हस्तक्षेपका परिणति

 हस्तक्षेपका परिणति

विश्वको इतिहास हेर्दा हामी के देख्छौं भने, संसारका देशहरूको राजनीतिक, सामाजिक, आर्थिक विकास इत्यादि असमान र फरक ढंगले भएको छ । जुनबेला सन् १७६९ मा पृथ्वीनारायण शाहले बाईसे-चौबीसे राज्यहरू काठमाडौं उपत्यकाको सुसंस्कृत कान्तिपुर, ललितपुर र भक्तपुर राज्यहरूको एकीकरण गर्दै थिए, त्यसैताका ब्रिटिश शासनविरुद्ध संगठन गर्दै त्यसको ठीक सात वर्षपछि सन् १७७६ मा अमेरिकी जनताले स्वतन्त्रता लिखित घोषणा गरेर ब्रिटिससँग लड्न थालेका थिए । नेपालको एकीकरणको २० वर्षपछि सन् १७८९ मा फ्रान्समा राज्यक्रान्ति प्रारम्भ भएको थियो । त्यसताका भारतमा भने ब्रिटिश र फ्रेन्चहरू साम्राज्यवादी आधिपत्यका लागि एकअर्कासँग र भारतका धेरै स्वतन्त्र राज्यहरू एकपछि अर्कोगरी प्रभुत्वमा लिइरहेका थिए ।

दक्षिण अमेरिकी महादेशका देशहरू एसिया र अफ्रिकाका देशहरू भन्दा सय/डेढ सय वर्षअगाडिदेखि स्पेन, पोर्चुगल र युरोपका अन्य देशबाट स्वतन्त्र हुन थालिसकेका थिए । अर्जेन्टिना सन् १८१६ मा स्पेनबाट होन्डुरस सन् १८२१ मा स्वतन्त्र भए भने पोर्चुगालबाट ब्राजिल सन् १८२२ मा स्वतन्त्र भएको थियो । आजको भारत, पाकिस्तान र बंगलादेश त्यसको एक सय २५ वर्षपछि सन् १९४७ (वि.सं. २००३) मा स्वतन्त्र भएका थिए । भारतलाई ब्रिटिशहरूले हिन्दुस्तान र पाकिस्तान (हिन्दु र मुसलमान) दुई देशलाई धर्मका आधारमा बनाएर छाडिदिए । पाकिस्तान १४ अगस्ट र हिन्दुस्तान एक दिनपछि १५ अगस्ट १९४७ मा स्वतन्त्र घोषित भए । श्रीलंका र बर्मा (म्यानमार) सन् १९४८ मा स्वतन्त्र भए ।

भारतीय राष्ट्रिय कांग्रेसको इतिहास हेर्ने हो यो भने त्यसको संस्थापक ब्रिटिश डेभिड ह्युम नामका व्यक्ति थिए । पछि उनीद्वारा बम्बइमा आयोजित भारतका प्रान्तहरूका प्रतिनिधिकहरूको सम्मेलनले कलकत्ताका ब्योमेचन्दर बनर्जीलाई सभापति र डेभिल ह्युमलाई सन् १८८५ मा जनरल सेक्रेटरी छान्यो । माग पनि त्यसबेला भारतीयलाई पनि ब्रिटिश शासनमा सहभागिता गराउनुपर्छ भन्ने थियो । पछि पनि होमरुल (आन्तरिक स्वशासन) को माग थियो । होमरुल लिंग मुहम्मद अलि जिन्ना, एनिवेसेन्टहरूद्वारा स्थापित थियो । महात्मा गान्धी सन् १९२० मा यसको सभापति भए ।

पूर्ण स्वराज अर्थात ब्रिटिश शासनबाट पूर्ण स्वतन्त्रता महात्मा गान्धीको चाहनाअनुरूप जवाहरलाल नेहरू भारतीय राष्ट्रिय कांग्रेसको सभापति भएका बेला सन् १९२९ मा लाहोरमा भएको कांग्रेसको महाधिवेशनद्वारा मानिएको थियो । १८/२० वर्ष अनेकौं भद्रअवज्ञा र सत्याग्रह गर्दै विशाल भारतव्यापी जनआन्दोलनहरू र द्वितीय विश्व युद्ध समाप्त भएपछि भारतले स्वतन्त्रता प्राप्त गरेको थियो । द्वितीय विश्व युद्धपछि एसिया र अफ्रिकाका देशहरूमा स्वतन्त्रता युद्ध र जनआन्दोलनहरू बढ्दै गए र देशहरू साम्राज्यवादी शासनबाट मुक्त हुँदै गए ।

अन्तिम रूपमा जारका पालादेखि रुसी साम्राज्यका अंग बनाइएका र सोभियत समाजवादी संघ बनेपछि पनि मास्कोको शासनअन्तर्गत रहेको अनेकौं केन्द्रीय एसिया र युरोपका देशहरू पनि सोभियत रुसको विघटन पछि सन् १९९० पछि स्वतन्त्र बने । अर्मेनिया, अजरबैजान, बेलारुस, जर्जिया, कजाखस्तान, किर्गिजस्तान, इस्टोनिया, ल्याटिभिया, लिथुआनिया, मोलडोभा, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेनहरू २६/२७ वर्षअघि बीसौं शताब्दीको अन्तिम दसकमा स्वतन्त्र देश बने ।

सोभियत रुसको विघटनअघि ठूलो महाभूल गर्ने काम तत्कालिन रुसी सरकारबाट भएको देखिन्छ । अमेरिका भियतनामको दुई पक्षमध्ये एउटाको पक्षमा लड्न गयो । त्यहाँ साम्यवादी क्रान्ति होचिमिन्हको नेतृत्वमा साम्यवादी दलले स्वतन्त्रताको पक्षमा जितिरहेको थियो । अमेरिकन सरकारको गलत मूल्यांकन हुन गयो कि हाम्रो सैनिक शक्ति आधुनिक र सबै कुरा सम्पन्न छ । तर साढे सत्तचालीस हजारजति अमेरिकन सैनिक र दुई लाख दक्षिण भियतनामी सरकारी सेना मरेपछि अमेरिकनहरू भियतनाम छाडेर फर्के । नजिकका लाओस र कम्बोडिया पनि स्वतन्त्र भए ।

संसारका सबै देशका जनता विदेशी हस्तक्षेप र विशेषगरी विदेशी सैनिक हस्तक्षेपलाई घृणा गर्छन् । एउटा देशको राजनीतिक, धार्मिक वा जातीय जुनसुकै कारण आन्तरिक रूपले विभाजित भए पनि विदेशी हस्तक्षेप विफल भएका हालका घटना हाम्रासामु छन् ।

अमेरिका भियतनाममा फस्न पुगेजस्तै महागल्ती गर्दै तत्कालिन दोस्रो महाशक्ति रहेको सोभियत रुसबाट भएको पाइन्छ । अमेरिकन गुप्त नीतिनिर्माता र सञ्चालकहरू चाहन्थे सोभियत रुस ठूलो सामरिक सैनिक र कूटनीतिक नोक्सानमा पर्न अफगानिस्तानमा फस्न पुगोस् । रोडरिक ब्रेथवेट, अफगान्टसी , द रसियम्स इन अफगानिस्तान सन् १९७९ देखि १९८९ नामक पुस्तकको पेज १४ मा र अर्को डेभिड एन गिब्स अफगानिस्तान द सोभियत इनभेजन टु रेट्रोस्पेक्ट इन्टरनेसनल पोलिटिक्स २३३-२४६ मा धेरै पछि तत्कालिन अमेरिकन राष्ट्रपति जिम्मी कार्टरको नेसनल सेक्युरिटी एडभाइजर ब्रेजिनस्कीले एउटा फ्रान्सिली साप्ताहिकमा प्रकट गरेको तर जतनले गुप्त राखिएको एउटा वास्तविक तथ्य प्रकट गरेको भन्दै उनको प्रकाशित भनाइ कोट गर्दछन, जो यस प्रकार छः ‘अहिलेसम्म बडो युक्तिका साथ गुप्त राखिएको वास्तविकता बिलुकल अर्कै थियो ।

संसारका सबै देशका जनता विदेशी हस्तक्षेप र विशेषगरी विदेशी सैनिक हस्तक्षेपलाई घृणा गर्छन् । एउटा देशको राजनीतिक, धार्मिक वा जातीय जुनसुकै कारण आन्तरिक रूपले विभाजित भए पनि विदेशी हस्तक्षेप विफल भएका हालका घटना हाम्रासामु छन् ।

जुन दिन ३ जुलाइ १८७९ मा कार्टरले पाँच लाख अमेरिकन डलरको गुप्त मद्दत आफगानिस्तानका मुजाहिद्दिनलाई गर्ने पहिलो निर्देशनमा सही गरे, त्यसैदिन मैले राष्ट्रपतिलाई एउटा नोट लेखेर पठाएको थिएँ कि, मेरो विचारमा यो मुजाहिद्दिनलाई गुप्त मद्दतले सोभियत सैनिक हस्तक्षेप गर्न उत्तेजित गराउनेतर्फ लैजान सक्छ ।'

केही समयपछि नै डिसेम्बर १९७९ मा सोभियत सेनाले अफगानिस्तानमा सैनिक हस्तक्षेप थाल्यो र नजितिने लडाइँमा फस्दै गएको संसारले देख्यो । १५ हजारभन्दा बढी रुसी सैनिक मरेपछि र हजारौं अरूको अंगभंग भएपछि लगभग १० वर्षपछि संयुक्त राष्ट्र संघको मध्यस्थतामा १४ अगस्ट १९८८ मा रुसी सेना अफगानिस्तानबाट फर्कने भयो । यस घटनाबाट के देखिन्छ भने त्यस हार र क्षतिपछि सोभियत संघको शासन प्रणाली परिवर्तन र देशको विखण्डन दुई वर्ष पनि नबित्दै प्रारम्भ भयो । माथि लेखिसकिएको छ कि एउटा सोभियत रुसी संघ रुससमेत १५ अलग अलग स्वतन्त्र देशहरू भए ।

एसियाको वर्तमान अवस्था हेरौं । पश्चिम एसियाका कयौं देश युद्ध र गृहयुद्धमा जलिरहेको छन् । रोजै लडाइँ, हत्या, विस्फोटले पश्चिम एसियाका देशका जनता पीडित छन् । दक्षिण एसिया हेरौं, भारत र पाकिस्तान भारतबाट ब्रिटिशहरूले दुई देश बनाइदिएको ७० वर्षदेखि कयौं खुल्ला युद्ध, कयौं गुप्त युद्ध र एकअर्काको देशका आतंक धार्मिक, उपधार्मिक दंगाफसाद तथा घातअन्तरघात नियमित निर्यात गरिरहेका छन् ।

एक अर्कासँग शत्रुता भएको देशहरूले शत्रु देशमा आतंक निर्यात गर्नु र आतंकवादीलाई आश्रय दिएको कुरा बुझिन्छ । तर नेपाल, श्रीलंका जस्ता मित्रता भएका देशहरूमा भारतले आतंकवादीको निर्यात र आतंकवादीहरूलाई लामो समय नलुक्न सक्ने र गुप्त रहन नसक्ने गरी आश्रय दिएको तथ्य हामीहरू समक्ष मात्र होइन संसारसमक्ष छ, स्वयं भारतीयहरूसमक्ष पनि ।

भारतीय पत्रकारहरूले समेत यो कुरा लेखेको भारतकै राजधानी नयाँदिल्लीबाट तत्कालै नेपालमा तथाकथित माओवादी जनयुद्ध चन्दाचल्दै २९ मे २००५ (२०६२ जेठ १५) को द पायोनियर अंग्रेजी दैनिकका सम्पादक वरिष्ठ भारतीय पत्रकार स्वपन दास गुप्ताले लेखेका थिए, ‘राजाप्रति घृणाको कारण भारतीय इस्टावलिसमेन्टको एक खण्ड माओवादीसँग मिलेर काम गरिरहेको छ । इन्टलिजेन्स एजेन्सीहरू र साउथ ब्लकको एक खण्ड मिलेर यो काम गर्दैछन् । यो कुरा कसरी पाकिस्तानले जम्मु कश्मिर र उत्तर पूर्वी भारतमा चलाइरहेका अपरेशनहरूभन्दा कुन फरक छ ?

हामी पनि एउटा छिमेकी देशमा आतंकवादलाई प्रोत्साहन दिने अपराधी हौं ।' (नपत्याए हेर्नुस २९ मे २००५ को नयाँदिल्लीबाट प्रकाशित हुने पायोनियरमा प्रकाशित लेख ‘फरेन पोलिसी एलिएन टु इन्डिया' । ) दस वर्षको हत्याहिंसा, १७ हजार नेपालीको ज्यान, कयौं अर्बको भौतिक सम्पत्तिको नोक्सानीपछि र सुरुदेखि अमेरिका, ब्रिटेन आदिले दबाब दिँदा नमानेपछि उनीहरूले नेपालको सेनालाई आधुनिक हतियार, सैनिक र गुप्तचर प्रशिक्षण दिन थालेपछि भारतमा नयाँ बनेको भारतीय कांग्रेसका मनमोहन सिंह नेतृत्वको सरकारका पालामा वि.सं. २०६३ मा बल्ल बन्दुके हिंसा बन्द भएको थियो । तर त्यो अशान्ति अन्त्य हुन पाएको छैन, फेरि लाठीवादी फासिस्ट प्रकृतिको आतंक प्रारम्भ गरियो ।

कुनै विदेशी कूटनीतिज्ञले उहिले काठमाडौंमा भनेका थिए, ‘विदेशी हस्तक्षेपले एउटा देशको आन्तरिक शान्ति कसरी बर्बाद हुन्छ, त्यो बुझ्न दक्षिण एसिया हेरे हुन्छ ।' नेपाल पनि भारतसँग टाँसिएको देश हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.