आईटी बेस बन्दै छ क्यान इन्फोटेक

आईटी बेस बन्दै छ क्यान इन्फोटेक

काठमाडौंः २३ वर्षको अन्तरालमा कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) इन्फोटेक विस्तारै आईटीमा आधारित बन्दै गएको छ । ब्लुवर्डमा आयोजना भएको पहिलो क्यानबाट बीआईसीसी भवन हुँदै अहिले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने गरेको क्यान इन्फोटेक मेला प्रविधिको हिसाबले परिस्कृत बनेको छ । क्यान इन्फोटेकले नेपाली प्रविधिको प्रतिनिधित्व गरेको छ ।

नेपाल प्रविधिमा कसरी अघि बढिरहेको छ भन्ने कुरा क्यान इन्फोटेकको २३ वर्षको यात्राले देखाएको छ । अधिल्लो क्यान इन्फोटेकभन्दा यो मेलामा हामीले प्रविधिको प्रयोगमा धेरै परिवर्तन गरेका छौं । यो वर्षबाट सुरु गरेको अनलाइन टिकेटिङ र अनलाइनबाटै पेमेन्ट गर्न सकिने सिस्टम पनि यसको उदाहरण हो ।

साधारण टिकट प्रयोग गर्दै आएका हामीले यस वर्षबाट प्रवेश टिकटमा बारकोड सिस्टमलाई प्रयोगमा ल्याएका छौं । हामी जतिसक्दो यसलाई पेपरलेस बनाउने तयारीमा छौं । क्यान इन्फोटेक प्रविधिको मेला भनिएता पनि यसको सुरुवातको समयमा हामीले सोचेअनुरुप प्रविधिको प्रदर्शन हुन सकेको थिएन ।

विस्तारै यो प्रविधि मेला बन्दै गएको छ । प्रविधिको क्षेत्रमा युवाको लगाव र उनीहरूले निमार्ण गरेका विभिन्न किसिमका प्रविधिको प्रदर्शनीले पनि यो मेलालाई अझ आकर्षक बनाएको छ । क्यानमा वर्षिक रूपमा आउने परिवर्तनले देशमा सबैभन्दा गतिशील क्षेत्र नै प्रविधि भएको मैले पाएको छु ।

आज हरेक मानिसको हातमा मोबाइल पुगेको छ । त्यसमा पनि क्यानको महत्वपूर्ण हात रहेको छ । मोबाइल निर्माण कम्पनीले मोबाइल सस्तोमा निमार्ण गरे पनि त्यसलाई आम समूदायमा पुर्‍याउन र त्यसको महत्वबारे बुझाउन क्यान इन्फोटेक मेलाले निकै सहयोग गरेको छ ।

मानिस बिदेसिनेबित्तीकै सूचना आदानप्रदानका लागि मोबाइल किन्ने गर्छन् । त्यसले दुरीलाई कम गरिदिएको छ । त्यस्तै मोबाइलबाटै फोन गरेको भरमा भारी बोक्ने भरिया नजिक भएका छन् । म क्यानको सदस्य, कार्यकारी सदस्य, क्यान संघमात्र हुँदा कोषाध्यक्ष हुँदै आज क्यान महासंघको कोषाध्यक्षसम्म आइपुग्दा मलाई यो मेला इभेन्टका रूपमा खासै परिवर्तन भएको जस्तो लागेको छैन ।

हल उस्तै छ, ठाउँ उति नै छ तर यसमा सहभागी हुने कम्पनी, कम्पनीले ल्याउने नयाँ प्रविधि क्यानको विशेषता हो । बर्सेनि यहाँ नयाँ कम्पनीको सहभागिता बढेको छ । मेलामा स्टलको संख्या थपिने क्रम बढिरहेको छ । त्यतिमात्र नभएर अवलोककर्ताको संख्या पनि वार्षिक रूपमा बढ्दै गएको छ ।

अवलोकनकर्ताको आकर्षण र मागले हामीले क्यान इन्फोटेक र क्यानकमटेक भनेर वर्षमा दुई वटा प्रविधिमा आधारित मेला आयोजना गर्दै आएका छौं । मेलामा प्रवद्र्धनभन्दा व्यापार बढी हुँदै गएको गुनासो बाहिर आउने गरेको छ । लाखौंको लगानी गरेर मेलामा सहभागी भएका कम्पनीले व्यापार गरी लगानीको प्रतिफल लिन खोज्नु पनि स्वाभाविक हो । तर यहाँ आउने अवलोकनकर्ता पनि केही सामान किन्ने मनसायले आएका हुन्छन् । तर यसलाई पनि कम गर्ने योजनाका साथ हामीले अहिले ‘बिजनेस डे' भनेर एक दिन छुट्टाउन थालिसकेका छौं ।

हामीले मेलाकैबीचमा दुईदिने सम्मेलन पनि आयोजन गर्ने गरेका छौं । हामीले सम्मेलनको माध्यामबाट प्रविधिका विभिन्न विषयलाई उठाएर बहस गरी बाटो खोज्ने काम पनि गर्दै आएका छौं । आगामी वर्षमा हुने मेलालाई अझ प्रविधिमैत्री बनाउँदै जानुपर्ने त छदैछ ।

प्रविधिको विकासबिना देशको विकास पनि सम्भव नभएकाले प्रविधिको विकासमा जोडदिन क्यानको तर्फबाट सरकासमक्ष पहल गर्ने काम पनि हुनेछ । युवा प्रतिभा र उनीहरूले निमार्ण गरेका नयाँ प्रविधिलाई क्यानले सँधै नै प्राथामिकतामा राखेर अघि बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.