दुबईमा ड्रोनयात्रा गर्न पाइने

दुबईमा ड्रोनयात्रा गर्न पाइने

दुबई: खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा अब पर्यटकले ड्रोनमा यात्रा गर्न पाउने भएका छन्। यसका लागि त्यहाँ एउटा यात्रु ड्रोन निर्माण गरिएको छ।

आगामी जुलाईदेखि ड्रोन सञ्चालनमा आउनेछ। ड्रोनले एकपटकमा सय किलोग्राम वजनको एकजना बोकेर आधा घन्टासम्म उडाउन सक्छ। दुबईको सडक तथा यातायात संस्थाका प्रमुख मेट अल–तयरले विश्व सरकार शिखर सम्मेलनमा यात्रु ड्रोनबारे जानकारी दिएका हुन्। उनले चिनियाँ मोडेलको ड्रोनको परीक्षण उडान गरिसकेको बताए।

ड्रोनमा जडित टच स्क्रिनको सहायताले गन्तव्य बताएपछि ड्रोनले सवारीलाई त्यहाँ पुर्‍याउनेछ। ड्रोन नियन्त्रणका लागि टच स्क्रिनबाहेक अरु कुनै उपाय छैन । सरकारी कार्यालयले जारी गरेको भिडियोमा यो ड्रोनलाई कमान्ड सेन्टरबाट नियन्त्रण गरिने जानकारी दिइएको छ।

१ सय ६० किलोमिटर प्रतिघन्टाको गतिमा उड्ने ड्रोनको ब्याट्री एकपल्ट चार्ज गरेपछि ५० किलोमिटर उड्न सक्छ। अल–तयरलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले ड्रोन मोडेलमात्र नभएको उल्लेख गरेको छ। बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङल्यान्डको हवाईजहाज र विमान प्रणाली विभागका वरिष्ठ प्राध्यापक ड्रोनलाई सुरक्षित बनाउन जोड दिए।

उनले भने, ‘यसले काम गर्ने तरिकाका कारणले यो सजिलै उड्न सक्छ। तर यसको उडान प्रणाली असफल नहोस् भन्नका लागि सावधानी अपनाउनु आवश्यक छ।’ गत महिना इजरायलको अर्बन एरोनटिक कम्पनीले सैनिक प्रयोगका लागि आफूले यात्रु ड्रोन निर्माण गरिरहेको घोषणा गरेको थियो। उसले ड्रोनको प्रयोग सन् २०२० सम्म गर्न सकिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.