विद्या र विनयको संगम

विद्या र विनयको संगम

त्रिचन्द्र कलेजमा भर्खरै भर्ना लिएको थिएँ, आईएस्सी प्रथम वर्षमा। हरेक विषयका लागि अलगअलग ‘कोठा' छुट्याइएको दृश्य नै पहिलो नौलो कुरा थियो, स्कुलभन्दा। स्कुलमा हरेक कक्षाको एउटा निश्चित कोठा हुन्थ्यो, जहाँ विभिन्न विषयका शिक्षकहरू आफ्नो निर्धारित समय या ‘घन्टी'मा प्रवेश गर्थे र निस्कन्थे।

कलेजमा प्रत्येक क्लासको सुरुमा ‘प्रोफेसर'को प्रवेशभन्दा केही मिनेट पहिले पियन आउँथे; चक, डस्टर र रजिस्टर लिएर। ब्ल्याकबोर्ड पुछेर उनी फर्केपछि मात्र ‘प्रोफेसर'को प्रवेश हुन्थ्यो। प्रोफेसरको प्रवेशसँगै संस्कारगत सम्मानस्वरूरुप सबै विद्यार्थी उठ्थे र शिक्षकको इशारापछि बस्ने गर्थे।

सायद सेसन प्रारम्भको पहिलो साता होला; एकजना व्यक्ति चक, डस्टर र रजिस्टर लिएर ‘केमिस्ट्री' कक्षामा प्रवेश गरे। म उठिनँ र सायद अरू पनि धेरै उठेनन्जस्तो लाग्छ। उनले ब्ल्याकबोर्ड सफा गरे र लगत्तै हाजिर या ‘रोल कल' सुरु गरे। ज्ञानले प्रदीप्त उनको व्यक्तित्व चिन्नसक्ने क्षमता थिएन ममा।

मैले ‘विद्या ददाति विनयं' भन्ने श्लोक सानैमा सुनेको थिएँ। त्यसको शाब्दिक अर्थ पनि थाहा थियो मलाई। त्यो पहिलो एक सातामा खालि कुन शिक्षकले कसरी पढाएर गए भन्नेमात्र हाम्रो चासो हुन्थ्यो।

सामान्य 'लवाइ', गहुँगोरो भन्न नमिल्ने; तर ज्ञान, विद्वता र आफ्नै किसिमका गुणले भरिएका ती ‘सर' हुनुहुँदो रहेछ— प्रो. शिवप्रसाद धौभडेल, हेड अफ डिपार्टमेन्ट केमिस्ट्री।

त्रिचन्द्र कलेजमा विविध पृष्ठभूमिका विद्यार्थी आउँथे हरेक वर्ष। उनीहरूको सहजताका लागि उहाँ अंग्रेजी, नेपाली या दुवै मिसाएर पढाउन रमाउनुहुन्थ्यो सहजतासाथ। पहिला अंग्रेजी अनि त्यत्तिकै धाराप्रवाह रूपमा नेपालीमा पनि केमिस्ट्रीको क्लास लिएर फर्कनुहुन्थ्यो। तर, क्लासमा प्रवेश गर्दा चक, डस्टर र रजिस्टर लिएर आउने बानीलाई कहिल्यै त्यागेको देखिएन। झन्डै आधा शताब्दीको अध्यापनमा उहाँ हजारौंको गुरु बन्नुभएको छ।

त्यस अर्थमा उहाँलाई देख्दा ‘मेरो गुरु' भन्नेको संख्या धेरै ठूलो होला। त्यसमध्ये कतिपय व्यक्तिहरू ‘जीवन'मा समाजमा ‘सफल'मा गनिएका पनि होलान् पक्कै। तर, ‘धौभडेल सर'को पहिचान किन एउटा अवकाशप्राप्त शिक्षकका रूपमा मात्र सीमित रहन पुग्यो ? किनकि विज्ञानको एप्लिकेसन हुन सकेन हाम्रो समाजमा। ज्ञान र चरित्र, विद्या र विनयको संगमबाट महानता परिभाषित हुने हाम्रो परम्परा अब लोप हुन पुगेको छ। त्यति हुँदाहुँदै पनि आदर्शमा आधारित जीवन आफैं जीवन्त सन्देश बन्छ, वर्तमान र भविष्यका लागि। धौभडेल सरको विद्यार्थी सानै समयका लागि हुन पाएकोमा अहिलेसम्म गर्व लाग्छ।

जीवनभरि ‘गुरु' रहिआएका धौभडेल सरले औपचारिक ‘अवकाश'पछि पनि १५ वर्षसम्म आंशिक प्राध्यापन गरिरहनुभयो। त्यसपछि र अहिलेसम्म पनि ज्ञान र विज्ञानलाई समाजसँग कसरी जोड्ने भन्ने चिन्तन र अभियानमा उहाँ लागी नै रहनुभएको छ।

नेपालमा योग्य र आदर्श व्यक्ति, त्यो पनि वैज्ञानिक अनुसन्धानकर्ता हुँदा उसको जीवन 'असफलता' र अपूर्णता अनि संघर्षमै बित्छ। उहाँको सम्भाव्यताको सदुपयोग हुनै सकेन। तर झन्डै ८० छुन लागेका धौभडेल सरले थुप्रै विज्ञ र पीएचडी जन्माउनुभएको छ। त्यसैले उहाँहरूको दायित्व बन्न पुगेको छ— धौभडेल सरको चाहना र चिन्तनलाई समाजसँग जोड्ने र त्यहाँ वैज्ञानिक ‘टेम्परामेन्ट' विकसित गर्ने !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.