ट्रम्प र मर्केलबीचको पहिलो भेट नै असफल

ट्रम्प र मर्केलबीचको पहिलो भेट नै असफल

बर्लिन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीकी चान्सलर एंगेला मर्केलबीच शुक्रबार वासिङटनमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ ।

भेटबार्तापछि भएको पत्रकार सम्मेलनमा उनीहरुको भेटवार्ता सौहार्दपूर्ण नभएको देखिएको थियो।

पत्रकारहरुका अगाडी उभिएपछि स्वभाविक रुपले दुवै जनाले हात मिलाउनु पर्नेमा पत्रकारहरुले आग्रह गर्दा पनि उनीहरुले एक आपसमा हात मिलाउन सकेनन्।

पत्रकारहरुको आग्रहपछि ट्रम्पसँग हात मिलाउनका लागि मर्केलले ट्रम्प तर्फ हात दिएको भएपनि ट्रम्पले अस्विकार गरेपछि उनीहरु हात मिलाउन असफल हनु भएको हो।

आप्रवासी र रुसलाई हेर्ने दृष्टीकोणमा उनहरुको ठिक उल्टो धारणा रहेको छ। त्यो फरकपनको झल्को पत्रकार सम्मेलनमा पनि स्पष्टसँग देखिएको थियो।

भेटवार्ताका क्रममा ट्रम्पले अमेरिकालाई फाइदा हुने व्यापार सम्झौता, आप्रवासनमा कडाइ, सैनिक शक्ति वृद्धि लगायतका विषयमा कुरा उठाएका थिए।

मर्केलले भने विश्वव्यापीकरणका फाइदा, आप्रवासीहरुप्रति खुलापन जस्ता पक्षमा जोड दिएका थिए।

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले पुर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनले आफू विरुद्ध निर्वाचनको समयमा सरकारी संयन्त्रबाट नै जासुसी गर्न लगाएको आरोप फेरी लगाएका थिए। उनले यो आरोप यसअघि पनि लगाएका थिए। तर ओवामाको पक्षबाट सो आरोपको यसअघि नै खण्डनपनि भईसकेको थियो। रासस/एएफपी/सिन्ह्वा

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.