जागिर माग्दै सात वर्षीया बालिकाले गुगललाई लेखिन यस्तो चिठी
एजेन्सी: प्राय हामी आफ्ना बालालिकालाई ठूलो भएपछि के बनाउने भनेर सोचिरहेका हुन्छौ तर उनीहरुलाई के बन्ने भनेर कहिल्यै सोध्दैनौ। यस्तै एउटा सात वर्षीया बालिकाले आफूलाई जागिर लगाइदिन गुगललाई पत्र लेखेकी छन्।
बेलायती बालिका क्लोइ ब्रिजवाटरले गूगलका सिइओ सुन्दर पिचाइलाई पत्र लेखेर आफूले गूगलमा काम गर्न चाहेको बताएकी छिन्। क्लोइले गुगलको सिइओलाई आफ्नै हातले पत्र लेखेर पठाएकी हुन्।
उनले आफूलाई कम्प्युटर मन पर्ने साथी भएकाले यसैमा काम गर्न इच्छा रहेको पत्रमा उल्लेख गरेकी छिन्। पत्रमा उनले गुगलबाट जागिरको आशा समेत राखेकीले उनलाई गुगलका सिइओ सुन्दर पिचाईले पत्रमार्फत नै जवाफ पठाएका छन्।
उनले बालिकालाई पत्रमार्फत भविष्यमा अध्ययन राम्रो भएमा जागिर दिने आश्वासन दिएका छन्। पत्रमा उनले लेखेका छन् 'यदि तिमीले मिहनेतसाथ अध्ययन गर्यौ भने गूगलमा काम गर्न सक्छौं, तिम्रो स्कूलको पढाइ सकिएसँगै म तिम्रो जब एप्लिकेशनको प्रतिक्षामा रहनेछु।'