नेपाल बैंकको स्मार्ट कार्ड
काठमाडौः नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्नेक्रममा हालै एनबीएल स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुका लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुविधा प्रदान गरेको छ ।
नेपाल बैंक लिमिटेड, साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा नै पहिलो हो । साझा बसमा यात्रा गर्ने नेपाल बैंक लिमिटेडका पहिलो पाँच साय जना ग्राहकलाई यो कार्ड निःशुल्क वितरण गरिनेछ । हाल सो कार्डको प्रयोग साझा यातायातको लगनखेलदेखि गोंगबु रुटमा चल्ने साझा बसमा हुनेछ र निकट भविष्यमा साझा यातायातको सम्पूर्ण बसमा यस किसिमको कार्ड प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !