विश्व बजारमा हुवावे पी १० र पी १० प्लस सार्वजनिक

विश्व बजारमा हुवावे पी १० र पी १० प्लस सार्वजनिक

काठमाडौः हुवावे कन्जुमर बिजनेस ग्रुपले आफ्नो उत्पादनमा नयाँ आयामको रूपमा पी १० र पी १० प्लस विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बार्सिलोनमा चलिरहेको मोबाइल वल्र्ड कंग्रेसमार्फत आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो । योसँगै अब फोटो स्टुडियो तपाईंको खल्तीमा हुने भएको छ ।

आकर्षण डिजाइन र उत्कृष्ट प्रविधिका साथ निर्माण गरिएका हुवावे पी १० र पी १० प्लसको क्यामेराका लागि कम्पनीले लाइकासँग सहकार्य गरेको छ । क्यामेराको विश्वबजारमा उत्कृष्ट कम्पनीका रूपमा रहेको लाइकासँगको सहकार्यले हुवावे पी १० र पी १० प्लसको क्यामेरामार्फत अब व्यावसायिक फोटोग्राफी गर्न सकिने कम्पनीको दाबी छ ।

अगाडि र पछाडि दुबैतर्फ लाइकाको क्यामेरा प्रयोग भएको यी स्मार्टफोनमा १२ प्लस २० मेगा पिक्सेलको ड्युल रिएर क्यामेरा र ८ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा छ । यसको क्यामेरामा फोटो स्टुडियोमा हुने ‘रे लाइट' र ‘थ्रिडी फेसिएल डिटेक्सन' प्रविधि प्रयोग भएको छ । जसले जस्तोसुकै लाइटमा पनि उत्कृष्ट फोटो खिच्न सक्छ ।

क्यामेराले प्रोटेट फोटो लिँदा अनुहारको एक÷एक विवरणसहितको फोटो खिच्न सकिनेछ । कम्पनीले क्यामेरामा कम्पनीको आफ्नै हाइब्रिडयत जुम लेन्स प्रयोग गरेको छ । जसको मद्दतले आफैंले चाहेको वस्तुलाई फोकस गरी उत्कृष्ट रिजोलुसनसहितको फोटो लिन सकिने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले प्यानटन कलर इन्स्टिच्युटसँगको सहकार्यमा आफ्ना नयाँ उत्पादनलाई समयको मागअनुसार रङमा सार्वजनिक गरेको छ । कम्पनीले प्यानटनको दुई प्रमुख कलर ‘ग्रिनेरी' र ‘ड्याजलिङ ब्लु' कलरका साथै सेरामिक ह्वाइट, ड्याजलिङ गोल्ड, प्रेसटिज गोल्ड, ग्रेफाइट ब्ल्याक, रोज गोल्डलगायत कलरमा स्मार्टफोन सार्वजनिक गरेको छ ।

कटिङ एज टेक्नोलोजीमा आधारित यी स्मार्टफोन प्रविधि र बनावटको मिश्रण भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी स्मार्टफोनमा हुवावेको सुपरचार्ज प्रविधि प्रयोग गरिएको छ । हुवावेको पी सिरिजअन्तर्गत ल्याइएको पी १० र पी १० प्लस राउन्डेड कर्भमा आएको छ । अल्ट्रा स्लिम यी स्मार्टफोनमा प्रयोग भएको प्रोसेसर र सुपर कनेक्टिभिटीले फोनलाई सहज बनाएको कम्पनीले जनाएको छ ।

स्मार्टफोनको सार्वजनिक कार्यक्रममा हुवावे कन्जुमर बिजनेस ग्रुपका कार्यकारी निर्देशक रिचार्ड युले हुवावे पी १० र पी १० प्लसले प्रोटेट फोटोग्राफीलाई पुनर्परिभाषित गरेको बताए । उनले लाइकाले निर्माण गरेको स्मार्टफोनमा प्रयोग भएको रिएर र फ्रन्ट क्यामेराले प्रयोगकर्तालाई फोटोग्राफीको नयाँ अनुभव दिने बताएका छन् । साथै, प्यानटनको कलरले स्मार्टफोनलाई बाहिरी रूपमा आकर्षण बनाएको बताए ।

लाइका क्यामेरका कार्यकारी निर्देशक आलिभर क्लान्टनरले हुवावेसँगको सहकार्यले लाखौं स्मार्टफोन प्रयोगकर्ताले प्रोफेसनल फोटोग्राफीको मजा लिन सक्ने बताएका छन् । उनका अनुसार हुवावे पी १० र पी १० प्लसले प्रयोगकर्तालाई उनीहरूको खल्तीमा कलात्मक प्रोटेट फोटो स्टुडियो उपलब्ध गराउनेछ ।

साथै, कम्पनीले चाइनिज डिजाइनर रिकोस्त्रुको सहकार्यमा हुवावे पी १० र पी १० प्लसका लागि आवश्यक एसेसरिज निर्माण गरेको छ । यसमा मिनी स्मार्टफोन ब्याग छ । जसले तपाईंको स्मार्टफोनमा कहिल्यै चार्ज सकिनेछैन । यसका साथै रिकोस्त्रुले ब्रासलेट निर्माण गरेको छ । जुन चार्जरका रूपमा पनि प्रयोग गर्न सकिनेछ । ५.२ र ५.५ इन्चको स्क्रिनमा बजारमा आएको पी १० र पी १० प्लसमा कोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ ।

एन्ड्रोएड ओएस भि ०.७ मा आधारित यो स्मार्टफोनमा अक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ । यो स्मार्टफोन कम्पनीले मार्चमा चाइना र अप्रिलमा एसिया, ल्याटिन अमेरिका, साउथ अफ्रिका र रसियामा सार्वजनिक गर्ने बताएको छ । नेपालमा भने अबको एक महिनाभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.