घरबारविहीनका लागि जुकरवर्ग पत्‍नीले गरिन् ३.६ मिलियन दान

घरबारविहीनका लागि जुकरवर्ग पत्‍नीले गरिन् ३.६ मिलियन दान

एजेन्सी: फेसबुकका संस्थापक मार्क जुकरवर्गकी पत्‍नी चान जुकर्वगले घर नहुनेहरुका लागि आवास संकट राहत अभियान सुरु गरेकी छन्। चानले ३.६ मिलियन डलर दान गर्दै सो अभियानको सुरुवात गरेकी हुन्।

गरिब कामदारहरुको हितमा सानफ्रान्सिस्को उपमहानगरमा बसोबास गर्दै आएका आवास क्षेत्रमा उक्त आवास परियोजा सुरुवात गर्न लागिएको मर्करी न्युजले उल्लेख गरेको छ।

फेसबुकको मूख्यालय नजिक रहेको बासोबास गर्ने घरवारविहीनहरुको लागि सामुदायिक कानुनी सेवा परामर्श प्रदान गर्नेछ जसलाई इस्ट पालो अल्टोमा नामले चिनिनेछ। यसको लगात करीब ३१ लाख डलर रहनेछ। यो लगानीले त्यहाँ बसोबास गर्ने धनीहरुसँग सशक्त रुपमा अदालतमा उत्रिन सहयोग हुने बताइएको छ। उक्त संस्थाले गरीब तथा असहायलाई नि:शुल्‍क कानुनी सेवा प्रदान गर्नेछ।

यसका साथै उक्त पैसाले गरिबहरुको घरभाडामा खर्च गरिनेछ भने कानुनी परामर्श दिने वकिलहरुलाई उपलब्ध गराइनेछ। यो संस्थाले तीन वर्षमा करीब २ हजार ५ सय निवासीहरुलाई राहत पुर्‍याउने लक्ष्य लिएको छ।

यस्तै करीब ५ लाख डलर युसी बर्कमा आवासका लागि टेर्नर केन्द्रमार्फत लगानी गरिनेछ। उक्त क्षेत्रमा लामो समयसम्म टिक्‍ने आवास बनाउन यो संस्थाले मद्दत गर्नेछ। टेर्नरले व्यापारिक मोडलबाट संस्थामा फण्ड जम्‍मा गर्ने तथा गरिबहरुको लागि अचल सम्पतति जुटाउन सहयोग दिनेछ।

नीति र पोलिसीका सीजेडआइका अध्यक्ष डेभिड प्लाउफीले लेखेका छन्, 'निम्‍न आयस्तरका मानिसहरुलाई समुदायमा मानव विकासको क्षमता बढाइनेछ भने उनीहरुको आयस्तर बढाउन समान अवसर प्रदान गरिनेछ। यो नै हाम्रो मिसन हुनेछ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.