नाडा अटो सो पोखरामा हुने
काठमाडौं: नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा)ले आगामी ‘नाडा अटो सो’ पोखरामा गर्ने भएको छ । आइतबार पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनसँगको छलफलमा आगामी अटो सो पोखरामा गर्ने सहमति भएको नाडाले जनाएको छ ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसन अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा आएको १२ सदस्यीय प्रतिनिधि मण्डलले आगामी नाडा सो पोखरामा गर्न आग्रह गरेको थिए । नाडाले सन् १९९८ देखि हालसम्म काठमाडौंमा मात्र अटो सो आयोजना गर्दै आएको छ । छलफलमा नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले विगतमा काठमाडौंबाहिर अटो सो गर्ने प्रयास गरे पनि आवश्यक पूर्वाधारका अभावका पूरा गर्न नसकेको बताए ।
हालै राष्ट्र बैंकले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक भन्दै बैंकबाट प्रवाह हुँदै आएको कर्जामा ५० प्रतिशतको सीमा तोक्दा व्यवसायी मार परेको गुनासो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसनले राखेको छ ।