गुडलाइफको पञ्च क्यान्डी बजारमा

गुडलाइफको पञ्च क्यान्डी बजारमा

काठमाडौः एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिद्वारा स्थापित नेपालको पहिलो चक्लेट फ्याक्ट्रीले आफ्नो नयाँ ‘पञ्च’ क्यान्डी बजारमा ल्याएको छ । उच्चस्तरीय र परिस्कृत मेसिनको प्रयोग गरी उत्पादन गरिएको यस पञ्च क्यान्डी स्वादिलो र रोचक रहेको कम्पनीले जनाएको छ ।

म्यांगो र गाभाको स्वादमा उपलब्ध यस क्यान्डीको भित्रि भागमा मसला भरिएको छ । केवल दुई रुपैयाँमा उपलब्ध यस पञ्च क्यान्डी नेपालभर रहेका उपभोक्ताले बजारमा सजिलै खरिद गर्न सक्नेछन् । उक्त चक्लेट नेपालकै सर्बाधिक बढी बिक्री हुने चक्लेटको रुपमा स्थापित हुने कम्पनीको विश्वास छ ।

सन् २०१२ मा सुनसरीको दुहबीमा स्थापना भएको एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि नेपालकै सबैभन्दा ठूलो बिस्कुट र कन्फेक्सनरी उत्पादक कम्पनी हो । नेपाली उपभोक्तामाझ रुचाइएको गुडलाइफले ४० भन्दा बढी भेराइटीका बिस्कुटका साथै विभिन्न २० भेराइटीका चक्लेट उत्पादन गर्दै आएको छ । आफूसँग भएको पूर्वाधार र प्रविधिको प्रयोग गरी उपभोक्तालाई अरु ब्रान्डको तुलनामा सुपथ मूल्यमा गुणस्तरीय सामान उत्पादन गरिरहेको कम्पनीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.