पाकिस्तानको लाहौरमा विस्फोट, ६ को मृत्यु
एजेन्सी: पाकिस्तानको लाहौरमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी दर्जनौ घाइते भएका छन्। पाकिस्तानका अधिकारीका अनुसार उक्त विस्फोट बजारको एक भवनमा भएको हो।
अहिले पाकिस्तानमा लगातार विस्फोटका घटना भइरहेका छन्। घटनाको जिम्मेवारी इस्लामिक चरमपन्थी संगठनले (आइएस) लिएको छ। साथै घटनाको थप विवरण आउन बाँकी छ।
पाकिस्तान प्रहरीका अनुसार दक्षिण सिन्ध प्रान्तको सेहवनमा समेत गत हप्ता एउटा भवनमा बम हमला भएको थियो। जसमा ९० जनाको ज्यान गएको थियो। उक्त घटनाको जिम्मेवारी पनि इस्लामिक चरमपन्थी संगठनले (आइएस) लिएको थियो।
प्रतिक्रिया दिनुहोस !