स्वरोजगार कोषको रकम डुब्ने खतरा

स्वरोजगार कोषको रकम डुब्ने खतरा

बैतडीः महाकाली गाविसकी मीना बिकले २०६९ सालमा कृषि विकास बैंक शाहीलेकबाट युवा स्वरोजगार कार्यक्रम अन्तर्गत बिना धितो ऋण लिइन् । तर त्यसपछि मीनाले कहिले पनि कृषि विकास बैंकमा ऋण तिर्नका लागि पाइला टेकेकी छैनन् । मीना जस्तै जिल्लाका ९२ जना युवाले स्वरोजगार कार्यक्रम अन्तर्गत ऋण लगेका थिए । तर, ८४ जनाले अझैसम्म साँवा र ब्याज केही पनि नबुझाएको कृषि विकास बैंक शाहीलेक बैतडीका शाखा प्रबन्धक देवदत्त ओझाले जानकारी दिए ।

उनले भने, ‘सरकारले २०६५ सालमा गठन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत तालिम लिएका युवालाई बिना धितो ऋण लगानि गरियो तर लगानी गरेको पैसा अझैसम्म फिर्ता हुन सकेको छैन ।’ युवालाई स्वदेशमै रोजगारी दिने र उनीहरूलाई विभिन्न पेसा व्यवसायमा संलग्न गराउने उद्देश्यसहित सरकारले युवा स्वरोजगार कार्यक्रममार्फत बिनाधितो ऋण दिएको भए पनि लगानी गरेको रकम असुल्न बैंकलाई समस्या भएको छ । कृषि विकास बैंक शाखा बैतडीबाट प्रवाह भएको साँवा ४९ लाख मध्ये ३८ लाख ३८ हजार र २० लाख ब्याज असुल्न बाँकी छ ।

जिल्लाका ९२ जना युवाले स्वरोजगार कार्यक्रम अन्तर्गत ऋण लगेका थिए तर, ८४ जनाले अझैसम्म साँवा र ब्याज तिरेका छैनन् ।

सरकारले ०६५ मा गठन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत १८ देखि ५० वर्ष उमेरका युवालाई स्वरोजगारमा प्रोत्साहित गर्न दुई लाखसम्म बिनाधितो ऋण दिने व्यवस्था गरेको थियो । उद्योग वाणिज्य संघ बैतडीको संयोजकत्वमा कोषले ४० हजारदेखि एक लाखसम्म वेरोजगार युवालाई ऋण लगानीको लागि कृषि विकास कार्यालयलाई सिफारिस गरेको थियो । ऋण लिएका व्यवसायी अहिलेसम्म सम्पर्कमा नआउँदा कर्जा प्रवाह गर्ने संस्थालाई ऋण असुल गर्न समस्या भएको कृषि विकास बैंक शाहीलेकका प्रबन्धक ओझाले बताए । ‘उतिबेला बिनाधितो ऋण प्रवाह भएको रहेछ ।

बैंकको कार्यक्षेत्र दशरथचन्द नगरपालिका र ३१ गाविसमा मात्रै हो तर ऋण प्रवाह जिल्लाभरी भएको छ,’उनले भने,‘राजनितिक दबाबमा कोषको रकम हचुवाका भरमा लगानी भयो सही ठाउँमा लगानी नहुदाँ डुब्ने खतरा बढेको छ ।’ कृषि, पशुपालन, परम्परागत सीपमूलक पेसा सुधारलगायत व्यवसाय गर्न ऋण लगेको भए पनि कसैले पनि त्यस्तो व्यवसाय नगरेको ओझाले दाबी गरे । उनले भने, ‘व्यवसायमा लगानी गरेको भए त ऋण नै असुल भइहाल्थ्यो । सरकारी बैंकको ऋण हो नतिर्दा पनि हुन्छ भन्ने मानसिकताले समस्या गरेको छ ।’

कृषि विकास बैंकले बिना धितो ऋण लगेका ऋणीलाई ऋण तिर्न बारम्बार ताकेता गर पनि कसैले ९२ मध्ये ८४ जना अझै सम्पर्कमा आएका छैनन् । तीन वर्षभित्र पूरै ऋण चुक्ता गरेमा उनीहरूलाई ४ प्रतिशत अनुदानको व्यवस्था गरिएको भए पनि ऋण तिर्न कसैले चासो नदिएको प्रबन्धक ओझाले बताए । ऋण लगेका युवालाई सम्पर्क गर्न नै गाह्रो भएको छ । अहिले मालपोत कार्यालयबाट ऋण लगेकाको तीनपुस्ते खोजी गरी जमिन रोक्का गर्ने कार्य सुरु गरिएको प्रबन्धक ओझाले बताए । ‘८४ जनामध्ये ३० जनाको जमिन रोक्का गरिसकेका छौं । अरुको पनि तीनपुस्ते खोजी कार्य जारी छ,’उनले भने ।

ऋण प्रवाह गर्दा उद्योग वाणिज्यसंघको समन्वयमा ऋण प्रवाह भएको भए पनि अहिले भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा युवा तथा साना व्यवसायी कोषको जिल्ला समिति रहेको छ । तर, त्यो समितिले पनि ऋण असुलीमा चासो नदिएको बैंकको आरोप छ । ‘अहिले पनि सरकारले सहकारीमार्फत युवाका लागि रोजगारीका कार्यक्रम ल्याएको छ । समितिको बैठकमा ऋण लगानीका विषयमा कुरा हुन्छ तर असुलीका विषयमा कसैले कुरा गर्दैनन् ।ओझाले भने,‘ पुराना रकम असुल नहुँदासम्म अब बैंक ऋण प्रवाह गर्ने मनिस्थितिमा छैन ।’



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.