सेवा विस्तार गर्दै स्मार्ट टेलिकम

 सेवा विस्तार गर्दै स्मार्ट टेलिकम

काठमाडौं: दूरसञ्चार बजारमा अर्को प्रतिस्पर्धीका रूपमा हेरिएको स्मार्ट टेलिकमले आफ्नो बलियो उपस्थितिको तयारी गर्दै अत्याधुनिक प्रविधि प्रयोगको तयारी गरेको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रविधि प्रयोगका लागि परीक्षणको काम स्मार्टले सम्पन्न गरेको छ। केही महिनाभित्रै आफ्नो सेवालाई विशेष कार्यक्रमबीच ग्राहक सामु पुर्या उने तयारी गरिरहेको स्मार्टका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए।

बजारमा ग्राहकलाई सेवा दिइरहेको पहिलो र दोस्रो सेवा प्रदायकसँग अब स्मार्टले पनि सेवा विस्तार गर्दा ग्राहकलाई भने अर्को एउटा विश्वासिलो दूरसञ्चार सेवा उपलब्ध हुनेछ। अहिले पनि ग्राहक संख्याका आधारमा स्मार्ट तेस्रो स्थानमा छ।

नयाँ सेवा र प्रणाली सुरु गरे लगत्तै ग्राहक संख्या कम्तीमा दोब्बर बनाउने यसको लक्ष्य छ। स्मार्टले दूरसञ्चार प्राधिकरणसमक्ष फोर जी सेवाका लागि अनुमतिसमेत मागिसकेको छ।

स्मार्टले आफ्नो डाटा सेन्टर तथा अन्य ठाउँमा जडान गरेका प्रविधिसमेत फोर जीमैत्री छन्। अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टरसमेत स्मार्टले बनाइसकेको छ। अपरेसनका लागि चाहिने सबै उपकरण र औजार आयातका लागि अनुमति लिइसकेको छ।

यसैगरी डाटा सेन्टरमा आउन सक्ने समस्यालाई ध्यानमा राख्दै विभिन्न ठाउँमा त्यस्ता सेन्टर राख्ने यसको योजनामा छ। यस टेलिकमले देशको मुख्य सहर पाल्पा, स्याङ्जा, भैरहवा, बुटबल र पोखरामा सेवा पुर्‍याइसकेको छ भने नेपालगन्ज, वीरगञ्ज, चितवन र काठमाडौंमा सेवा विस्तार गर्न आफ्नो भौतिक पूर्वाधार तयार गरिसकेको छ।

स्मार्ट टेलिकमले सेवा प्रयोग गरे बापत ग्राहकले तिर्नुपर्ने शुल्क र विधि थप पारदर्शी बनाउने उद्देश्यले आफ्नो बिलिङ र कोरसमेत नयाँ जडान गरिसकेको छ। स्मार्टले आफ्नो सेवा ग्रामीण क्षेत्रबाट सुरु गरेको हो। काठमाडौं वरिपरीका ग्रामीण क्षेत्रमा अहिले पनि यसका प्रयोगकर्ताको संख्या उल्लेखनीय छ।

स्रोतका अनुसार, स्मार्टले थप ६० लाख ग्राहकका लागि सेवादिन स्रोत साधानको व्यवस्थापन समेत गरिसकेको छ। हाल सिमकार्ड तथा अन्य सेवा प्रदान गर्न एक हजार पाँच सय च्यानल नेटवर्कसमेत क्रियाशील छन् भविष्यमा अरु थप च्यानल नेटवर्क विस्तार गर्ने स्मार्टले जनाएको छ।

सन् २०१३ मा स्मार्टले युनिफाइड लाइसेन्स पाएको थियो भने यसले सन् २००८ देखि ग्रामीण भागमा आफ्नो सेवा सुरु गरिसकेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.