सनराइजको एटीएम बिर्तामोडमा
काठमाडौं: सनराइज बैंक लिमिटेडले बिर्तामोडको नयाँ बसपार्कस्थित होटेल बी एन्ड वाई प्रालिमा एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले गरे ।
हाल सनराइज बैंकले मुलुकभर आफ्ना ६८ वटा शाखा, ७४ वटा एटीएम, १३ वटा शाखारहित बैंकिङ सेवा र तीन वटा एक्सटेन्सन काउन्टरमार्फत आधुनिक एवं सर्वसुलभ बैकिङ सेवा प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकिङको कार्य गर्न बैंकको सहायक कम्पनी एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको बैंकले जनाएको छ ।