न्यायको आशामा प्रवर्द्धकहरू

न्यायको आशामा प्रवर्द्धकहरू

विद्युत् ऐन, २०४९ ले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) र उत्पादन अनुमति पत्र जारीदेखि खारेजीसम्मका सम्पूर्ण कारबाही गर्ने अधिकार ऊर्जा सचिवलाई दिएको छ । तर सचिवले गरेको कारबाहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतमा हस्तक्षेप गरिदिँदा धेरैको बिल्लीबाठ भएको छ । अख्तियारले काबेली ‘ए’ लगायतका १४ वटा जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने निर्देशन ऊर्जा मन्त्रालयलाई दिएपछि माथि उठ्न खोजेको यो क्षेत्र (विशेष गरेर जलविद्युत्मा निजी क्षेत्र) मा ठूलो धक्का लाग्न पुग्यो ।

Bikash-Thapa_1

सामान्य व्यावहारिक निर्णय गर्न विद्युत् विकास विभाग र ऊर्जा मन्त्रालयका कर्मचारी डराउन थाले । कहाँसम्म भने विभागमा लाइसेन्स जारी गर्ने महाशाखा तथा शाखामा बसेर काम गर्न कर्मचारी नमान्ने भए । यसको सीधा असर पहिले प्रवद्र्धकलाई पर्‍यो, त्यसपछि यसको उत्पादन हुने प्रक्रिया ठप्प रह्यो । सर्वाेच्च अदालतले बारम्बार लाइसेन्स नियमन गर्ने अख्तियार प्राप्त निकाय ऊर्जा मन्त्रालय हो भन्दा पनि अख्तियारले सर्वाेच्चका नजिरहरूलाई कुल्चिदियो र धमाधम निर्देशनहरू जारी गर्ने प्रक्रिया रोकिएन । काबेली ‘ए’ मा चाहिँ विश्व बैंकको लगानी हुन लागेको भनेर ऊर्जा मन्त्रालयले केही गरेन, बाँकी निर्देशित आयोजनाहरूका सम्बन्धमा खारेजै गर्‍यो ।

खारेजमा परेकाहरूमध्ये कोही शक्ति निकायमार्फत विद्युत् ऐनको दफा ३५ बमोजिम करारनामा गरी ब्युँतिए । शक्ति केन्द्रसित साइनो नभएकामध्ये कोही रन्थनिए, कोही सर्वाेच्चको ढोका ढकढक्याउन पुगे । सर्वाेच्च पुगेका ६ वटा आयोजनामध्ये दुईवटालाई पूर्णरूपमा बहाली गर्ने आदेश भयो भने चारवटाका सम्बन्धमा काइते आदेश गरियो । अख्तियारले दिएको निर्देशन सर्वथा अनुचित हो, लाइसेन्सउपर जे कारबाही गर्नुपर्छ (दिने वा नदिने) मन्त्रालयले नै गरोस् भन्ने आशयको आदेश आयो । यही आदेशले पुनः मन्त्रालयले खेल्ने अवसर पायो । छहरे खोला आयोजनाका सन्दर्भमा त्यही सर्वाेच्चले मन्त्रालयलाई परमादेश दिएर थमौती गरिदियो । अख्तियारको निर्देशनले सर्वस्व गुम्यो भन्दै पुगेको चार पीडित आयोजनालाई पुनः मन्त्रालय नै तजबिजी निर्णय गर्न सक्ने गरी पुर्‍याइयो । अब मन्त्रालयले कहिले निर्णय गर्ने हो, गरे पनि न्यायोचित हुने हो कि होइन जस्ता प्रश्न प्रतीक्षाका विषय भए । अख्तियारको निर्देशनदेखि सर्वाेच्चको फैसलासम्म आइपुग्दा करिब चार वर्षको अवधि व्यतित भइसकेको छ । यस अवधिमा यी आयोजनालाई काम गर्न दिएको भए बत्ती बलिसक्ने थियो ।

एउटा आयोजनाको लाइसेन्स लिन र उत्पादनसम्म पुर्‍याउन दर्जनौं हैरानी खेप्नुपर्छ । सरकारका तीन दर्जन निकायका विविध चक्र पूरा गर्नुपर्छ । स्थानीय राजनीतिक दलका नेताहरूको आडमा पालित–पोषित गुन्डा, डनहरूलाई समेत मनाउनुपर्छ । राज्यले विविध खाले यस्ता जटिलता हटाउन सहजकारीको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै निजी क्षेत्रलाई घाँटी ङ्याँक्ने गरी कहिले कुन निकायले दुःख दिने, कहिले कुन निकायले अड्काउने कृत्य भइरहेको छ । निजी क्षेत्रलाई निर्बाधरूपमा प्रवेश र आउजाउ गर्न दिइएको छैन । हिजो बहुदलीय व्यवस्थामा पनि यही रीत थियो र आजको कथित ‘गणतान्त्रिक युग’ मा पनि प्रवृत्ति उहीका उही छ । अख्तियारले भाँचेका आयोजनाहरूमा प्रवद्र्धकहरूले करोडौं रुपैयाँ खर्च गरिसकेका छन् । कोहीले जग्गा अधिग्रहण गरिसकेका छन् । कहिले प्राधिकरणले समयमा विद्युत् खरिद सम्झौता (पीपीए) नगरिदिने, कहिले मन्त्रालय र विभागले समयमा निर्णय नगरिदिएका कारण निर्धारित मिति गुज्रन पुगेका थिए ।

घरखेत बैंकमा राखेर आयोजना निर्माण गर्छु भन्ने नेपालीका लाइसेन्स भने भटाभट रद्द गरिए । राज्यले स्वदेशीलाई उपेक्षित गरी विदेशीलाई काखमा अहिले पनि लिएको छ ।

ऊर्जामन्त्री र ऊर्जा सचिवको झगडाले प्राधिकरण सञ्चालक समितिको बैठक महिनौंसम्म बस्न सकेन । बैठकै बस्न नसकेपछि यी प्रवद्र्धकहरूका निवेदनउपर कारबाही हुन सकेन । अनि अख्तियारले फरमान जारी गर्‍यो, ‘यो मितिमा पीपीए हुनुपर्ने, यो मितिमा वित्तीय व्यवस्थापन हुनुपर्ने, यो मितिमा उत्पादन अनुमति पत्र लिनुपर्ने... नगरेकाले÷गर्न नसकेकाले खारेज गर्ने ।’ अख्तियारको यो फरमान व्यक्तिको सम्पत्तिसम्बन्धी राज्य र संविधानले प्रत्याभूत गरेको हकविपरीत थियो । तर सर्वाेच्चसम्म पुग्दा पनि सुनुवाइ भएन । कदाचित् मन्त्रालयले पुनः खारेज गर्ने निर्णय गरेमा ती पीडितले न्याय पाउने भनेको फेरि पनि अदालत नै हो । अदालतले वर्षाैैं लगाएर गरेको फैसलाले पनि न्याय दिलाउन सक्ने अवस्था रहेन । खोलामा करोडौं रुपैयाँ ओइराएका ती पीडित प्रवद्र्धकहरूले न्याय कहिले पाउने भन्ने ज्वलन्त प्रश्न अहिले ऊर्जा मन्त्रालयसित मागिएको अवस्था छ ।

झोलेहरूका हातमा खोलाका लाइसेन्स पर्‍यो भने लाइसेन्सको शुल्क जोकोहीले तिर्ने नसक्ने गरी बढाइएको छ । एघार मेगावाटको आयोजनाको लाइसेन्स दुई वर्षसम्म लिनको लागि इच्छुक व्यक्ति वा कम्पनीले ६० लाख रुपैयाँ राज्यलाई बुझाउनुपर्छ । नेपालीहरूले गर्ने भनेको १०÷२० मेगावाट हो । दुई मेगावाटको आयोजनामा दुई सयजनाभन्दा बढी सेयर लगानी गरेका हुन्छन् । नेपालीले गर्न सक्ने थोरै–थोरै गरी धेरै हुने हो । तर नेपालीलाई गर्नै नदिने षड्यन्त्रअन्तर्गत साना आयोजनाप्रति राज्यका विभिन्न निकायको यस्तो हस्तक्षेप भएको देखिन्छ ।

ठूला आयोजना राज्यले बनाउन नसक्ने, प्राधिकरणले सुरु गरेका आयोजना कहिल्यै पनि पूरा नहुने (चमेलिया, कुलेखानी तेस्रो आदि), गर्न सक्ने साना आयोजनामा निजी क्षेत्रलाई रोक्ने अहिलेको राज्यको घोषित नीतिजस्तो देखिन्छ । जलविद्युत्मा स्वदेशको जति लगानी हुन्छ, त्यसले कालान्तरमा अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मै योगदान गर्ने हो । भारतबाट झन्डै चार सय मेगावाटको बिजुली आयात गरिएको छ । झन्डै पाँच खर्ब रुपैयाँ व्यापार घाटा रहेको भारतसित ऊर्जामा पनि निर्भर हुनुपरेको छ । स्वदेशका निजी क्षेत्रले यसरी स्वदेशी ऊर्जामा लगानी गर्छु, रोजगार दिलाउँछु, राज्यलाई लाइसेन्स शुल्क, रोयल्टी र कर तिर्छु भन्दा उल्टै नआए पनि कही फरक पर्दैन भन्ने शैलीमा रबैया लिएको छ ।

तर विदेशी भन्नेबित्तिकै पाउमै परेर लम्पसारै पर्ने चलन छ । अख्तियारले काबेली ‘ए’ लाई पनि खारेज गर्ने निर्देशन दिएको थियो । तर काबेली ‘ए’ को किन गरिएन ? काबेलीमा विश्व बैंक थियो अर्थात् विदेशी थियो । घरखेत बैंकमा राखेर आयोजना निर्माण गर्छु भन्ने नेपालीका लाइसेन्स भने भटाभट रद्द गरिए । राज्यले स्वदेशीलाई उपेक्षित गरी विदेशीलाई काखमा अहिले पनि लिएको छ । स्वदेशी प्रवद्र्धकहरूले अहिले हरेक वर्ष दुई सय मेगावाटको आयोजना बनाउन सक्ने हैसियत राख्छन् । तर उनलाई परेको अप्ठेराहरू राज्यले कहिल्यै पनि फुकाउँदैन, तर विदेशीले आयोजना लियो भने ऐन, कानुन कतैकहीं प्रावधान नै नभएको कथित आयोजना विकास सम्झौता (पीडीए) गरेर उल्टै राज्य नै ग्यारेन्टी बसिदिन्छ ।

हिजोसम्म प्राधिकरणले सन् २०१७ पछि ‘बिजुली नै चाहिँदैन’ भनेर निजी क्षेत्रका सबै ढोका थुनेर बस्यो । ऊर्जाको चरम संकट देखाएर, उद्योगलाई लुकाइएको बिजुली बाँडेर मोटो कमिसन खान पल्केकाहरूले निजी क्षेत्रको लागि पीपीए बन्द गरिदिए । करिब सात सय मेगावाट बराबरका आयोजनाले ‘प्राधिकरणले चाहेको बेला मात्र बिजुली लिने’ गरी सम्झौता गर्न बाध्य भएका थिए, लाइसेन्स जोगाउन । हालका ऊर्जामन्त्री जनार्दन शर्माले यस्तो खालको पीपीए खारेज गर्ने निर्णय गरेका छन्, जुन स्वागतयोग्य हो । सरकारले १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने घोषणा गरेको छ । ऊर्जामन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ नारा अघि सारेका छन् ।

तर घोषणा र नाराअनुरूप काम पूर्णरूपमा नभए पनि हुने छाँटसम्म देखिएको छ, केही प्रक्रिया सरलीकृत भएका छन् भने अभैm धेरै कुरा गर्न बाँकी छ । तसर्थ खारेजीमा परेर अन्यायमा परेकाहरू, जो अहिले ऊर्जा मन्त्रालयको ढोकामा न्यायको आशाले प्रतीक्षारत छन्, तिनलाई सम्बोधन गर्न सके हिजो अरू निकायहरूले गरेका पाप केही हदसम्म भए पनि पखालिने थियो । यतिका हन्डर खाइसकेपछि बरु मिति किटेर ‘यो, यो अवधिभित्र सर्त पालना नभए खारेज गरिनेछ’ भनेर एकपटकलाई मौका दिएर हेर्न आवश्यक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.