प्रविधि र विकासमा चीनले बनाएका १० चामत्कारिक संरचना

प्रविधि र विकासमा चीनले बनाएका १० चामत्कारिक संरचना

एजेन्सी: चीनले विकासका पूर्वाधारहरुलाई तीव्रगतिमा बढाएर आफ्नो प्रभूत्व विश्‍वमा कायम राख्‍ने प्रयासमा जुटिरहेको छ। उसले मानव निर्मित संरचनाहरु बनाएर संसारलाई नै आश्‍चर्यमा पार्दै आएको छ। संसारमा नपाइने १० संसरचना चीनले आफ्नो देशका विभिन्‍न प्रान्‍तका भूभागमा बनाइसकेा छ । ती के के हुन् ?

१.हङकङ-जुहाइ-मकाउ ब्रिज
चीनले पानीमुनी पहिलो पटक सुरुङमा जुहाइ मकाउ पुल बनाएको छ। यो पुल सन् २०१६ अक्टोबर ८ मा सकिएको हो। यो पुललाई विश्‍वका सात आश्चर्यमध्ये एउटा कडीको रुपमा लिएको गार्जियनले उल्लेख गरेको छ। यो विश्‍वकै सबैभन्दा लामो पुल हो जुन अहिले पनि अन्डर कन्स्टरसनमै सीमित छ।

हङकङको लान्टाउदेखि सुरु भएको यो पुल चीनको लन्टाउ सुरु हुन्छ। वाइ (Y) आकारमा निर्माण गरिएको यो पुलको कुल लम्बाई ५५ किलोमिटर छ जसमा ६.७ किलोमिटर पानीमुनि सुरुङभित्र रहेको छ भने २३ किलोमिटर समुन्द्रमाथि रहेको छ। यसका साथै यो पुललाई समुन्द्रमा कृत्रिम टापु बनाएर फैलाइएको छ।

यो पुलको मुनिबाट ठूलाठूला जहाजहरु समेत वारपार गर्न सक्छन् भने उनीहरुको व्यापार व्यावसाय यसैले फस्टाएको छ। यो पुलले चीनको बढी मुनाफा गर्ने क्षेत्रको रुपमा समेत चिनाइदिएको छ। यो पुल निर्माणमा करीब १.८५ बिलियन डलर खर्च भइसकेको छ भने सन् २०१७ को अन्त्यसम्ममा पूरा हुने बताइएको छ। यो पुलमा करिब साढे तीन घण्टा लाग्‍नेछ।

२. विश्‍वको ठूलो रेडियो टेलिस्कोप
चीनले विश्‍वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको निर्माण गरेको छ। सन् २०१६ को सेप्टेम्बरमा चीनको पहाडी क्षेत्रको दक्षिणी गुवान्जाओ प्रान्‍तमा ५ सय मिटर एपरचर स्फेरिकल रेडियो टेलिस्कोपको निर्माण गरेको हो। यसलाई फास्ट (FAST) टेलिस्कोपको नामले समेत चिनाइएको छ।

यो फास्ट टेलिस्कोप परियोजना सन् २०११ मा सुरु भएको थियो भने यसमा करिब १८० मिलियन लागत लागेको थियो। यसलाई ४५ करोड वर्ष पहिले पनि कार्स्ट गुफा पतन भएको बेला बनाउने कोसिस गरे पनि त्यतिबेला बनाउने वातावरणको अभाव भएकाले धेरै पछि चीनले यसलाई पूर्णता दिएको हो।

यो टेलिस्कोपले चिनियाँ अन्तरीक्षयात्रीले ताराहरुको अवलोकका साथै सौर्यमण्डमा हुने प्रक्रियालाई नजिकबाट नियाल्‍न सक्‍नेछन्। त्यसैगरी यसले नयाँ नयाँ खोज र अनुसन्धानका लागि अणुहरुको परीक्षणका लागि सञ्‍चारको संकेतहरु अन्वेषण गर्ने छन्।

यो प्रोजेटक्टलाई करीब ८ हजार कर्मचारी मिलेर बनाएका हुन्।जसले प्रत्येक ५ किलोमिटरको फरकमा रेडियस जडान गरिएको थियो। अवलोकनकर्ताहरुले यहाँ आउँदा मोबाइल स्विच अफ गरेर मात्रै आउन पाइन्छ।

३.चिनिया राष्ट्रिय गिनीबैंक

चीनको राष्ट्रिय गिनिबैंक (CNGB) चीनको ग्वाङदोङ प्रान्तमा अवस्थित छ। यो बैंकको स्थापनाको मूल उद्देश्‍य मानव स्वास्थ्य अनुसन्धाको तथा संरक्षणको लागि सन् २०१६,२२ सेप्टेम्बरमा खोलिएको हो।

सन् २०११ मा चीनको रा्ट्रिय विकास तथा सुधार आयोगद्वारा सुरुवात गरिएको यो बैंकलाई सेन्जेनमा आधारित बनाइएको छ। यसलाई विश्‍व्यापी रुपमा जिनोमिक्स संगठनहरुले नेतृत्व गरिरहेका छन्। करीब ४७ हजार ५ सय स्वार्यमिटर क्षेत्रफल मा फैलिएको यो बैंक विश्‍वको चौथो राष्ट्रिय स्तरको बैंकमा गनिन्छ। विश्‍वको अमेरिका, रुस र जापानपछि यो बैंकको नाम आउँछ।

यसका साथै यो बैंकले १० लाख बढी वैविक नमूनाहरु संकलन गरिसकेको छ भने मानव स्वास्थ्य्, जैविक विविधता र विकासका लागि अनुसन्धानात्मक क्षेत्रमा काम गर्न सय बढी संस्थासँग सहकार्य गरेर काम गरिसकेका छन्।

४.थ्री गर्जेज बाँधको लागि विश्‍वकै ठूलो जहाज निर्माण
मध्य चीनको हुबेइ प्रान्तमा स्थायी रुपमा जहाजले सन् २०१६ को १८ सेप्टेम्बरमा ट्रायल सुरुवात गरेको थियो। यो लिफ्टको निर्माण चिनिया र जर्मन डिजाइनर मिलेर गरेको थियो।

यो जहाजलाई बाध तार्नका लागि सानो र मध्यम आकारको (३ हजार टोनभन्दा बढी) बनाइएको थियो। जहाँ बाधको पानीको स्तर ११३ मिटरको दूरीमा रहेको थियो।

५.तीव्र गतिको रेल (प्रतिघण्टा ४२० किलोमिटर)
चीनले १५ जुलाई सन् २०१६को मध्यतिर प्रतिघण्टा ४२० किलोमिटरको गतिमा कुद्‍ने रेलको विकास गर्‍यो। यसले चीनको रेलवे कर्पोरेशनमा अभूतपूर्व परिवर्तन ल्याइदियो।

चीनले उक्त रेलवे सेवा झाङजाओ, हेनान प्रान्तलाई जोडेर विश्‍वमा नयाँ रेकर्ड नै कायम गर्‍यो। यसले विश्‍वभर चीनको रेलमा गरेको क्रान्तिले थप ऊर्जा दिलायो।

६.सनवे ताइहुलाइट
चीनले नयाँ सुपर कम्युटिङ प्रणाली सनवे ताइहुलाइटले जुन 20 सन् 2016मा जर्मनीमा भएको अन्तराष्ट्रिय सुपर कम्प्युटर कन्फेरेन्समा संसारकै सबैभन्दा फास्ट कम्प्युटर नामाकरण गरेको थियो।

यो सुपर कम्प्युटरले प्रतिसेकेण्ड 93 करोड शंख गणना गरेको देखाउँछ। यसका साथै प्रदर्शनीमा संसारको पाँचसय सुपर कम्प्युटरमध्ये १ नम्बर सूचीमा आफ्नो कब्जा जमाएको थियो।

चीनको राष्ट्रिय सुपरकम्प्युटर सेन्टरले चीनको वुछि जियाङसु प्रान्तमा इन्स्टल गरिएको छ। यो सुपर कम्युटरले प्रति सेकेण्ड १२५.436 फेटाफ्लपस(PFlops)को गनणा गर्न सक्छ भने यसले सय फेटाफ्लपस ग्रहण गर्न सक्ने क्षमता समेत राख्दछ। यसको सिपियुलाई घरेलुस्तरमै बनाउने गरिन्छ जसको चिप्स २५ वर्ग सेन्टिमिटर रहेको छ।

७.लङ मार्च ७ करियर रकेट
चीनले सन् २०१६ जुन २५ तारिकमा चीनको वेनचङस्थित हेइनाना प्रान्तमा नयाँ पुस्ताको लङ मार्च ७ को सार्वजनिक गर्यो। यो एक मध्यम आकारको दुई चरणमा भएको रकेटले पृथ्वीको कक्षमा १३.५ टन तौल बोक्‍न सक्छ।

विशेषज्ञका अनुसार यो लङ मार्च ५३.१ मीटर लामो, ५९७ टन रकेट भविष्यको लागि मूख्य साधन बन्‍न सक्छ।

८.क्वान्टम सञ्‍चार उपग्रह क्वेस
चीनले विश्‍वमै पहिलो पटक क्वान्टम सञ्‍चार उपग्रह क्वेस प्रयोगलाई अन्तरीक्षमा गरेर सफलता हात पार्यो। चीनको उत्तरी गोबी मरुभूमीमा जिक्वान उपग्रहमार्फत उक्त प्रयोगलाई सफलतापूर्वक १६ अगस्ट, सन् २०१६मा प्रक्षेपण गर्‍यो। ६सय किलोग्रामको उक्त उपग्रहले प्रत्येक ९० मिनेटमा पृथ्वीलाईएक पटक परिक्रमा गर्ने गर्दछ। यसको निक नाम मिसिकस राखिको छ।

५औ शताब्दीमा चिनिया दार्शनिक तथा वैज्ञानिकले क्वान्टम अप्टिकलको पहिलो पटक अनुभव गरेका थिए। जुन सन् २०१६ मा आएर चिनका वैज्ञानिकहरुले नै सफलतापूर्वक परीक्षण गरे। यो कवान्टमले ह्यकप्रूफ सन्देश आदान प्रदान गर्नेछ भने कसैले ह्याक गर्न खोजे उसको पनि सञ्‍चार सन्देश ह्या गरेर आफ्नो कवान्टममा सन्देश प्रवाह गर्नेछ।

९.अन्तरीक्ष प्रयोगशाला तियाङगङ २
चीनले १५ सेप्टेम्बर सन २०१६ मा जिक्वान उपग्रह प्रक्षेपण केन्द्रबाटै तियाङगङ २को सफल प्रक्षेपण गरेका थिए। एउटै उचाइमा रहेको यो तियाङगङ २ उपग्रहले भविष्यमा चीनिया अन्तरीक्ष स्टेशनमा काम गर्नेछ।

यसले सेन्जाओनामक ११ मानवयुक्त उपग्रह पठइयएको थियो। यसले अन्तरीक्षमा हुने नयाँ खोज र अनुसन्धानको लागि पृथ्वीको ल्याबमा सजिलै गर्न सकिनेछ।

१०. सी ९१९ नामक ठूलो विमान
चीनले पहिलो पटक आफ्नै घरेलु उत्पादन सी ९१९ नामक ठूलो विमान मनाएको हो। २ नोभेम्बर सन् २०१५मा चीनको संघाइमा सार्वजनिक गरिएको थियो।अनुसन्धान र विकासमा धेरै अगाडी रहेको चीनले सी ९१९ नामक विमानलाई वाणिज्यिक विमान कार्पोरेशनको सहयोगमा बनाएको थियो।

यो एयरबस ३२० तथा बोइङ ७३७सँग प्रतिस्पर्धा गर्न सक्षम छ। यसका साथै यसले सबैभन्दा धेरै उपकरण, क्षमता र संरचनालाई शसक्त रुपमा उतारेको छ।(एजेन्सीको सहयोगमा सहदेव चौधरी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.