तिबाट माया नपाउनु उनले निभाएको भूमिकाको सार हो । सिन्धुपाल्चोकमा जन्मेहुर्के पनि कक्षा ८ देखि उनी काठमाडौमा अध्ययन गर्न थालिन ।

विद्यालय जीवनदेखि तेक्वान्दो खेल्न निकै रुचि राख्ने खुश्बुले ब्ल्याकबेल्ट पाइसकेकी छन् । आफू खेल्नेताका खेल क्षेत्रमा त्यति राम्रो भविष्य नदेखेकी खुश्बु अहिले त्यही क्षेत्रमा सफलता हासिल गर्न सकिने बताउँछिन् ।

सुन्दर अनुहार, मिलेको शरीर भएपछि नायिका बन्ने रहर कसलाई नहोला र ! त्यसमा पनि रेखा थापा र निरुता सिंहको चलचित्र हेरेपछि खुश्बुलाई नायिका बन्ने इच्छा थप उत्कठ भइदिन्थ्यो ।

आफू खेलाडी भएकाले उनलाई एक्सन चलचित्र गर्ने रहर थियो । एउटा कार्यक्रममा नृत्य निर्देशक गोविन्द राईसँग भेट हुँदा उनले आफ्नो रहरको पोको खोलिन ।

तत्कालै छायांकन सुरु हुन लागेको चलचित्रको एउटा गीतमा उनले नृत्य गर्ने अवसर पाइन् । चलचित्रमा काम गर्न सक्छु भन्ने आत्मविश्वास उनलाई पहिलेदेखि नै थियो । उक्त चलचित्रमा काम गरेपछि पाएको प्रशंसाले उनलाई थप हौसला बढ्यो । त्यसपछि चलचित्र ‘सायना’मा उनले मुख्य भूमिका निभाउने मौका पाइन् ।

चलचित्र ‘हाम्रो माया जुनीलाई’ बाट अभिनय यात्रा सुरु गरेकी खुश्बुले ‘सुकुलगुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिष्टम’, ‘दीपज्योति’ लगायत १० भन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन् । 

ऋषि लामिछानेको चलचित्र ‘हाम्रो माया जुनी जुनीलाई’बाट अभियान यात्रा सुरु गरेकी खुश्बुले ‘सुकुलगुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योति’लगायत १० भन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् ।

टेलिचलचित्र ‘मेरी बास्सै’का केही भागमा अभिनय गरेकी उनले करिब तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । फुर्सदमा किताब पढ्न रुचाउने खुश्बु मीठो पकाएर परिवारलाई खुवाउन रुचाउँछिन् ।

२०६४ सालको राष्ट्रिय खेलमा सहभागिता जनाइसकेकी खुश्बु तेक्वान्दोको नियमित अभ्यासले शरीरलाई फिट बनाउन सहयोग मिलेको बताउँदिन् । खेलजीवनले चलचित्रमा फाइदा पुगेको उनको अनुभव छ ।

चलचित्र र खेल दुवैमा उत्तिकै संघर्ष गर्नु परे पनि मन परेको क्षेत्र हुनाले चलचित्रमा बढी झुकाव भएको उनको भनाइ छ । अहिले उनी रमेशकुमार राईको चलचित्र ‘जुनी’मा व्यस्त छिन् ।

व्यवस्थापन उनको पढाइको विषय भएकाले उनले व्यवसाय पनि सँगै अगाडि बढाएकी छन् । बी एन्ड के इन्टरटेनमेन्ट प्रालि डिल्लीबजारकी उनी सञ्चालक समेत हुन् । संस्कृतिलाई छाड्न नहुने मान्यता बोकेकी उनी भन्छिन्, ‘अहिलेको समयमा यसो नगर, उसो नगर भन्न मिल्दैन । चलचित्रमा मैले गरेको त छैन, तर किस सिन सामान्य भइसक्यो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.