स्टीभ जब्स र एप्पलबारे रोचक तथ्य

स्टीभ जब्स  र एप्पलबारे रोचक तथ्य

एजेन्सी : स्टीभ जब्सको मोबाइल र कम्‍प्युटर संसारमै चर्चित छ। एप्पल विकास र प्रविधिको दुनियामा सबैभन्दा अगाडि रहेको छ। यही कारण एप्पल कम्पनी सबैभन्दा शक्तिशाली र स्टीभ जब्स प्रतिभाशाली व्यवक्तित्वमा गनिन्छन्। एप्पललाई सफल बनाउन स्टीभ जब्सको सकारातम्क सोच नै महत्वपूर्ण मानिन्छ। स्टीभ जब्स र एप्पलबारे जोडिएका रोचक तथ्यहरु।

१. स्टीभ जब्स जन्मिने बित्तिकै उनलाई पालन पोषणको लागि अरुलाई दिइएको थियो। उनको बुवा सिरियन र आमा अमेरिकन थिइन्।

२. स्टीभ जब्स एउटा अहंकारी व्यक्तिको रुपमा पनि चर्चित छ। सन् १९९३मा उनी अमेरिकाको सबैभन्दा झगडालु र कडा स्वभावको भनेर सूचीकृत थिए।

३. एप्पलले निकोलस सिरेयली ब्लग राइटरमाथि एप्पलबारे झुटो प्रचार गरेको भन्दै मुद्दा हालेका थिए।

४. स्टीभ जब्सले प्रत्येक साना भन्दा साना डिजाइनलाई ध्यान दिएर हेर्ने गर्दथे। एक दिन उनले गुगललको इन्जिनियरलाई बोलाएर भने, ' म आइफोनमा गुगलको लोगो हेरिरहेको छु। र त्यो आइकनको साथ खुशी छैन। गुगलमा 'ओ' ढल्किएको ठीक देखिएको छैन।'

५.एप्पल कमपनीले प्रतिसेकेण्ड १० वटा आइओएस बिक्रि गर्छ।

६. एप्पलको पहिलो लोगो अहिलेको जस्तो थिएन। पहिलो लोगोमा सर आइज्याक न्यूटन एउटा रुखमुनि बसेको देखाइएको थियो, माथिबाट एउटा स्याउ उनको टाउकोमाथि खसिरहेको थियो।

७. पहिलो एप्पल कम्प्युटर १ थियो, जुन सन् १९७६ मा बनाइएको थियो। यसको मूल्यु ६ सय ६६.६६ राखिएको थियो। त्यतिबेला मात्र २० कम्प्युपटर बनाइए थियो।

८. फिल्मब 'एनीह्वे्यर बट हियर' उनको बहिनीद्वारा लिखित किताबमा आधारित छ, जसमा स्टीभ जब्सको बारेमा लेखिएको छ।
९. स्टीभ जब्सलाई सन् २००३मा थाहा भयो की उनलाई आमाशयको क्यान्सर छ। डाक्टरले उनलाई अपरेशन गर्न भनेपछि उनले डाक्टरको सल्लाह नमानेर चिकित्सक पद्धति, शाकाहारी भोजन, एक्यूपंकचर तथा हर्बलको उपचार गराएका थिए।

१०. नौ महिनापछि उनले अपरेशन गराए तर पछि क्यान्सर अन्तिम चरणमा पुगिसकेको थियो।

११.एप्पल, माइक्रोसफ्ट तथा डिज्नी एप्पलले जब्सको मृत्युमा आफ्नो झण्डालाई आधा झुकाएको थियो।

१२. आइतबार अक्टोबर १६ सन २०११मा क्यालिफोर्नियाको सरकारद्वारा स्टीभ जब्स डे घोषणा गरेको थियो।

१३. ५ अक्टोबर सन् २०११को एप्पलले सह-संस्थापकको निधन भएको घोषणा गरेको थियो। उनी त्यतिबेला ५६ वर्षका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.