१७ वर्षपछि फर्कियो नोकिया ३३१० मोबाइल

१७ वर्षपछि फर्कियो नोकिया ३३१० मोबाइल

एजेन्सी: मोबाइल फोनको बजारमा सबैभन्दा बढी बिक्री हुने नोकियाको ३३१० मोडलको मोबाइल फोन पुन: आएको छ। कम्पनीले बजारलाई मध्य नजर गर्दै तीन नयाँ एन्ड्रोइड समार्टफोन र अर्को मोबाइल ह्याण्डसेट ३३१० लाई दोस्रो पटक लिएर आएको हो।

कम्पनीका अनुसार नोकिया ३, ५, ६ र ३३१०लाई एकै पटक सार्वजनकि गरेको हो। नोकियाले आफ्नो पुरानो रिङब्याक टोनलाई कायम गर्दै बजारमा ल्‍याइएको जनाएको छ।

३३१० मोडलको नोकियालाई एक पटक चार्ज गर्दा २२ घण्टासम्म टिक्‍ने कम्पनीले दाबी गरेको छ। यसका साथै स्ट्याण्डबाइ मोडमा एक महिनासम्म टिक्‍नेछ।

नोकिया ३३१० लाई कम्पनीले रातो, पहेलो र खैरो तथा निलो रंगमा लिएर आएको जनाएको छ।


के छ विशेषता ?

यो फोनमा २ मेगा पिक्‍सेलको क्यामरा रहेको छ भने एलइडी फ्ल्यासका साथमा क्यामरा लगाइएको छ।

फोनमा क्बीभीजीए डिस्प्ले २देखि ४ इन्चको रहेको छ।

फोनको सिरीज ३० पलस अपरेटिङ सिस्टममा चल्‍नेछ।

यसमा १६ एमबीको स्टोरेज क्षमता रहेको छ जसलाई मेमोरी कार्डको सहायताले बढाएर ३२ जीबीसम्म पुर्‍याउन सकिन्छ। यसमा १२ सय एमएएचको ब्याट्री राखिएको छ।

यसको मूल्य ३ हजार पाँच सय रुपैया राखिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.