सिजी ब्रान्डको इजी योजना
काठमाडौं : सिजी ब्रान्डले नयाँ वर्ष ०७४ को अवसरमा 'सिजीको इजी अफर' ल्याएको छ । कम्पनी नयाँ वर्षको शुभ अवसरमा विश्वस्तरीय प्रविधि सुपथ छ दाम, सर्वप्रिय सिजी सर्वगुण छ काम भन्दै आफ्ना समस्त ग्राहकमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यो योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत सिजी ब्रान्डका रेफ्रिजेनेरेटर र एलइडी टिभी (२२-३२ इन्च) को खरिदमा सजिलै २० प्रतिशतसम्म महाँ क्यास ब्याक र फोरके स्मार्ट टिभी, स्मार्ट टिभी, टर्बो टिभी, वासिङ मेसिन, माइक्रोवेभ ओभन, ५.१ मल्टिमिडिया स्पिकर र ट्रली स्पिकरको खरिदमा पक्का उपहार पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले एसीको खरिदमा नि:शुल्क जडानको सुविधा उपलब्ध गराएको छ । कम्पनीका अनुसार यो योजना मंगलबारदेखि नेपाल अधिराज्यभर सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !