पहिलो नेपाली लाहुरे

पहिलो नेपाली लाहुरे

नेपाल–अंग्रेज युद्ध (विसं १८७१–७२) पछि सो युद्ध लडेका कतिपय नेपाली सेना पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन लाहोर पुुुुगे । ‘लाहोर’ शब्दलाई नेपाली जिब्रोले ‘लाहुर’ उच्चारण गर्‍यो । सेनामा भर्ना हुन लाहोर जानुलाई ‘लाहुर जान’ भन्न थालियो । अनि त्यहाँ जानेलाई भन्न थालियो ‘लाहुरे’ । विगत दुई सय वर्षदेखिको लाहुर जाने परम्परा अहिले पनि कायमै छ । हाल पाकिस्तानमा पर्ने लाहोरतिर नभई ब्रिटिस गोर्खा र भारतीय गोर्खा सेनामा भर्ना हुन जानुलाई अहिले पनि लाहुर जानु नै भनिन्छ ।

Rajkumar-Dikpal

नेपालीमध्ये लाहुर जाने परम्पराको थालनी कोबाट भयो त ? अर्थात् पहिलो नेपाली लाहुरे को हुन् ? यस जिज्ञासाको उत्तरको खोजी गर्दा नालापानी युद्धका वीर सेनापति बलभद्र कुँवरको नाम लिइन्छ । नालापानी युद्धमा हार खाएपछि किल्ला छाडेका उनी सीधै लाहोर गई रणजित सिंहको सेनामा भर्ना भए भन्ने भ्रम लामो समयसम्म रह्यो । उनी नालापानी युद्धपछि सीधै लाहोर गएका हुन् भन्ने धारणा खण्डित भइसकेको छ ।

बुुुुद्धिलाल भण्डारीद्वारा लिखित ‘राष्ट्र निर्माणका केही योद्धाहरू’ (२०५०:१००) मा प्रकाशित भएको विसं १८७३ माघ सुुुुदि १३ रोज ६ मा सरदार जगदेउ भण्डारीका नाममा जारी रुक्कामा उनका ठाउँमा बलभद्र कुँवरलाई पठाइएको र जगदेउलाई फिर्ता बोलाइएको बेहोरा उल्लेख भएको इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णांक ९९ (आश्विन २०५७:६३–६४)मा उद्धृत गरिएको छ । सोही पूर्णांकमा काठमाडौं भद्रकालीको गुठी लगत तथा अभिलेख शाखा कार्यालयमा महेशराज पन्तले फेला परेको बलभद्र कुँवरसम्बन्धी अर्को पत्र प्रकाशित गरिएको छ । वि.सं. १८७३ माघ सुुुुदी ६ रोज ५ मा राजा राजेन्द्रविक्रम शाहद्वारा बलभद्र कुँवरलाई सम्बोधन गरिएको उक्त पत्रमा उनको बुुुुवाले दुल्लुुुुमा श्रीइन्द्रज्वाला स्थापना गरेको र त्यसका लागि पाँच मुुुुरीको गुठी स्थापना गरिएको उल्लेख छ ।

यी तथ्यहरूबाट के स्पष्ट हुन्छ भने नालापानीको युद्धमा वीरतापूर्वक लड्दालड्दै बाध्य भएर किल्ला छाडेलगत्तै बलभद्र कुँवर पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन गएका नभई उनी नालापानी युद्धपछि पनि नेपाली सेनामै सेवारत रहेको स्पष्ट हुन आउँछ ।

मामाको सम्पर्कबाट लाहुर

युद्धबाट फर्केपछि पनि बलभद्रले जिम्मेवारी पाएकै देखिन्छ । इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ पूर्णांक ३ (कात्तिक २०२१:६४)मा उल्लेख गरेअनुसार विक्रम संवत् १८७१ मंसिर १६ गते राति बलभद्र कुँवरहरू नालापानी किल्ला छाडी बाहिर निस्कन बाध्य भए ।

बलभद्र कुँवरकै सन्तानहरूको धारणाअनुसार पनि बलभद्र कुँवर विक्रम संवत १८७६ सम्म नेपालमै रहेर सैन्य जीवन बिताइरहेका थिए । रामराजा कुँवर र डा. धनबहादुर कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ (२०६९:५१–५२) मा यस्तो तथ्य पढ्न पाइन्छ । यस पुुुुस्तकमा उल्लेख गरिएअनुसार बलभद्रले आफ्ना मामाहरू अर्जुुुुनसिंह र भूपालसिंह थापासँगको भेटपछि अन्य मुुुुलुुुुकमा जाने इच्छा जनाएका थिए । उनले त्यस बेला आफ्ना मामाहरूसँग ‘मुुुुलुुुुकभित्र खुुुुकुुुुरीको सान र अवसर या अवस्था नभएको देखिएकाले अन्य मुुुुलुुुुकमा जाने’ इच्छा देखाएका थिए । यही चाहनाअनुसार उनले विसं १८७६/७७ ताका नेपाली फौजबाट अवकाश लिएका थिए । त्यस बेलाका अधिनायक भीमसेन थापाबाट आफूहरूमाथि उचित दृष्टिकोण नराखेको वा आफूहरूको योगदानको उचित कदर नगरेका कारण बलभद्रले नेपालबाट पलायनको बाटो समातेका हुन सक्छन् । भीमसेन थापा अरू भारदारले भनेको कुुुुराको खासै सुुुुनुवाइ पनि गर्दैनथे ।

भूपालसिंह थापाको तलब दैनिक १८ रुपैयाँ र बलभद्र कुँवरको तलब भने उनको भन्दा आठ रुपैयाँ कम अर्थात् दैनिक १० मात्र भएकाले नेपाली लाहुरेमध्ये बलभद्रभन्दा भूपाल पुुुुराना र वरिष्ठ थिए भन्ने थाहा हुन्छ ।

पञ्जाबको लाहोर प्रस्थान गर्नुअघि सैन्य जीवन छाडी घर आई बसेका दाजुुुु वीरभद्र र भाइ चेतसिंहलाई आफूसमेत अरू धेरैजना पञ्जाबको लाहोरमा जान लागेको जानकारी गराउँदै आफ्ना घरपरिवारको हेरविचार गर्न अनुरोध गरेका थिए । आफ्ना छोराहरू शरणभद्र र केशर सिंहलाई आफ्नी आमासँग बसेर राम्रोसँग पढ्न सम्झाएका थिए । लाहोरमा पुुुुगी त्यहाँका महाराज रणजित सिंहलाई भेट गरेका थिए भन्ने प्रसँग ‘नालापानीका नायक वीर बलभद्र कुँवर’मा पढ्न पाइन्छ ।

बूढाकाजी अमरसिंह थापाका छोरीतिरका नाती हुन् बलभद्र । अमरसिंहकी छोरी अम्बिकादेवी कोखबाट माहिला सन्तानका रूपमा बलभद्रको जन्म विसं १८४६ माघ १७ गते काठमाडौंको प्याफल टोलमा भएको ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ (२०६९:१)मा उल्लेख छ । बलभद्रका बुुुुवाको नाम चन्द्रवीर हो । तर, उनकी आमा अम्बिकादेवी अमरसिंह थापाकी कुुुुन पत्नीतिरकी छोरी हुन्, त्योचाहिँ खुुुुल्न सकेको छैन ।

बलभद्र पहिलो लाहुरे होइनन्

‘नालापानीका नायक वीर बलभद्र कुँवर’मा उल्लिखित ‘बलभद्रले आफ्ना मामाहरू अर्जुुुुनसिंह र भूपालसिंह थापासँगको भेटपछि अन्य मुुुुलुुुुकमा जाने इच्छा जनाएका थिए’ भन्ने प्रसंग स्मरणीय छ, बलभद्र पहिलो लाहुरे हुन् वा होइनन् भन्ने सन्दर्भमा । यस प्रसंगबाट बलभद्रलाई उनका मामाहरू अर्जुुुुनसिंह र भूपालसिंहले लाहुर जान उत्प्रेरित गरेका थिए वा उनीहरूले नै आफ्ना भान्जा बलभद्रलाई पनि आफूहरूजस्तै लाहुरे बनाए भन्ने अनुमान गर्न सकिन्छ ।

बलभद्र कुँवर पहिलो नेपाली लाहुरे होइनन् भन्ने तर्कका लागि अन्य केही विचारणीय पक्ष यहाँ प्रस्तुुुुत गरिन्छ:

इतिहासकार दिनेशराज पन्तले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णांक ५ (वैशाख २०२२:६४) मा प्रकाशित गरेको ‘लाहोरमा नेपाली वीरहरू’ शीर्षकको लेखमा ‘अमरसिंह थापाको छोरा भूपालसिंह थापामार्फत नेपालीहरू रणजित सिंहको सेनामा भर्ना हुन्थे’ भन्ने प्रसंग परेको छ । यसलाई पुुुुष्टि गर्न पन्तले प्रकाशित गरेको ऐतिहासिक पत्रमा ‘नोकरी गर्न जान्या पाहाडीहरूले भुुुुपाल थापाको बाटो गरी रंजीत्सींसित हाजिरी हुन्छ. भुुुुपाल थापाले जस्माफिकको अर्घीको हो भनी विंति पार्छ. सोहीमाफिकको दर्जा मिल्छ. एस् कुुुुराको मार्फत भुुुुपाल थापाको तुुुुल्याएको छ’ उल्लेख छ । अर्को पत्रमा रणजित सिंहले भूपालसिंह थापालाई लेखेको पत्रको एउटा अंश पनि निकै स्मरणीय छ । त्यस पत्रमा ‘वर्सात सक्यापछि उम्दा उम्दा सिपाहीहरू दस्तुुुुर बमोजिम जस्मा केही सन्देह छैन. साथ लि त हाम्रा हजुुुुरमा हाजिर होे’ भन्ने आदेश राजा रणजित सिंहले भुुुुपालसिंहलाई दिएका छन् (पूर्णिमा पूर्णांक ५ :६८) ।

यसको सोझो अर्थ पञ्जाबका राजा रणजित सिंहको सेनामा नेपालीहरूलाई भर्नाका लागि लाहोरतिर आकर्षित गर्न भूपालसिंह थापा सम्पर्क व्यक्ति (गल्लावाल) थिए भन्ने स्पष्ट हुन आउँछ । बलभद्रकै सन्तानले उल्लेख गरेको ‘बलभद्रले आफ्ना मामाहरू अर्जुुुुनसिंह र भूपालसिंह थापासँगको भेटपछि अन्य मुुुुलुुुुकमा जाने इच्छा जनाएका थिए’ भन्ने प्रसंग र त्यस बेला भूपालसिंह थापाले पञ्जाबका राजा रणजित सिंहबाट पाएको जिम्मेवारी हेर्दा पनि भूपालसिंह नै बलभद्रभन्दा अघिका लाहुरे थिए र उनैले बलभद्रलाई लाहुर लगेका हुन् भन्ने अनुमानलाई बलियो बनाउँछ ।

तलबको तुुुुलना

पहिले नेपालका सेनालाई जागिरबापत खान्गीका लागि जग्गाजमिन दिने चलन थियो । तर, त्यस बेला पञ्जाबका राजा रणजित सिंहले गोर्खालीहरू र त्यसमा पनि उपल्ला दर्जाका सैन्य अधिकृतलाई आकर्षक तलब नगदमै दिएको देखिन्छ । उनीहरूको कामका आधारमा खुुुुसी हुँदा रणजितले तलब बढाइदिएको पनि देखिन्छ ।

‘पूर्णिमा’को पूर्णांक ५ (वैशाख २०२२: ६५–६९) मा दिनेशराज पन्तद्वारा प्रकाशित लाहोरबाट आएका केही पत्रहरूमा त्यस बेलाका लाहुरेहरूको तलबबारे पनि उल्लेख छ । त्यस बेला अमरसिंह थापाका छोरा भूपालसिंहको तलब सबैभन्दा बढी थियो । उनको तलब पहिले दैनिक १८ रुपैयाँ थियो । तर पछि उनी जुुुुवाको लतमा लागेका र ऋण पनि परेको तथा काममा पनि लापरबाही गरेकाले उनको तलब घटेर दैनिक ११ रुपैयाँमा झर्‍यो । भूपालका दाजुुुु अर्जुुुुनको तलब पहिले दैनिक सात रुपैयाँ थियो र पछि १० रुपैयाँ पुुुुग्यो । उनले जुुुुवाडे लाहुरेहरूलाई ‘कति जुुुुवा खेल्छौ’ भन्दै थप्पड मारेपछि खुुुुसी भएका रणजित सिंहले उनको तलब बढाइदिए । यस्तै अर्जुुुुनका छोराको तलब दैनिक सात रुपैयाँ रहेको पत्रमा खुुुुलेको छ । अर्जुुुुन र भूपाल दुवै कप्तान दर्जामा थिए ।

यता कप्तान बलभद्र कुँवरको तलब पहिले दैनिक १० रुपैयाँ थियो । पछि पाँच रुपैयाँ थपियो र दैनिक १५ रुपैयाँ हुन पुुुुग्यो । उनलाई पुुुुरानो गोर्खाली पल्टनको जिम्मा पनि दिइएको थियो । भूपालसिंह थापाको तलब दैनिक १८ रुपैयाँ रहेको र सुुुुरुमा बलभद्रको तलब भने उनको भन्दा आठ रुपैयाँ कम अर्थात् दैनिक १० मात्र भएको देखिएकाले नेपाली लाहुरेमध्ये बलभद्रभन्दा भूपाल पुुुुराना र वरिष्ठ थिए भन्ने छनक मिल्छ । सामान्यत: पुुुुराना र वरिष्ठको तलब नयाँ र कनिष्ठको भन्दा बढी नै हुन्छ । यसबाट के प्रस्ट हुन आउँछ भने बलभद्रभन्दा भूपालसिंह नै पहिले लाहुर गएका थिए । त्यसैले पनि बलभद्र पहिलो लाहुरे होइनन् ।

अमरसिंह थापाका १० छोरामध्ये अर्जुुुुनसिंह, भूपालसिंह र नाति (अर्जुुुुनसिंहका छोरा) लाहुर गएका देखिन्छन् । इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’को पूर्णांक ५८ (चैत, २०४०:५८)मा प्रकाशित गरेको अमरसिंह थापाको पारिवारिक विवरणअनुसार जेठी पत्नी धर्मावतीबाट शूरवीर, माहिली पत्नी रुद्रावतीबाट जगवीर, साहिँली धर्मदेवीबाट रणध्वज, रणभीम, रणजोर, भक्तवीर, रामदास र नरसिंह छोरा भए । यस्तै सतलज छेउछाउको तत्कालीन एक राज्य बघाटबाट ल्याइएकी कान्छी पत्नी लालवतिका तर्फबाट अर्जुुुुनसिंह र भूपालसिंहको जन्म भएको हो । अमरसिंह थापाले गोसाइँस्थानमा देहत्याग गर्दा उनकी कान्छी पत्नी त्यहीँ सती गएकी थिइन् (पूर्णिमा पूर्णांक ५८:४६) । अमरसिंहले विक्रम संवत् १८७३ साउन सुुुुदी ५ आइतबार गोसाइँस्थानमा देहत्याग गरेका थिए (पूर्णिमा, पूर्णांक ५८:४९) ।

माथिका प्रसंगहरूबाट के निष्कर्षमा पुुुुग्न सकिन्छ भने लाहुर जाने परम्परा बलभद्र कुँवरबाट सुुुुरु भएको होइन । बूढाकाजी अमरसिंह थापाका छोराहरू अर्जुुुुनसिंह थापा र भूपालसिंह थापाहरू पहिले लाहुरे भए । उनीहरूपछि अर्थात् उनीहरूकै सम्पर्कबाट बलभद्र कुँवरले पनि लाहुरको बाटो समातेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.