सर्भर समस्याले देशभर सवारी दर्तामा समस्या

सर्भर समस्याले देशभर सवारी दर्तामा समस्या

अन्नपूर्ण : सर्भर समस्याले आइतबार देशभर सवारी दर्ता हुन सकेन। आइतबार कार्यालय समयसम्म सफ्टवेयर बन्न नसक्दा सेवाग्राही मारमा परेका छन्। यातायात व्यवस्था विभागले सोमबार पनि सफ्टवेयर बन्ने अवस्था नरहेकै कारण सवारी दर्ताका समस्या आउने देखिएको छ।

यातायात व्यवस्था विभागले करिब ८ वर्षदेखि फोकस अन कम्पनीलाई ‘भिआरएस’ सवारी दर्ता प्रणालीको जिम्मा दिइरहेको छ। कम्पनीको मनोपोलीका कारण र नियतवस सर्भरमा समस्या सिर्जना गर्ने प्रवृति हावी हुँदा सवारी दर्ता हुन नसकेको यायायात कार्यालय एकान्तकुनाका एक कर्मचारीको आरोप छ।

जबसम्म विभागले फोकस अनको मनोपली रोक्न सक्दैन तबसम्म यातायात क्षेत्रको बिलिङ प्रणली नै सुध्रन नसक्ने देखिएको छ।

विभागले करिब एक वर्ष लाखौँ रुपैयाँ खर्च गरेर सर्भरको क्षमता वृद्धि गरेपनि समस्या जस्ताको तस्तै छ। सर्भर समस्याका विषयमा यातायात व्यवस्था विभाग मौन हुँदा दैनिक दुई सय बढी सेवाग्राही सास्ती भोग्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.