इनफोकस इपिक वान सार्वजनिक

इनफोकस इपिक वान सार्वजनिक

काठमाडौः नेपालका लागि इनफोकसको आधिकारिक बिक्रेता प्रिज्म टेक्नोलोजीले इनफोकसका स्मार्टफोन कम्पनीले उत्पादन गरेको स्मार्टफोन इनफोकस इपिक वान सार्वजनिक गरेको छ ।

विगत एक दशकदेखि सूचना प्रविधि तथा मोबाइल उद्योगमा काम गरिरहेको कम्पनी प्रिज्म टेक्नोलोजीले पछिल्लो समय मोबाइल बजारमा देखिएको प्रतिस्पर्धालाई ध्यानमा राख्दै यो इस्मार्टफोन बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार, यो स्मार्टफोनले अन्तर्राष्ट्रिय बजारमा राम्रो सफलता हासिल गरिसकेको छ । आकर्षक डिजाइन र उत्कृष्ट विशेषताका साथ बजारमा आएको यो स्मार्ट फोनको बजार मूल्य ३१ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

कम्पनीले नेपाली बजारमा अहिलेसम्म इनफोकसका एम ८०८ आई, एम ६८०, बिन्गो २०, एम ३७० आईलगायतका मोडल भित्र्याइसकेको छ । बजारमा भित्रयाएको स्मार्टफोनले पाएको सफलतापछि यो स्मार्टफोन बजारमा ल्याउनु कम्पनीका लागि महत्वपूर्ण भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, इनफोकस इपिक वानमा हरेक विशेषताहरु उत्कृष्ट छन । १० कोर प्रोसेसरमा आधारित यो स्मार्टफोनमा मिडियाटेकको एमटी ६७९७ एम डेका कोर प्रोसेसरको प्रयोग भएको छ । यसले स्मार्टफोन फास्ट हुनुका साथै ३० प्रतिशत ब्याट्री पावर सुरक्षित गर्ने कम्पनीको दाबी छ । यसमा ५.५ इन्चको एलटिपिएस फुल एचडी गोरिल्ला ग्लास प्रयोग गरिएको छ ।

सेल्फी एक्सपर्ट स्मार्टफोनको रूपमा कम्पनीले बजारमा ल्याएको यो स्मार्टफोनमा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । यसले कम उज्यालोमा पनि चम्किलो फोटो खिच्नेछ । साथै यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ ।

स्मार्टफोनमा तीन जिबीको र्‍याम र ३२ जिबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । यसको आन्तरिक क्षमतालाई एसडीकार्डको प्रयोग गरी थप गर्न पनि सकिने कम्पनीले जनाएको छ ।

इपिक वानमा फास्ट फिङ्गरप्रिन्ट रेकोग्निशन प्रविधिको प्रयोग गरिएको छ । यसले ३६० डिग्रीमा एक सेकेण्डमा नै फिङ्गरप्रिन्टबाट लक अन गर्न सक्ने कम्पनीले जनाएको छ । यो स्मार्टफोनमा ३००० एमएएचको शक्तिशाली ब्याट्री प्रयोग गरिएको छ, जुन छिटो चार्ज हुनुका साथै लामो समयसम्म चल्छ ।

यो फोन हेर्दा आकर्षक का साथै प्रविधिको हिसाबले पनि उत्कृष्ट हुने कम्पनीले जनाएको छ । यसको पछाडिपट्टि कभर्ड डिजाइनमा मेटालिक बडी रहेको छ । एन्ड्रोइड ६.० अपरेटिङ सिस्टममा आधारित यो फोनले फोरजी लगायतका नेटवर्क पनि पुर्णरुपमा सपोर्ट गने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.