पिन टाइप नगरी मोबाइलमा ब्यालेन्स रिचार्ज

पिन टाइप नगरी मोबाइलमा ब्यालेन्स रिचार्ज

१२ वर्षअघि हजुरबाको हातमा नेपाल टेलिकमको सिमसहित नोकियाको सेट आउँदा साह्रै खुसी लागेको थियो । हजुरबाबा पढेलेखेको भएकाले नम्बर डाएल गर्न, ब्यालेन्स रिचार्ज गर्न उहाँलाई गाह्रो थिएन । एक दिन उहाँले रिचार्ज कार्ड किनेर घरमा लिएर आउनुभयो ।

हजुरबाले ब्यालेन्स रिचार्ज गर्न कार्ड कोरेको हेरिरहेका थिएँ । उहाँ आफैं रिचार्ज गर्दै हुनुहुन्थ्यो । सायद उहाँले पिन नम्बर गलत हाल्नुभयो । धेरैपटक प्रयास गर्नुभयो । त्यत्तिकैमा सिम ब्लक भयो । अब फसाद !

सिम अनब्लक गर्न पोखरा टेलिकम अफिससम्म पुगेर निवेदन दर्ता गर्नुपर्थो । त्यो बेला सिम जहाँ पायो त्यहाँबाट नपाइने भएकाले साह्रै झन्झट भयो । त्यो समयमा बाबा भन्नुहुन्थ्यो, यति लामो पिन नम्बर नलेखी सीधै रिचार्ज गर्न मिल्ने सिस्टम बनाए कति सजिलो हुन्थ्यो होला ।

पिन नम्बरबिनै ब्यालेन्स रिचार्ज गर्न अहिलेका पुस्ताले ई-बैंकिङ, ई सेवा र आई पेजस्ता अनलाइन सेवादेखि एमपीओएस प्रविधिको प्रयोग गरिरहेका छन् । सबैले यस्ता सेवा प्रयोग गर्छन् भन्ने पनि हँदैन । यस्तो समयमा ‘सजिलो रिचार्ज' एप उपयोगी हुन सक्छ । जुन एप्स स्टोर सहजै उपलब्ध छ ।

यस एपमार्फत बिना पिन टाइप गरी रिचार्ज गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्ड किनेर पिन नम्बर छोपिएको भाग स्क्राच गरी, बिना पिन नम्बर लेखी सीधै ब्यालेन्स रिचार्ज गर्न सकिन्छ ।

यस एपले अप्टिकल क्यारेक्टर रिकोग्निसन (ओसीआर) प्रविधि प्रयोग गरी रिचार्ज कार्डमा लेखिएको पिन नम्बरलाई चिनेर सजिलै ब्यालेन्स रिचार्ज गर्न मद्दत गर्छ । यो एप वृद्धा र ई बैंकिङ सेवा नलिएका तर पिन हानिराख्न झन्झट मान्नेका लागि उपयोगी हुन्छ । ‘सजिलो रिचार्ज' एपको प्रयोग साह्रै सजिलो छ ।

सुरुमा यसका लागि रिचार्ज कार्डमा पिन नम्बर भएको ठाउँ स्क्र्याच भने गर्नुपर्छ । अनि यो एप खोलेर एनसेल, एनटीसी (प्रिपेड, पोस्टपेड) आफ्नो सिमअनुरूप अप्सन छान्नुपर्छ । त्यसपछि कार्डमा पिन नम्बर भएको ठाउँमा क्यामेरालाई पोइन्ट गर्नुहोस् ।

एपले आफैं पिन नम्बरलाई प्रोसेस गरेर ब्यालेन्स रिचार्ज गरिदिन्छ, जुन सरल र प्रभावकारी पनि रहेको छ । एनसेल र नेपाल टेलिकम दुवै कम्पनीका रिचार्ज कार्डमा यो एप प्रयोग गर्न सकिन्छ । हालसम्म ३० हजारभन्दा बढी प्रयोगकर्ता भएका यो एप गुगल प्ले स्टोरमा सित्तैमा उपलब्ध छ ।

सजिलोरिचार्ज  एप डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.