असन्तुष्टि असामान्यतिर

 असन्तुष्टि असामान्यतिर

विश्वका अनेकौं मुलुक युद्धपछिको शान्ति मार्गबाट पुनः द्वन्द्वमा फर्केको हजारौं दृष्टान्त भेटिन्छन्, तर नेपालजस्तो मुलुक त्यो दुर्भाग्यबाट सुरक्षित रह्यो, तर यसको सम्भावना भने टरेको छैन । विगत दस वर्षको मूल्यांकन गर्दा परिवर्तन सैद्धान्तिक मात्र देखिन्छ, व्यावहारिकमा शून्यप्रायः छ । यो अवधि लिखित रूपमा उपलब्धिपूर्ण छ, तर आम जनताले अनुभूत गर्न सकेका छैनन् ।

एक दसकले अढाई सय वर्षको राजतन्त्र अन्त्य गरेको छ । एक्काईसौं शताब्दीमा संविधानसभालाई सफल तुल्याई संविधान ल्याएको छ । एकात्मक राज्यबाट संघात्मक व्यवस्थामा मात्र प्रवेश गरेको छैन, सामावेशी प्रजातन्त्रको सुरुआत गरेको छ । घरघरमा चेतना बढाएको छ । युद्धलाई शान्तिमा रूपान्तरण गरेको छ र हजारौं नेता उत्पादन गरेको छ ।

सामावेशी प्रजातन्त्र आउनु, गणतन्त्र आउनु, संघीयता आउनु दीर्घकालीन उपलब्धि मात्र होइनन्, विभेद अन्त्यको सूत्र पनि हो तर यो सूत्रको अहिलेसम्म व्यवस्थित प्रयोग हुन सकिरहेको छैन । यसको व्यवस्थित प्रयोग पाका नेताहरूबाट असम्भवप्रायः छ । यसलाई युवा नेताले आफ्नो कार्यभार बनाउनुपर्ने हो, तर दुर्भाग्य भनौं युवा नेताहरू आफ्नो नयाँ सोच, शैली र भिजनका साथ अगाडि बढ्नुपर्नेमा बुढ्यौलीहरूकै पछ्यौरी समातेका छन् । राजनीति त्यस्तो पक्षको पकडभित्र जाँदैछ, जो शैक्षिक दक्षतामा पछाडि छन् । देश र जनताको भविष्य राजनीतिसँग जोडिएको छ ।

मुलुकको प्रमुख समस्या भनेकै राष्ट्रिय भिजन भएको र सम्प्रदायिक सोचरहितको नेताको अभाव हो । नेता सबैको हो र कसैको होइन, तर यहाँ राष्ट्रिय नेताहरू एउटा वर्ग, एउटा समुदाय र एउटा क्षेत्रका मात्र छन् । परिवर्तनले समग्र मुलुक र जनताको भलो गर्ने दूरदर्शी नेता चाहेको थियो तर त्यस्तो नेता अझै जन्मिएको छैन । दूरदर्शी नेताले मुलुकको हरेक समस्या र अवसरको पहिचान गरी समस्याको उचित समाधान गर्छ भने अवसरको सदुपयोग पनि गर्न सक्छ । संविधान निर्माणजस्ता कार्य आग्रहपूर्वाग्रह राखेर गरिएको पुष्टि हुन्छ ।

जुन ठूलो दुर्भाग्य हो । यस्तो मानसिकताले बनेको संविधानमाथि खासगरी मधेसबाट बढी असन्तुष्टि बढ्नु अस्वाभाविक होइन । वीरगन्ज जुन क्षेत्रले अर्थतन्त्रको मेरुदण्ड नै थामेको छ, त्यो क्षेत्रसँग परिवर्तनपछि पनि पहिलेको जस्तै विभेदपूर्ण हुनु उपलब्धिशून्य रहेको अवस्था हो । समावेशी प्रजातन्त्र भनिन्छ तर सानोभन्दा सानो पदमा कार्यकर्ता र पैसावाल मात्र जान्छन् । न्यायमूर्तिको चयनसमेत दलीय भागबन्डामा गरिन्छ ।

गणतान्त्रिक मुलुकमा देखा परेका असन्तुष्टिलाई सामान्य ठान्नु हुँदैन । वार्ता र संवादद्वारा ती असन्तुष्टिहरूलाई सम्बोधन गर्नेतिर राज्य गम्भीर बन्नैपर्छ ।

अख्तियार, न्यायालय, संवैधानिक निकाय, लोकसेवा आयोग, विश्वविद्यालयलगायत कुनै पनि स्थानमा दलको कार्यकर्ताबाहेक अरूलाई राखिँदैन । आफ्नो क्षमताका आधारमा कसैले अवसर पाएको छ भने त्यो कार्यकर्ताबाट विस्थापित हुन्छ । मुलुक आक्रान्त भएको बेलामा कालोबजारी तथा हातहतियार खरखजानालगायतका अपराधमा सजाय घटाउने कार्य गरेर आम जनतालाई आहत पार्ने गरिएको छ । एक्काईसौं शताब्दीमा भ्रष्टाचार, नातावाद, कृपावाद गणतन्त्रमा अझ बढ्नुले आम जनताको पीडामा मलम नलागेको प्रस्टै हुन्छ । अहिले पनि साम्प्रदायिक विभेद शासक वर्गबाट भइरहनुले वैधानिक परिवर्तनबाट मात्र वास्तविक बदलाव हुँदैन, मानसिक रूपले परिवर्तन हुनुपर्छ । यस्ता काम युवा वर्गबाट मात्र सम्भव भए पनि उनीहरू पनि यथास्थितिमै रुमलिएका छन् । यस्ता विकृतिहरू उपलब्धिका जोखिम हुन् ।

समावेशी र सिमांकन विवादले ६ महिना मुलुकलाई बन्दी बनायो । अहिले त नामांकन, राजधानी, साधनस्रोतको बाँडफाँट, कर्मचारी नियुक्ति, भौतिक संरचनाको निर्माण, निर्वाचन क्षेत्रको निर्धारण, संघीय कानुन एवम् आयोगको निर्माण तीन तहको कर्मचारी संरचनालगायतको बाँडफाँटलगायतका विवादित काम गर्न बाँकी छन् । राष्ट्रिय दलहरू कुनै क्षेत्र र समुदायको विरुद्धमा खुलेर लाग्नु उपलब्धि गुमाउने खेल हो ।

वास्तवमा परिवर्तन गर्ने शक्तिहरूले आफ्नो आन्तरिक सोच र भावना परिवर्तन गर्न नसक्दा नागरिकबीच विभाजन हुँदैछ । सम्प्रदायिक कुरा सानातिना विषयमा पनि उठ्ने गरेको छ । मुलुक विखण्डनसम्मको आवाजसम्म उठ्न थालेको छ, जुन उपलब्धि जोगाउनको लागि ठूलो चुनौती हो । कुनै समुदायसित चरम विभेद गरेपछि परिणाम सुखद कहिल्यै पनि हुन्न । यसर्थ समयमा सचेत हुनैपर्छ ।

सानोभन्दा सानो शक्तिलाई पनि बेवास्ता गर्नु जोखिम हुन्छ । आगोको झिल्कोले पनि सिंगो गाउँ डढाउन सक्छ । गणतान्त्रिक मुलुकमा देखा परेका असन्तुष्टिलाई सामान्य ठान्नु हुँदैन । वार्ता र संवादद्वारा ती असन्तुष्टिहरूलाई सम्बोधन गर्नेतिर राज्य गम्भीर बन्नैपर्छ ।

नयाँ संविधानको कार्यान्वयन र उपलब्धि संरक्षण गर्ने हेतुले दलहरूबीच सहमति नभई हुँदैन । सबै उपलब्धि संरक्षण गर्न हामीसँग आगामी माघ ७ सम्मको समयसीमा छ । यसर्थ चुनाव घोषणा भए पनि सोको पूर्णताको लागि संशोधन प्रस्तावलाई सहज रूपले गर्न सक्नुपर्छ । यसर्थ दलहरूबीच सहमति नभई हुँदैन । प्रभावशाली नेताहरू भन्छन्- अब सहमतिको प्रवचन ननसेन्स मात्र हो । प्रतिस्पर्धाको राजनीतिमा उनीहरूको जोड संक्रमणकालमै छ, जुन अल्पमतमा रहेको शक्तिलाई पेलेर जाने नियत हो । लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा एवम् बहुमतको वैधानिकता आवश्यक भए पनि अल्पमतको कदर पनि अपरिहार्य सर्त हो ।

अहिल्यै बहुमतको दम्भ देखाउनु मुलुकलाई पुनः अस्थिरतामा धकेल्नु हो, जसले उपलब्धि उपयोगमा अवरोध सिर्जना गर्छ । यसर्थ संशोधनजस्तो गतिशील विषयलाई अल्झाई मुलुकको अग्रगामी समृद्धिको पाइला नरोकौं । समयमा संशोधन गरी सबैले संविधानप्रतिको अपनत्व महसुस गराऔं । आगामी माघभित्र सबै चुनाव गराई लोकतान्त्रिक गणतन्त्र र संघीयता संस्थागत गराऔं ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.