युवा वैज्ञानिक भवीन्द्रको नयाँ खोज 'दुर्यान्तर'

युवा वैज्ञानिक भवीन्द्रको नयाँ खोज 'दुर्यान्तर'


बेनी (म्याग्दी): विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट 'दुर्यान्तर' नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गरेका छन्।

विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको रिसर्च सेक्सनमा १२ दिन लगाएर गरिएको पछिल्लो पुनः जाँचपछि उक्त परिमाणको अस्तित्व पूर्णतः प्रमाणित भएको हो।

म्याग्दीको बेनी नगरपालिका-३ फापरखेतमा जन्मिनुभएका कुँवरले विगत २५ वर्षदेखि भौतिक विज्ञानमा परीक्षण गर्दै आएपनि नितान्त नवीन र उपयोगी उक्त भौतिकशास्त्रीय परिमाणको अस्तित्वसम्बन्धी खोज र अनुसन्धान भने विगत १८ वर्षदेखि गर्दै आएका थिए।

भौतिक विज्ञानमा'दुर्यान्तर' नामक एक परिमाणले युगौँदेखि भूमिका निर्वाह गर्दै आएको तर उक्त परिमाण र त्यसको भूमिकाको पहिचान हुन छुटेको निष्कर्ष नेपालमा सम्पन्न भएको उक्त परीक्षण र सम्बन्धित अनुसन्धानबाट निकालिएको थियो।

वर्षौंदेखि बारम्बार प्रदर्शन गरिँदै आएका केही परीक्षण र 'एसएटिएम–१' सुत्रको सहायताले गरिएका पछिल्ला आखिरी जाँच तथा पछिल्ला समयमा गरिएका पुनः जाँचको निष्कर्षपछि उक्त भौतिक शास्त्रीय परिमाणको अस्तित्व प्रमाणित भएको भौतिकशास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत रहनुभएका कुँवरले जानकारी दिनुभयो।

कुँवरका अनुसार 'दुर्यान्तर' कुनै यन्त्र उपकरणको आविष्कार होइन, तर नवीन र उपयोगी भौतिक शास्त्रीय परिमाण भने अवश्य हो। यसलाई एउटा नितान्त नयाँ खोज वा 'पहिल्याई' भनेर बुझ्न सकिन्छ। यसको उपयोगिता भौतिक विज्ञान र गणितका क्षेत्रमा बढी हुन्छ।

यस परिमाणको सहायताले बढ्दो गतिको पिन्डको कुनै एक विन्दुबाट अर्को विन्दु सम्मको अनुमानित दूरी पत्ता लगाउन र शक्ति र समयका बारेमा अग्रिम भविष्यवाणी गर्न सकिन्छ। इटालीका बैज्ञानिक'सुव्रत'को मान्यताका आधारका रुपमा पनि यस परिमाणले अभिन्न र अपरिहार्य भूमिका निर्वाह गर्दछ, खोजकर्ता भवीन्द्र कुँवरले जानकारी गराउनुभयो।

कुँवरका अनुसार,'दुर्यान्तर' अन्तर तहमा रहेर सधैँ भूमिका निर्वाह गर्दै आएको तर पत्ता नलागेको एउटा भौतिक शास्त्रीय परिमाण थियो। भौतिक शास्त्रको इतिहास, पाठ्यपुस्तक र प्रयोगमा यसलाई कतै पनि वर्णन, विश्लेषण र अनुप्रयोग गरिएको पाइँदैन। तर उक्त परिमाण लगानी भएको बलसँग अनुक्रमानुपातिक सम्बन्ध राख्ने गरेको पाइयो।

दुर्यान्तरको मात्रा र सङ्ख्याले पिन्ड जसरी नै बल वा शक्तिसँग अनुक्रमानुपातिक वा समानुपातिक सम्बन्ध राख्ने र समयान्तरालको मात्राले बलसँग व्युत्क्रमानुपातिक सम्बन्ध राख्ने कुरा'एसएटिएम-१' को सहाराबाट उक्त परिमाणको जाँच गर्दा देखिन गएको हो।

'दुर्यान्तर' पत्ता लागेपछि भौतिकशास्त्रमा बढ्दो गतिमा रहेको कुनै वस्तुको गन्तव्य, सम्बन्धित अवधि, गन्तव्यको विन्दुमा रहने आखिरी गति आदि परिमाणको पूर्वानुमान वा भविष्यवाणी ठ्याक्कै मिल्नेछ। जबकि हालसम्मका संसारभरि प्रचलित कुनै पनि भौतिक शास्त्रीय सूत्र तथा नियमले यी कुराको पूर्वानुमानको सही भविष्यवाणी गर्न सकेका छैनन्, भौतिकशास्त्र पुनर्निर्माण अभियानको पेजमा उल्लेख छ।

आइज्याक न्युटनले स्याउ खसेको धेरै समयपछि उक्त आकर्षण बललाई'गुरुत्वाकर्षण बल' भनी नाम दिए झैँ'दुर्यान्तर'का विषयमा अर्थपूर्ण नाम नजानेरै भए पनि विगत १८ वर्षदेखि चासो रहेको र केही समयपछि मात्र यसको नाम दिइएको कुँवरले जानकारी दिए। यस क्रममा पुस्तकालय, पाठ्यपुस्तक, अनुसन्धानपत्र, इन्टरनेट आदिको प्रयोग गरी खोजी र अनुसन्धान गर्ने कार्य भएको कुँवरले बताए।

भौतिकशास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत रहेका कुँवर हाल काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सका प्रबन्ध निर्देशकसमेत हुन्। विगत केही वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियानका परीक्षणमूलक क्रियाकलाप नेपालका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएका छन्।

हालै उक्त अभियानमूलक संस्थाको जापान सञ्जालसमेत गठन भएको छ। कुँवरले केही वर्षअघि नेपालका केही विश्वविद्यालय र कलेजका प्रयोगशाला तथा अनुसन्धान केन्द्रमा'कुनै वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल उक्त वस्तुले अनुभव गर्ने ऊध्र्वचापभन्दा घटी वा बढी हुन्छ' भन्ने नयाँ तथ्यसमेत प्रमाणित गरेका थिए।

पछिल्लो समयमा प्रकाशित कुँवरको'सुवातदेखि सुव्रतसम्म' र'सुव्रतका केही प्रभावहरु' दुई अनुसन्धानात्मक लेखले भौतिकशास्त्रीलाई रोचक समाधान दिएका थिए भने अर्कातिर कुँवरलाई नै'दुर्यान्तर'को अस्तित्वलाई पुनः परीक्षण गर्न प्रेरित गरेका थिए।

'दुर्यान्तर'का खोजकर्ता कुँवरले सर्वप्रथम विसं २०४७ सालमा हावाबाट चल्ने यन्त्रको एउटा रोचक संरचना निर्माण गरेपछि भौतिक विज्ञानतर्फ रुचि बढाउँदै आएका थिए। कुँवरले'दुर्यान्तर' नामक भौतिक शास्त्रीय परिमाणको खोजी भने विगत १८ वर्षपहिले देखि गर्दै आएको जानकारी दिए।

'यो खोज कुनै प्रचलित सिद्धान्त वा नियमप्रतिको असहमति वा विमतिको कुरा होइन, आफैँमा स्वतन्त्र र नितान्त मानव उपयोगी भौतिक शास्त्रीय परिमाणको नवीनतम् उपलब्धि हो”, कुँवरले भने। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.