मेरो डेराबासका दु:ख

मेरो डेराबासका दु:ख

२०२५ सालबाट सुरु भएको मेरो डेरा यात्रा २०३६ सालमा पुग्दा दसौं नम्बरमा पुगेको थियो । लगभग एक वर्ष एउटा डेरामा बसिएछ भन्ने संकेत यसले देखायो । डेरा बसाइका सन्दर्भमा मेरा खास इच्छा थिए— धारा, शौचालयको सुविधा, सफा र शान्त परिवेश, घरभेटीको उचित व्यवहार र सस्तो भाडा । काठमाडौंको परिवेश र साँघुरा गल्लीका डेरामा मेरा इच्छाअनुसारका सुविधा पाउन दुर्लभै थियो त्यो बेला । किनभने धेरैजसो घरमा शौचालय थिएनन् ।

Bhubanhari-Sigdel

गल्लीगल्लीका छेउ नै चर्पीमय थिए । पुराना घरका भर्‍याङमुनि छिँडीमा धानको भुसको थुुुुप्रो हुन्थ्यो । पिसाब लाग्दा त्यही थुुुुप्रोमा तुुुुक्र्याउने र भुसले छोपछाप गर्ने हो । रातबिरात दिसा लाग्दा गल्लीका छेउकुना र आँटिला मानिसले बाग्मती या विष्णुुुुमतीका बगरतिर दगुर्ने हो । मसाने कुकुर र स्यालको आतंकबाट बच्ने साथी नलिई रात–साँझ बगरमा जाने आँट कसैसँग हुँदैनथ्यो । पखाला लाग्यो भने अर्को चौपट । बाटैमा टिर्रा लाग्न के बेर ? त्यस्तो बेला जगेडा पाइन्ट साथमा लिनु अनिवार्य हुन्थ्यो ।

पानीको कुरै नगरौं । कुनैकुनै घरमा धारा थिए । बिहान/बेलुका पानी आउँथ्यो । डेरा बस्नेले खान, पकाउन एक/दुई बाल्टिन पानी धारामा थाप्न पाउँथ्यो । नुहाउन र लुगा धुन धारामा मनाही हुन्थ्यो । त्यसका लागि कहिले सुन्धारा या प्याफल या ढुुुुंगेधारो कहाँ छ, खोज्दै हिँड्नुपथ्र्यो ।भो, यस्ता सानातिना समस्या उठायो भने संस्मरण लामो हुन्छ । डेराकै कुरा गर्दै तीन नम्बरसम्म पुगौं पहिले । एकैपटक १० नम्बरको कुरा गर्दा सन्दर्भ छुट्ने हुनाले नं. १ देखि नं. ३ सम्म डेराको झल्कोमात्र देखाउँछु ।

मेरो १ नम्बर डेरा चिकँमुगलको तमाखु पसलेको घरमा थियो । एउटा कोठाको दुई थरी भाडा भने घरभेटीले । बत्ती नबाल्ने भए मासिक रु. पाँच । बत्ती बाल्ने भए रु. आठ । शौचालयका लागि विष्णुुुुमती र धाराको पानी दिनमा चार बाल्टिनीसम्म पाइने । बत्ती बाल्ने सर्तमा रु. आठ भाडा तिरेर पहिलो डेरामा बसेँ म । एक महिनापछि घरभेटीले सर्त भङ्ग गर्दै भन्यो, ‘राती १० बजेपछि बत्ती बाल्न नपाइने ।’

म एसएलसी परीक्षा दिन डेरामा बसेको ठिटो । बत्ती बाल्न नपाए मेरो पढाइमा बाधा पुग्ने देखेर अरू दुई रात १२ बजेसम्म बत्ती बालेरै पढ्न थालेँ म । तेस्रो दिन राती १० बजे घरभेटीले बिजुलीको मेन स्विच नै बन्द गरिदियो । भोलिपल्ट बिहानैदेखि डेरा खोज्ने कसरतमा लागेँ । चिकँमुगलकै नारायणस्थान पछाडि मानन्धर टोलमा एउटा कोठा फेला पर्यो‍ । खानेपानी छिमेकीको घरबाट ल्याउनुपर्ने, शौचालय उही विष्णुुुुमती, मासिक भाडा रु. आठ । अरू कुरा सोचिएन । नजिकैको परीक्षा हुनाले त्यही दिन म डेरा सरेँ । रिक्सामा सामान हाल्न लाग्दा तमाखु पसलेले गोलभेडा जत्रा आँखा पारेर मलाई घुर्‍यो ।

...

डेरा नं. २ को आतंक बेग्लै छ । घरभेटीकी बूढीआमा सधैं बुुुुइँगलमा बसेर रक्सी बनाउने । उनका तीन छोरा । माहिलो गाडीको काम गरेर बाहिरै बस्ने । कान्छो त्यही घरमा बस्ने, बिहे भएको जेठो छोरो चालिस पैंतालीसको, झिल्के । ऊ १० बजे खाना खाएर सेता नैनसुतका कमिज सुरुवाल, टिलिक्क टल्किने काला जुत्ता, कालै चस्मा लगाएर घरबाट निस्कने । उसको कपाल पनि कालै, त्यसमाथि तेल दलेर सर्लक्क तलासेको अनुहार पनि चटक्क मिलेको । बाटामा हिँड्ने ठिटीहरू मर्कीमर्की हेर्थे उसलाई । ऊ कहाँ जान्थ्यो ? के काम गथ्र्यो ? मलाई थाहा भएन । रहँदाबस्दा के थाहा भयो भने ऊ बेलुका ४ बजे घरमा फर्किन्थ्यो । निउँ झिकीझिकी स्वास्नीलाई पिट्थ्यो । आठ वर्षभित्रका दुई छोरी र एउटा छोरो थियो ती दम्पतीको ।

बाटामा हिँड्ने ठिटीहरू मर्कीमर्की हेर्थे उसलाई । ऊ बेलुका ४ बजे घर फर्किन्थ्यो । निउँ झिकीझिकी स्वास्नीलाई पिट्थ्यो । पिटापिट आधा घन्टासम्म चल्थ्यो । दुवै लोग्नेस्वास्नी मुख छोडेर एकले अर्कोलाई सत्तोसराप गर्थे ।

बाबुुुुआमाको हात हालाहाल भएपछि ती भुरा दगुर्दै कहिले मेरो कोठामा र कहिले बुुुुइँगलकी हजुरआमासँग लुक्न पुग्थे । त्यो पिटापिट आधा घन्टासम्म चल्थ्यो । दुवै लोग्नेस्वास्नी मुख छोडेर एकले अर्कोलाई सत्तोसराप गर्थे । तिनको झगडा सुन्न नसकेर होला, आफ्ना झ्याल बन्द गर्थे छिमेकीले । पाँच बज्दानबज्दै तिनको लडाइँ सकिन्थ्यो । स्वास्नी दलानमा निस्केर रुन्थी । लोग्ने फेरि घरबाहिर निस्केको देखिन्थ्यो । कति बजे घरमा आउँथ्यो । म चालै पाउन्नथेँ ।

तिनका झगडातिर ध्यान दिनुको सट्टा आफ्नै पढाइको चापमा थिएँ म । मेरो एसएलसीको परीक्षा कसैगरी सकिन्थ्यो तर ती लोग्नेस्वास्नीको झगडा भने सकिएन । अब यस्ता धोका नपरून् भनेर ३ नं. डेरा खोज्न थालिसकेको थिएँ म । कोठा फेला पर्‍यो-कविराजको घर, एक तलामाथि, ठूलो कोठा, कलात्मक दुईवटा आँखीझ्यालमात्र भएको, अलि अँध्यारो भए पनि बत्ती बाल्न रोक नभएको छिँडीमा धारो, चर्पी भएको, मासिक भाडा भने १२ रुपियाँ ट्याक्कै ।

मेरो हैसियतले योभन्दा सुविधासम्पन्न डेराको विकल्प सोच्ने कुरै आएन । भाडा महँगै भए पनि सुविधा छ नि भन्ने सोचेर डेरा नं. तीनमा सरिहालेँ । मामाका छोरा श्रीराम र म त्यो डेरामा बस्ने भयौं । भोलिपल्ट बिहान आरामसँग उठेर छिँडीमा झर्न लाग्दा श्रीरामले भने, ‘भान्दाइ ! छिँडी अँध्यारो छ । मैनबत्ती र सलाई लिएर जानू है ! तल खतरा छ ।’ त्यति महँगो भाडा तिरेर बसेको, यस्तो सुविधासम्पन्न घरमा यो खतरा कस्तो हो ? मनमा कुरा खेलाउँदै हातमा मैन र सलाई लिएर भर्‍याङ झरेँ । अँध्यारोमा झिर्र सलाई कोरेँ । केटीको आवाज आयो, ‘ए को हँ ? बत्ती नबाल्नोस् । आमा भित्र हुनुहुन्छ । त्यसपछि मेरो पालो !’

अब पर्‍यो बित्यास । यो पालो कुर्न थालेँ भने मलाई च्यापेको पिसाबले अवश्यै पालो मिच्नेछ भन्ने लागेर म विष्णुुुुमतीको बगरतिर दगुरेँ । तीनवटै कर्म त्यतै–त्यतै सकेँ मैले (दिसा, पिसाब र मुख धुने) त्यो तटर बगरभरि मानिसले बिहान दिसा गर्थे । दिनभरि छाडा छोडिएका सुँगुरले भोजनमा प्रयोग गर्दा बगरमा विष्टा रहँदैनथ्यो । ती सुंगुर पानीमा पस्दैनथे, नदीमा कतै पनि ढल मिसाइएको थिएन । नदीमा सफा पानी नै बगेको देखिन्थ्यो । मुख धुने पानीको स्रोत भने अर्कै थियो ।

नदी किनारमा जताजतै बालुवा नै थियो । यसो सफा बालुवा भएको ठाउँ हेरेर हातैले बालुवा अधिनेर एक बित्ताको खोपिल्टो पारिन्थ्यो । एकैछिनमा भुलुलु पानी आएर खोपिल्टो भरिन्थ्यो । त्यहाँ जाने सबै मानिसले त्यही उपाय गरेर पानी निकाल्थे । हातमुख धुन्थे ।घरैबाट ल्याएको अँगार चपाएर औंलाले दाँत माझ्थेँ । ब्रस र मञ्जनको अलिअलि चलन आइसकेको थियो । त्यसैले कोही कोही ब्रसले नै दाँत माझिरहेका हुन्थे । हातमुख धोएपछि धेरै मानिस त्यही पानीमा सन्ध्या तर्पण गरिरहेका देखिन्थे ।

आफंैले देखी, भोगी, बोहोरी आएको त्यो अवस्था अहिले आफैंलाई हो झै लाग्दैन । विष्णुुुुमतीको किनार कति संकोचमुक्त थियो भने त्यहाँ नारीपुरुष नै जान्थे । आजको जस्तो पेन्ट, कुर्ताको चलन थिएन । सबै आइमाईले धोती (सारी–चोलो) नै लगाउँथे । दिसापिसाब गर्न बगरमा टुुुुक्रुुुुक्क बस्यो । सारीको सप्कोले टाउको ढाक्यो । मुख देखिन्नथ्यो । पछाडिबाट कसले कसलाई चिन्ने ? लोग्नेमान्छेको तरिका भिन्न हुन्थ्यो । टुुुुक्रुुुुक्क बस्दा दुवै हात पिडौंला र तिघ्राले च्यापेर हत्केलाले गुप्तांग ढाक्न सजिलो बनाउँथे । घोसेमुन्टो लाउँथे, पछाडि खुला भएर कसलाई के फरक पर्‍यो ? ती दृश्य साक्षात्कार भएपछि म सोच्थेँ— मानिसको सच्चा लाज अगाडिमात्र हुने रहेछ, पछाडि होइन ।

एउटा चर्को समस्या थियो अर्को । सायद बगरका छाडा सुँगुरलाई ताजा खाद्यको लोभ बढी हुन्थ्यो । मानिस टुुुुक्रुुुुक्क बसेको देख्नासाथ सुँगुरका बथान गुरुरु गदुरेर वरिपरि घाँक्घाँक् र घिँक्घिँक् गर्दै झुुुुम्मिन पुग्थे । जोधा खाले सुँगुर त पछाडिपट्टि थुुुुतुुुुनो जोत्नै आउँथे । तिनका डरले अलि परतिर पन्छिनुपथ्र्यो । त्यो मल हसुर्न तिनले हारालुछ नै गर्थे । यति धेरै रोमाञ्चकारी शौचक्षेत्र छाडेर कविराजको चर्पीमा को पालो कुराइ गरिरहोस् ।

रहँदाबस्दा थाहा भयो, कविराजको चालित चर्पी रहेछ । अचम्म लाग्ला, चालित चर्पी कस्तो हुन्छ ? हो त्यो टिनको चर्पी थियो । टिनकै हाराहारी पारेर दुईतिर इँटाको चाँङ लगाइएको । तिनै इँटमाथि बसेर टिनमा दिसा गर्नुपर्ने । त्यहाँ बस्दा यति चर्को गन्ध प्रवाह हुन्थ्यो, मानौं पिनासले टालिएका नासिकारन्ध्र समेत खुल्थे । इँटामाथि टेक्दा चाङ हल्लिन्थ्यो । सन्तुुुुलन बिग्रेर कदाचित् लडियो भने कुन हालत हुने हो ?

मानिसकै हाराहारीका तीनवटा काठको त्रिकुटी बनाएर वरिपरि पातलो भांग्रो बेरेर ढाकिएको थियो । त्यो भांग्रो पनि ठाउँठाउँमा भ्वाङ परेकाले दिसा आसनमा बस्नुअघि हातको लोटा एउटा हातले अँठ्याएर मैन निभाउनुपथ्र्यो । त्यो मैन बालिरहँदा बाहिर पालो कुर्ने पात्रले भित्रको मञ्चन छर्लंगै देख्थ्यो । अर्को खतरा पनि त्यहाँ थियो । बिनाबत्ती चर्पीस्थल प्रवेश गर्नै सकिन्नथ्यो । असावधानी भएर हातको बत्ती झुुुुत्रो बोरामा जोतियो भने महाभारतको लाक्षागृहझैं भष्म हुन के बेर ? यति सावधानी र सुरक्षा अपनाएर आसन ग्रहण गरेपछि बाह्य हस्तक्षेपबाट खङ्खङ् खोक्दा सुरसाका मुखमा हनुमान पसेझैं अनिकालग्रस्त लामखुट्टे पस्ने नै भए ।

यति धेरै झन्झट सहेर त्यो चर्पी प्रयोग गर्नुभन्दा हजार गुना सहज चर्पी त्यही नदीको बगर बन्यो मेरो ।दिउँसै बत्ती बालेर बस्नुपर्ने अँध्यारो कोठा र चर्पी आतंकले गर्दा त्यो डेरा पनि स्थायी हुने छाँट देखिएन । २०२६ सालको कुरो, म त्रिचन्द्र कलेजमा पढ्दै थिएँ । आईएको हाफ एयर्ली परीक्षा नजिकै थियो । म काठमाडौंको सुदूर काँठ, दहचोकमा घर भएको मानिस थिएँ । त्यो बेला आजको जस्तो बाटोघाटो र यातायात सुविधा थिएन । नैकाप, स्युुुुचाटारसम्मका यस्ता डेरावाल शुक्रबारको काम सकेर आआफ्ना घर जान्थे । शनिबार घरका कामकाज गर्थे । आइतबार बिहान सात दिनको सामल र खर्च लिएर फेरि डेरामै आउँथे । यसरी सात दिनको लागि पोका बोकेर डेरामा आउने मानिसलाई पोके काँठे भनिन्थ्यो । म पनि यही पोके काँठे हुँ ।त्यो बेला काँठेको वर्गीकरण थियो पाँच नामले– लौरी काँठे, डोके काँठे, पोके काँठे, गु काँठे र सुन काँठे । ती कुन कुन क्षेत्र थियो ? यो कुरा नभनूँ, कसैलाई मर्का पर्नसक्छ । म मेरै स्मृतिका कुरा गर्छु यहाँ ।

म डेरा नं. ३ को चर्पीको प्रसंगमा थिएँ । यस्ता चालित चर्पी घरमा राखेका व्यक्ति र चर्पी उठाउने व्यक्तिबीच सम्झौता हुने रहेछ । घरधनीले मासिक रु. दश दिएपछि उठाउने मानिसले भरिएको टिन उठाई खाली टिन राखेर जाने रहेछ । त्यो गुहु उसले तरकारी खेती गर्ने किसानलाई बेच्ने रहेछ । उसलाई दोहोरो फाइदा भयो । किसानले त्यो गुहु डाडुुुुले झिक्दै काउलीका फेद–फेदमा हालेपछि काउली मौलाउने रहेछ । हुन पनि काउली भयानकै हुन्थ्यो काठमाडौंमा । एक मोहोरमा पाइने त्यस्तो घ्वाँक्के एउटा काउली किनेपछि ६ दिनसम्म आलु मिसाउँदै तरकारी पकाउँथेँ म । सात दिनको निम्ति आमोईले पाँच रुपियाँ दिनुहुन्थ्यो मलाई । त्यो पैसाले तरकारी, नुन तेल, मरमसला, साबुुुुन, स्टोभ बाल्ने मट्टितेल सबै पुर्‍याएर शुक्रबार बेलुका ट्रक चढेर थानकोट पुग्न लाग्ने भाडा एक सुका बचाउनुपथ्र्यो ।

परीक्षाको समय हुनाले साथी श्रीराम र म त्यो हप्ताको शुक्रबार घर गएनौं । शनिबार बिहान श्रीरामले भने, ‘आ भान्दाइ ! कति खाने आलु–काउलीमात्र । मसँग पैसा छ । चार रुपियाँको दुई पाउ खसीको मासु म किनेर ल्याउँछु है ? ’ मैले सहमति दिएँ । उनले मासु ल्याए । मैले मासुभात पकाएँ । १० बजेको समय थियो । एकछिन खाना सेलाओस् भनेर हामी अलमल गर्दै थियौं । तल छिँडीमा भाक्भाक् र भुक्भुक गरेको आवाज आयो । मानिस झगडा गरेजस्तो पनि सुनियो । माथिल्लो तलाबाट ‘ए के भएको हँ ? ’ भन्दै कविराज तलतिर झरे । खन्द्राम्म मानिस पछारिएको जस्तो आवाज आयो ।

हत्तपत्त ढोका खोलेर श्रीराम र म भर्‍याङको छेउमा पुगेका मात्रै थियौं, डुुुुङडुुुुङ गनाउँदै कविराज ‘सत्यानास गरिहाले नि राँडाका छोराले’ भन्दै भर्‍याङमाथि पुगे । हामीले झुुुुलुक्क देख्यौं उनको धोतीभरि गुहु नै गुहु लतपतिएको थियो । घरभरि उग्र गन्ध फैलियो । अब खाएन के मासुभात ! हामीले हत्तपत्त लुगा लगायौं । ढोकामा ताल्चा मारेर तल झर्दा देख्यौं– गुहुको टिन ढलेको र त्यसैको रैमट्ट छिँडीभरि छ्यालब्याल थियो । त्यो रौरव फड्केर हामी बाहिरतिर सुइँकुच्चा ठोक्यौं ।

न्युुुुरोडको भूगोलपार्कमा आएर धेरै बेर बस्यौं हामी । हामी दुवैका पेटमा भोक र मुखमा दिगमिग मडारिइरह्यो । २ बजेतिर ‘यति भोजनालय’मा पसेर आधाआधा प्लेट भात मागेर वाक्कवाक्क गर्दै निल्यौं । डेरामा त जानै थियो । साँझसाँझ डेराभित्र पस्यौं । घर सफा गरेर चोख्याइएछ । फिनेल छरेर गन्ध मार्ने काम भएछ । हाम्रो दिमागमा भने बिहानकै आतंक यथावत् फैलिएको थियो । श्रीरामले बिहानको मासुभात लगेर बाहिरतिर फाले । त्यो रात हामी भोकै सुत्यौं ।

बिहान केको झगडा हो ? भनेर घरभेटीका छोराले हामीलाई सुनाए, ‘बिहान सम्झौता गरिएको मानिस होइन, अर्कै गुहु चोर भित्र पसेर टिन उठाउन लागेछ । ठ्याक्क त्यै बेला गुहु उठाउने सक्कली मानिस पनि भित्र पसेछ । ती दुईबीच हातपात हुँदा टिन ढलेछ । बाबा तल आउनुभएपछि दुबै कुलेलम ठोकेछन् । बाबा त्यसैमा चिप्लिएर पछारिनुभएछ । दिनभरि घरमा त बिजोगै भयो नि !’

डेरा पर्व यत्तिकैमा समाप्त भएन मेरो । म भरखर डेरा नं. ३ सम्म आएँ । १२ वर्षको अवधिमा मैले १० वटा डेरा फेरेँ । यसपछिका डेरा बसाइमा झन् साह्रै मार्मिक घटना घटे । साह्रै दिक्क लागेर २०३६ सालदेखि डेराको मोह नै छाडिदिएँ मैले ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.