अमेरिकाको सबैभन्दा उच्च बाँध ओरोभिल खतरामा

अमेरिकाको सबैभन्दा उच्च बाँध ओरोभिल खतरामा


एजेन्सी: अमेरिकाको क्यालिफोर्नियामा रहेको सबैभन्दा उच्च बाँध ओरोभिल खतरामा परेको छ। भारी वर्षाका कारण बाध कमजोर भएपछि ओरोभिल खतरामा परेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार वर्षाको पानीले बाढीको रुप लिन सक्‍ने भन्दै त्यहा वरपरका १ लाख ३० हजार बासिन्दालाई घर लाखी गरेर सुरक्षित स्थानमा गएर बस्न सरकारी अधिकारीहरुले आग्रह गरेको छ।

सरकारी अधिकारीहरुका अनुसार पानी भरिएपछि बाँधमा लगाइएको आपत्‌कालिन जल संरक्षण तटबन्ध टुट्न सक्‍ने र खतरा आउन सक्‍ने बताइएको छ।बाढीको आशंका गरिएको क्षेत्रका बासिन्दाहरुलाई तत्काल सुरक्षित स्थान जान आदेश दिइएको छ।

समाचारमा बताइए अनुसार क्यालिफोर्नियामा धेरै वर्षदेखि सुख्खा खडेरी लाग्दै आएको छ। तर यो वर्ष भने भारी वर्षा र बरफ वर्षाका कारण जलाशयमा पानीको स्तर बढिरहेको छ।

ओराभिल बाँधमा करीब ५० वर्षपछि यस्तो आपत्‌कालिन अवस्था आएको हो क्यालिफोर्नियाका जल संसाधन विभागले जानकारी दिएको छ।

विभागका अनुसार तालमा जम्मा भएर बसेको पानी बाहिर ल्याउन प्रत्येक सेकेण्डमा एक लाख क्यूबिक फिट पानी बाँधबाट निकासी गरिएको छ। साथै

बाँधको विषयमा सामाजिक सञ्‍जालमा समेत सन्देश पठाएर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान विभागले अपिल गरेको छ। सन्देशमा सेक्रेमेन्टोको सय किलोमिटर उत्तरमा रहेको ओरोभिल शहरका १६ हजार स्थानीयबासीलाई उत्तरतर्फ स्थाननान्तरण गर्न आग्रह गरिएको छ।

बिहीबार इन्जिनियरले पानी निकासी गर्न लाग्दा बाँधबाट कंक्रिटको ठूलो हिस्सा नै बगाएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.