मण्डलामा एक वोली

मण्डलामा एक वोली

काठमाडौः मण्डला नाटकघरमा फाल्गुन ५ गते बिहिबारदेखि नाटक एक बोली एक दामलाई ङ समुहले मञ्चन गर्ने भएको छ । नेपालको पूर्वीभागमा सुनिरहेको दन्तेकथालाई सिजन दाहालले नाट्यरुपान्तरण गरेका हुन् भने प्रवीण खतिवडाले निर्देशन गरेका हुन् ।

दन्त्ये कथामा सुन्न पाइने कथामा जस्तै यस नाटकको परिबेश पनि पुरानै शैलीको छ । निर्देशक खतिवडाले पुरानै समयलाई मञ्चमा उतारेका छन् । नेपाली रंगमञ्चमा नाटक मञ्चन गर्नका लागि विदेशी लेखकका नाटक मञ्चन गरिरहेको अवस्थामा खतिवडाले हाम्रै घरगाउँमा सुनिरहेका लोक कथालाई मञ्चमा उतारेका छन् । नाटक मञ्चन गर्नका लागि हाम्रै वरिपरि देखिएका सुनिएका साना साना परिवेशहरुलाई जोड दिन खोजेको निर्देशक खतिवडा बताउँछन् ।

मान्छेले आफूले सुनेको र देखेको परिवेश अनुसार धारणा बनाउँछ र योजना बुन्न थाल्छ तर मान्छेको जीवनमा आफूले सोच्दै नसोचेका परिस्थीती पनि आइलाग्छन् । मान्छेको जीवन विसंगत् छ तर हामी जबरजस्ती संगत बनाउन खोजिरहेका छौँ । आजको आफ्नो समयलाई विश्वास गर्नु जरुरी छ । भन्ने कुरा नाटकले देखाउन खोजेको छ ।

ठट्यौली र रमाइलो शैलीमा तयार पारिएको यो नाटकमा जीवन भट्टराई, सुदाम सिके, शक्ति राई र संगीत सापकोटाले अभिनय गर्दैछन् भने रोशन थापा (आधा सुर) र दिपक श्रेष्ठको प्रत्यक्ष संगीत रहनेछ । यस नाटकलाई गोविन्द पराजुलीले निर्माण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.