'सगुन' अमेरिकी बजारमा रिटेल इन्भेस्टरका आधारमा दोस्रो ठूलो कम्पनी

 'सगुन' अमेरिकी बजारमा रिटेल इन्भेस्टरका आधारमा दोस्रो ठूलो कम्पनी


काठमाडौं: संसार जित्‍ने दौडमा लागेका इकमर्स स्टार्टअप कम्पनी सगुन अमेरिकी बजारमा रिटेल इन्भेस्टरका आधारमा दोस्रो ठूलो कम्पनी भएको छ। सगुनका संस्थापक गोविन्द गिरीले आइतबार मिनी आइपिओ निस्कासनपछि फेसबुक लाईभमा सर्वसाधारणलाई सम्बोधन गर्दै विश्‍वभरका दुई हजार बढी सर्वसाधारणले लगानी गरेको जानकारी दिएका छन्।

उनले लाइभमा सम्बोधन गर्दै भने, 'हामी रिटेल इन्भेस्टरका आधारमा अमेरिकाकै दोस्रो ठूलो कम्पनी भएका छौं।यसअघि मिनी आइपिओबाट १ करोड ७० लाख डलर र पछि आइपिओमा गएर १ अर्ब २० करोड डलर संकलन गरेको थियो।'

उनले अमेरिकी बजारको इतिहासमा ८० वर्षपछि पहिलो पटक सगुनले पहिलो पटक स्टार्टअप कम्पनीको सुरुवाती चरणमा लगानीको मौका जुटाइदिएको हो। उनले भने, 'अहिलेसम्‍म अमेरिकामा देखिएका ठूला कम्पनीहरु फेसबुक, आइबिएम, गुगल, स्न्याप च्याटलगायतले सुरुमै सर्वसाधारणलाई लगानी गर्न दिएनन्। त्यहाँ धनाढ्य व्‍यक्तिहरुले मात्रै लगानी गर्ने मौका पाए। तर हामीले लगानीको सुरुवाती चरणमै लगानी अवसर जुटायौ। त्यसमध्ये विदेशमा बस्‍ने नेपालीलाई पहिलो प्राथमकितामा राख्यौ।'

 यसका साथै संस्थापक गिरीले विश्व बजारमा निस्कासन गरेको मिनी आइपीओ आगामी साता मार्च २७ देखि बन्द गर्ने जानकारी दिए। उनले भने, 'त्यसपछि हामी संस्थागत लगानीकमर्ताका लागि मिनी आइपिओ खुल्ला गर्छौ। जुनकाम ब्रोकर डिलरले गर्नेछ। सर्वसाधारणले लगानी गर्न नपाउन पनि सक्छन्। सबैलाई यही साताभित्र लगानी गर्न समेत आग्रह गर्दछु।'

सगुनले मिनी आइपिओमार्फत करीब २ करोड डलर बराबरको सेयर बिक्री गर्ने योजना बनाएको छ जसमा प्रत्येक व्यक्ति २३ डलर लगानी गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय उसले इच्छुक लगानीकर्तालाई वायर ट्रान्सफरमार्फत कम्तिमा ५ सय डलर लगानी गर्न समेत आग्रह गरेको छ।

ग्लोबल सेयर मार्केटमा आफ्नै दाजुभाइले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेकाले विदेशमा बस्ने नेपाली निकै उत्साहित भएर लगानी गरेको सगुनका संस्थापक गिरीले दाबी गरेका छन्।उनले प्रवासमा रहेका नेपालीले सगुनमा लगानी गर्न अवसरका रुपमा लिएका प्रतिक्रिया दिएका छन्।

उनले ले अमेरिका, भारत, मिडिल इस्ट, जापान, कोरिया, क्यानाडालगायतका मुलुकबाट उल्लेख्य लगानीकर्ताले लगानी गरेको बताए। गिरीले आगामी ५ बर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्‍ने दाबी गर्दै भने, ' हाम्रो कम्पनीमा त्यतिखेर १ हजारभन्दा बढी कर्मचारी हुनेछन् र बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्नेछौं भने हाम्रा युजर संख्या १ करोडमाथि नाघ्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.