हिमालयको चाैथाे गन्तव्य म्यानमारको याङगुन

हिमालयको चाैथाे गन्तव्य म्यानमारको याङगुन

काठमाडौं: निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चौथौ अन्तर्राष्ट्रिय गन्तव्य म्यानमारको याङगुनलाई बनाएको छ । हिमालयले याङगुनमा शुक्रबारबाट व्यवसायी उडान सुरू गरेको हो । हिमालयले म्यानमारमा रहेका तीन लाख नेपालीलाई लक्षित गरेर सिधा उडान सुरू गरेको जनाएको छ । यी दुई सहरबीच पर्यटन, व्यापार तथा लगानीका अवसर प्रवद्र्घन हुने एयरलाइन्सको विश्वास छ ।

हिमालयको याङगुन उडान सुरु गर्दा म्यानमारका राजदूत ल्वीन आँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालयका प्रतिनिधि सहभागी थिए । उडानसँगै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र म्यानमारका लागि नेपाली राजदूत सुरेश आचार्य, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि म्यानमारतर्फ प्रस्थान गरेका छन् । हिमालयले काठमाडौं–याङगुन–काठमाडौंको सुरुवाती टिकटदर २९ हजार ६ सय रुपैयाँ तोकेको छ ।

हिमालयले म्यानमारको याङगुनमा हप्ताको दुई दिन उडान भर्नेछ । सोमबार र शुक्रबार उडान भर्ने हिमालयको विमान म्यानमारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः५५ बजे उडी २ः१५ मा याङगुन पुग्नेछ ।त्यसपछि ३ः१५ मा याङगुनबाट काठमाडौंका लागि उड्ने हिमालयको एच नाइन ८९३ नम्बरको उडान बेलुका ५ः१५ मा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

दुई दशकअघि नेपाल वायुसेवा निगमले पनि काठमाडौंबाट म्यानमारका लागि उडान भर्ने गरेको थियो । त्यस्तै म्यानमारको यूबीए वायुसेवाले पनि म्यानमार–काठमाडौं उडान भरेको थियो । त्यसपछि उडान रोकिएको म्यानमारमा हिमालयले फेरि उडान भर्न लागेको हो । ‘एसियाली क्षेत्रमा नेपालको बढ्दो हवाई सम्पर्कले नेपाली पर्यटन उद्योगमा टेवा पु¥याउने हाम्रो प्रतिबद्धतालाई अर्को कोसेढुंगाको रूपमा थप्न पाउँदा हामी अत्यन्तै उत्साही छौं’, हिमालयका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, ‘काठमाडौं–याङगुन हवाई यात्राको सुरुवातसँगै हिमालयले नेपाल र म्यानमारका यात्रुलाई लक्षित गरी आफ्नो सञ्जाल विस्तारमा लाग्नेछौं ।’ नेपाली भाषी र बुद्ध धर्माबलम्बी पनि त्यत्तिकै मात्रामा रहेको म्यानमारमा हिमालयको प्रत्यक्ष उडानपछि त्यहाँबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा लिइएको छ ।

नेपाल–चीन सँयुक्त लगानीमा सञ्चालित हिमालयको चौथो गन्तव्य म्यानमार हो । यसअघि हिमालयले कतारको दोहा, श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा उडान गरिरहेको छ । हिमाललयले जेठदेखि कतारको दोहा र असोजदेखि श्रीलंकाको कोलम्बो र एक महिना अघिदेखि मलेसियामा उडान सुरु गरेको थियो । अबका दिनमा हिमालयले साउदी अरबको दमाम, हङकङ, दिल्ली, अहमदावाद र चेन्नाई र दोस्रो चरणमा दुवई, बैंकक, बेइजिङ, ल्हासा र चेंदगुमा उडान भर्ने योजना बनाएको छ ।

हिमालयले आगामी पाँच वर्षभित्र १५ वटा जहाज ल्याएर काठमाडौंबाट एसियाका विभिन्न गन्तव्य तथा अन्य मुलुकका विभिन्न सहरमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । हिमालयले केही समयपछि लामो दुरी उडान भर्ने ए३३० सिरिजका जहाज ल्याएर जापान, कोरिया, युरोप, अस्ट्रेलिया र अमेरिकाका लागि उडान भर्ने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.