हस्तमैथुन गर्ने पुरुषलाई सय डलर जरिवाना !

हस्तमैथुन गर्ने पुरुषलाई सय डलर जरिवाना !

एजेन्सी : अमेरकिाको टेक्ससका एक प्रजातान्त्रिक सांसदले हस्तमैथुन गर्ने पुरुषलाई सय डलर जरिवाना लगाउने प्रस्ताव पेश गरेकी छिन्। अमेरिकाकी सांसद् जेसिका फर्रारले उक्त प्रस्तावमा काम गरिरहेको समाचार बीबीसीले जनाएको छ।

उनले भनेकी छिन्, 'नजन्मिएको बच्चाको सुरक्षा सबैतिरबाट हुनुपर्छ। यदि कुनै पुरुषले स्त्रीको योनीभन्दा बाहिर शुक्रकिट निकालेमा नजन्मिएको बच्चाविरुद्ध हुन जान्छ। यस्तो कार्य गर्नेलाई कारबाही हुनुपर्छ।'

जेसिका फर्रारले यसबारेमा पुरुषलाई पनि आफ्नो बच्चाको जान्‍ने अधिकार हुनु पर्ने भन्दै यसलाई जनचेतनाको माध्यमबाट लैजानु पर्ने बताएकी छिन्। महिलाले हेल्थ केयर कानूनको उल्लंघन गरे कारबाही हुने गरेको तर पुरुषले जे गरे पनि कुनै कारबाही नभएकाले पुरुषलाई पनि कानुनी दायरामा ल्याएर कारबाही हुनु पर्ने उनको सुझाव छ।

उनले नसालु पदार्थ वा भियाग्राको लागि कुनै पर्चा पाउनुभन्दा पहिले पर्खिनु जरुरी रहेको भन्दै यसलाई मेडिकलमा जाँच गरेर मात्रै पहुँच दिनुपर्ने बताएकी छिन्।

उनले स्वास्थ्य केयरमा केही प्रतिबन्धका कारण अमेरिकामा महिलाहरुले समस्या भोग्‍नु परिरहेको दाबी गरेकी छिन्। उनले कामुकतालाई सरकारी रुपमा वर्गीकरण गर्नुपर्ने भन्दै योनी बाहिर शुक्राणु निकाल्‍नेलाई कारबाही हुनु पर्ने बताइन्। जीवनलाई सुन्दर बनाउन पुरुषले पनि एक पटक गम्भीर भएर सोच्‍नु पर्ने बेला आएको उनको भनाई छ।

उनले भनेकी छिन्, 'धेरैलाई यो प्रस्ताव हाँसोको कुरा हुन सक्छ।तर टेक्ससमा प्रत्येक महिलाले पुरुषको चरम यातना र शोषण सहनु परिरहेको छ।यहाँका सांसदले सुविधामा महिलाहरुलाई धेरै नै समस्यामा पारिदिएको छ।'

टेक्ससको हाउस अफ रिप्रेन्टेटिब्समा रिपब्लिकनको नियन्त्रणमा रहेकाले महिलालाई समस्या भोग्‍नु परिरहेको उनले आरोप लगाएकी छिन्।
उनले गर्भपनलाई लिएर यहाँ धेरै नै कडा कानून भएकाले पुरुषहरुलाई पनि यस्तै कडा कानून ल्‍याउन माग गरेकी हुन्।

'सन् २०११देखि गर्भपतन गर्नु पहिले प्रत्येक महिला २४ घण्टा कठिन अल्ट्रासाउण्डको पीडा भोग्नु पर्ने हुन्छ। उनले भनेकी छिन्, 'महिलालाई यी सबै काम गर्न महिलालई कम्तिमा दुई पटक आवतजावत गर्नुपर्ने भएकाले सांसद फर्रारले गर्भपतनसम्बन्धी महिला कानून नै बदल्नु पर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.