जो हिउँमा कोरिएको नाम होइन

जो हिउँमा कोरिएको नाम होइन

‘हामीले
लेखेर आएका छौं
हिउँमा आ-आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरू
एक छिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा–रहँदै
नरहने हाम्रा नामहरू
हामी नरहँदा
कसरी रहलान् हाम्रा नामहरू !
हामीले
लेखेर आएका छौं
हिउँमा आ-आफ्ना नामहरू’

झन्डै दुुई दशकअघि, पोखराका दुुई कवि पञ्चासेबाट पोखरा फर्कंदै गर्दा बाटोमा निकै बाक्लो हिउँ परेको थियो । हिमपातग्रस्त ओरालोमा टेक्दै हिँडेको लठ्ठीले हिउँ कोतरेर एउटा सिख्रो रूखको फेद अघिल्तिर फाकटमा एकजना कविले अर्का कवि साथीको नाम लेखे र त्यसैको पछिल्तिर उभ्याएर उनको तस्बिर कैद गरे क्यामरामा !

Ishwar-Mani-Adhikari

पोखरा फर्केपछि त्यो सम्झना पटकपटक ऐंठन बनिआयो तस्बिर खिच्ने कविको दिमागमा । अनि जन्मिन पुुग्यो माथिको कविता । हिउँमा लेखिएको नाम र तस्बिर थियो, कवि सरुभक्तको र फोटोग्राफर थिए कवि तीर्थ श्रेष्ठ । कवि तीर्थ श्रेष्ठको उक्त कविता या त्यसको रचना गर्भ जे जस्तो भए पनि अहिले नेपाली कवितामा यी दुुवै नाम अजर अमर भएका छन्, सम्मानित भएका छन् । अझ, यसरी भनौं, नेपाली समकालीन कविताले गर्व गर्ने नामहरू भएका छन् यी नामहरू ।

०००
यहाँ भने त्यही हिउँमा लेखिएको नामको फोटो खिच्ने कविको चर्चा हुुँदैछ । के अब तीर्थ श्रेष्ठ, कुुनै एक व्यक्तिको नाममात्रै हो त ? के यो कुुनै एक कविको नाम मात्रै हो त ? अहँ, दुुवै होइन ! यो नाम आफैंमा एक सुुन्दर र सशक्त कविता हो । आफैंमा अनेकन् संघसंस्थाहरूको समष्टिगत स्वरूप हो । एउटा सार्थक र जीवन्त जीवन पद्धति हो ।

०००
पोखराको परिचयसँगै जोडिएको एउटा प्रिय नाम, एउटा आदर्श मान्छे, जसले सानैमा आमा गुुमाए अनि बाबाको जन्ती जानेसमेत सौभाग्य पाए र अझै त्यस्तो भाग्यमानी जसले दुुईदुुई पटकसम्म आफ्नै मलामी पनि देखे र मृत्युुसित लगभग साक्षात्कार भएर, मृत्युुलाई नै जितेर फर्के, उनैबारे लेख्नुु या बोल्नुु एउटा प्रीतिकर चुुनौती हो मेरा लागि । मलाई राम्रै थाहा छ, उनको चर्चा जहाँनेरबाट सुुरु गरे पनि अगाडि थुुप्रै छुुट्छ । जहाँनेर रोके पनि पछाडि त्यत्तिकै छुुट्छ । र, केवल बन्नपुुग्छ छिट्फुुट चर्चा । त्यही छिट्फुुट चर्चामात्रै छ यहाँ । यहाँ प्रस्तुुतभन्दा त छुुटेका प्रसंगहरू हजारौं गुुणा बढी छन् र महत्वपूर्ण पनि छन् ।

०००

अहँ, मलाई यकिन छैन, मैले कुुन दिन देखेँ नजिकैबाट उनलाई । तर उनलाई नचिन्दै उनका पोस्टर टाँसेको याद ताजै छ जतिबेला म एउटा फुुच्चे कार्यकर्ताका रूपमा सक्रिय थिएँ विद्यार्थी राजनीतिमा र उनी तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसको तर्फबाट उपप्रधानपञ्चको उम्मेदवार थिए, पोखरा नगर पञ्चायतमा । पोखराका चोकचोकमा उनको भाषण सुुनिन्थ्यो । नजानिँदो नेवारी लवज र कताकति तोतेतोते जस्तो लागे पनि मज्जा आउँथ्यो भाषण सुुन्दा । साहित्यिक, वैचारिक र दार्शनिक दृष्टिकोणले सचेत उनका जोसिला भाषण मैले झन्डै तीन दशकअघि सुुनेको रहेछुु । त्यसताका म जस्ता धेरै विद्यार्थी साथीहरूले मन पराउने राम्रो वक्ता र नेताको नाम थियो- तीर्थ श्रेष्ठ । त्यही बाटो नछोडी हिँडिरहेको भए कहाँ पुुग्थे होलान् अहिले उनी ? त्यो त म अनुुमान गर्न सक्दिनँ, तर यति चाहिँ ठोकुुवा गर्न सक्छुु,– आज जहाँ छन् त्यहाँ पक्कै भेटिने थिएनन् ।

कवि लेखकका जीवनमा प्रेमका उतारचढाव र पिउने प्रसंगका किस्साहरू पनि मिस्सिएर आउँछन्, तीमध्ये पिउने प्रसंगमात्रै कोट्याऊँ होला यहाँ । यी भूतपूर्व पियक्कड कविका थुुप्रै अभूतपूर्व किस्साहरू थाहा छ उनका दामलीहरूलाई, जसले उनलाई तीर्थ, तीर्थे, पासा या अरू केही भन्ने सामथ्र्य राख्छन् ! मैले त बस् उनीहरूबाटै सुुनेको हुुँ, केही किस्साहरू । एक जमाना थियो रे, जुुन बेला साँझ होस् र तीर्थ श्रेष्ठले कत्ति पनि नपिएको होस्, सम्भव हुुँदैनथ्यो !

तर, अहिले समय बदलिएको छ, उनले पिउन मिल्ने कोटा सायद उहिल्यै भ्याइयो होला । अहिले उनी बदलिएका छन्, अथवा भनूँ स्वास्थ्यले बदलिन बाध्य बनाएको छ । नत्र त कुुनै बेला बास बसेको होटेलमा रक्सी सकिएर रातिहुुँदो गाउँमा रक्सी खोज्न जाँदा, गाउँलेहरूले भन्थे रे, ‘हैन कति छिट्टै रक्सी सकियो हँ तिमेरुकोमा ? कि, पोखराबाट तीर्थ श्रेष्ठहरू आए ? ’ यस्ता किस्साहरू प्रशस्तै छन् उनका दामलीहरूसित । तर पनि उनका रंगीन साँझका बसाइहरू प्रायः लेखकीय ऊर्जा या महत्वपूर्ण उपलब्धि लिएर आउथे । उनको जीवनको लामो कालखण्डको सहयात्री पोखरेली युुवा सांस्कृतिक परिवारका महत्वपूर्ण निर्णय तथा त्यसको कार्यान्वयनमा पनि त्यस्ता बसाइहरूको अर्थ छ, चाहे त्यो भूपिस्मृति ग्रन्थ प्रकाशनको प्रसँग होस्, या चन्द्रलक्ष्मी सिर्जनाग्रामको कुुरा नै किन नहोस् ।

०००

भाषा, धर्म, दर्शन, साहित्य, खेलकुुद, कला, संगीत, संकृति या परम्परासँग जोडिएका कुुनै पनि विषयका बारेमा या पोखरासँग जोडिएका प्रसंगबारे जानकारी चाहिँदा अथवा बोल्ने वक्ता चाहिँदा गुुगल गरिने नाम हो, तीर्थ श्रेष्ठ । मलाई त लाग्छ उनी एउटा अवैतनिक सदाबहार कन्सल्टेन्सीजस्तै हुुन् पोखरामा । जो आफ्ना बारेमा कम सोच्छन्, अझ आफ्नै लागि त झनै कम सोच्छन् । अरूकै र खासगरी सामाजिक काम गर्दा खुुसी हुुन्छन् । यतिसम्म कि, मैले उनकोमा निम्तो पत्रको नमुुना, सम्मानपत्रको भाषा, कार्यक्रमका ब्यानरदेखि भाषणको टिपोटका लागि जानेहरूको लामै लर्को देखेको छुु ।

साँच्चै त्यो सिर्जनात्मक समय लेखनमै लगाउन पाएको भए कस्तो सुुन्दर हुुँदो हो ! यो, उनलाई पनि थाहा छ तर उनी हुुन्न भन्न पनि सक्दैनन् । सायद त्यही भएर उनी, उनी भएका छन्, अधिकांशका प्रिय भएका छन् र तीर्थ श्रेष्ठ भएका छन् । उनको यो पाटो पनि भुुल्न सकिन्न । त्यसैले त लाग्छ, कतिपय समय यस्तो पनि आयो होला, उनले आफ्नो सम्मानपत्रको व्यहोरा आफैले लेख्न परेको होस् ।

यसरी, खुुद्रा सटहीमा आफूलाई खर्चिनुु, त्यसैमा रम्नुु र रमाउनुु उनको कमजोरी पनि हो र सँगसँगै महानता पनि । यति हुुँदाहुुँदै पनि उनको लेखकीय ऊर्जा र यात्रा अनवरत चलिरहेछ, आज पनि उनि उत्तिकै सक्रिय छन् अध्ययन, सिर्जना र सामाजिक कार्यहरूमा ।यिनै र यस्तै प्रसंगहरूले तीर्थ श्रेष्ठलाई बनाएको छ । त्यसैले पनि तीर्थ श्रेष्ठ केवल नाम होइन । हिउँमा कोरिएको नाम त हुुँदै होइन । तीर्र्थ श्रेष्ठ अनेकन् परिचयको समष्टि सम्बोधन हो ।

०००

आधा दर्जन जति कृति प्रकाशित गरिसकेका उनका त्योभन्दा बढीको संख्यामा प्रकाशन गर्न मिल्ने उत्कृष्ट पाण्डुुलिपिहरू थन्किएर बसेका छन् । छरिएका आलेखहरू, लेखिएका र लेख्न बाँकी संस्मरणहरू, जो उनी सुुनाउँछन् रोचक ढंगले हाम्रा बसाइहरूमा छरिएर बसेका छन् । उनी आफंैले विभिन्न नाममा लेखेका वैचारिक राजनीतिक तथा अन्य स्तम्भहरू, उनीभित्र रहेको अथाह ज्ञान र अनुुभवका पाटाहरू खै कहिले आउलान् व्यवस्थित तवरले बाहिर ! अझै, उनले लेख्न चाहेको कथावस्तुुको सेरोफेरोका आख्यानहरूको चर्चा छ जतिबेला पनि बजारमा तर खै उनले लेख्न चाहेको आख्यान के भयो होला ? कतै उनको त्यो चाहना, चाहनामा मात्रै सीमित हुुने त हैन ? त्यस्तो नभइदिए हुुन्थ्यो । संघसंस्थाहरूको सञ्चालन र व्यवस्थापनमा एक कुुशल व्यवस्थापक, संगठक र नेतृत्वकर्ता उनी आफ्नै कृतिहरूको प्रकाशकीय व्यवस्थापनमा भने अलिक फिका लाग्छ मलाई । समय व्यवस्थापनमा त सचेत लाग्छ तैपनि उनले आफ्नो प्राथमिकताको पहिचानमा ख्याल पुुर्‍याएनन् कि ? उनका आफन्त, साथीसंगी तथा भाइछोराहरूको साझा चिन्ताको विषय हो यो ।

०००

प्रायः बसाइहरूमा आफ्नो चित्त दुुखाउने आफ्ना केही निकटवर्ती मित्रहरूबारे पनि खुुलेरै कुुरा गर्छन्, त्यो सुुन्दा त लाग्छ, उनीभित्र पनि आफ्ना आफन्त तथा निकटवर्तीहरूले दिएको अथाह पीडा छ, नजानिँदो टकराव पनि छ । बदलामा उनी आफूले सकेको सघाउँछन्, आवश्यक पर्दा बचावटमा ढाल बनेर पनि उभिन्छन् । चित्त दुुखाउनेहरूसँगको उनको चित्त दुुखाइ पनि कर्कलाको पातको पानी जस्तै छ । यो सम्झँदा लाग्छ, तीर्थ श्रेष्ठ भन्ने मान्छेको मन पनि विचित्रको छ ।

अहिले बजारमा धेरैखाले गुुट र उपगुुट र कित्तामा विभक्त कवि र लेखक छन् भन्ने हल्ला सुुनिन्छ । खोजिपसे सायद मनमा कुुरूप कुुण्ठा र द्वेष पालेर मन जस्तै अथवा त्यसको प्रतिलोम, सुुन्दर र कलात्मक कविता लेख्ने थुुप्रै कवि र लेखक होलान्, तर यी सबैबाट माथि उठेर स्वान्त सुुखाय बाँच्ने कवि तीर्थ श्रेष्ठ, जो नाफाको जिन्दगी बाँचिरहेछन्, अझै अर्थपूर्ण बाँच्न सकून्, अझ धेरैका लागि प्रेरणादायी बाँच्न सकून्, बस् यही कामना पनि छ मेरो ।

उनी सम्बद्ध संघसंस्थाहरू, उनलाई प्राप्त मान पदवी, पुुरस्कार या सम्मानहरू, इतिहासदेखि वर्तमानसम्मका उनका गतिविधिगत सक्रियताहरू, उनको लेखकीय प्रवृित्त, आयाम र आन्दोलनहरूको कान्तीले आलोकित यो पोखरा र उनको पोखराप्रेम दुुवै उत्तिकै महत्वका लाग्छ मलाई । उनको कविताको गुुरुत्वले तानिएर मुुलुुक तथा मुुलुुक बाहिर उनका थुुप्रै एकल तथा सामूहिक कवितावाचन पनि भएका छन् । जहाँ पनि उनका कवितामा पाइने अर्गानिक स्वादको राम्रै प्रशंसा भएको छ । त्यो उनको कविताको शक्ति हो र सामर्थ्य पनि ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.